भर्खरै :

ढुंगेधारा र पोखरी सरसफाईमा जुटे विद्यार्थीहरु (फोटो फिचर)

भक्तपुर, २७ जेठ । नेपाल क्रान्तिकारी विद्यार्थी संघका विद्यार्थीहरुको अगुवाइमा आज महाकालीस्थानस्थित ख्य पुखु र ढुंगेधारा सरसफाई गरेका छन् । करिब सयभन्दा बढी विद्यार्थीहरुको सहभागीतामा गरिएको सरसफाईमा विद्यार्थी हित समिति, नेक्राविसंघ उच्च मावि समिति, पायोनियर रोभर एण्ड रेन्जर क्य्रु, ख्वप्रिङ स्काउट, डि–१६ ब्रिज कोर्स गु्रपलगायतका विद्यार्थीहरुको सहभागीता रहेको थियो । हिलो, माटो, घाँस र झारले छोपिएको ढुंगेधारा करिब ४ घण्टाको सरसफाईपछि अहिल सफा भएको छ । यद्यपी पानीको निकास भने खुलिसकेको छैन । पहिले पहिले ढुंगेधारामा चौविसै घण्टा पानी आउने गरेको स्थानीय बताउँछन् । हाल भने पानी मुहान सुक्दै गएको कारण धारामा पानी आउन बन्द भइसकेको छ । विद्यार्थीहरुलाई आफ्नो ठाउँ, आफै सफा गरौं भन्ने भावना दिन पनि विद्यार्थी संगठनको पहलमा सरसफाई कार्यक्रम गरिएको नेक्राविसंघका कोषाध्यक्ष सुरेशन धुसूले बताउनुभयो । आयोजक नेक्राविसंघ भक्तपुर नगर समितिका अध्यक्ष राजन अवालले सरसफाईमा सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद दिँदै नगरका अन्य ठाउँहरुमा पनि सरसफाई कार्यक्रमलाई अगाडी लगिने बताए ।
तस्बीरः सरजु फसिकव र साथीहरु






























Leave a Reply

Your email address will not be published. Required fields are marked *