भर्खरै :

पुराना कार्यकर्ता मकरध्वज खड्काको निधन

भक्तपुर, ८ माघ । चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीका नेमकिपाका पुराना कार्यकर्ता मकरध्वज खड्काको बिहीबार ९५ वर्षको उमेरमा निधन भएको छ ।
उहाँको दाहसंस्कार हनुमानघाटमा गरिएको थियो । उहाँको लासमा नेक्राकिसङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवाल र नेमकिपा ताथलीका अध्यक्ष नारायणभक्त न्हेम्हाफुकीले सङ्घको झन्डा ओढाइ अन्तिम श्रद्धाञ्जली गर्नुभएको थियो । नेक्राकिसङ्घका जिल्ला सदस्य केशरबहादुर खड्काले पनि श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
मृतक खड्का २०४४ सालमा नेमकिपाको तर्फबाट उपप्रधानपञ्चमा र २०४९ सालमा ताथली गाविस उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । नेमकिपाको अडानमा रहने एक देशभक्त र शत्रुसामु नझुक्ने मृतक खड्काका तीन छोरा र तीन छोरी हुनुहुन्छ । मकरध्वज खड्का भोजबहादुर खड्का र मिश्रीमाया खड्काका पुत्र हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *