युद्ध अन्त्य र रोकिएको सम्पत्ति फुकुवा गर्न इरानको अमेरिकासँग माग
- बैशाख २८, २०८३
पेइचिङ, २४ जनवरी । जनवरी १८ मा आयोजित १४ औँ एसिया वित्त मञ्चको उद्घाटन समारोहमा सन् २०१८ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार जितेका पौल रोमरले महामारी नियन्त्रणका क्षेत्रमा चीनको उपलब्धि र नवीन सिर्जना क्षमताको उच्च प्रशंसा गर्नुभएको छ । उहाँले चीनले ठूलो मात्रामा न्युक्लिक एसिड परीक्षण लिएबाट सङ्क्रमित पहिचान गरेर क्वारेन्टाइनमा राखेको छ जुन युरोप र अमेरिकाको भन्दा अझ नवीन र प्रभावकारी रहेको उल्लेख गर्नुभयो ।
महामारी फैलिएयता चीनले भाइरस जीनोम अनुक्रम छिट्टै सुनिश्चित गरी भाइरस स्ट्रेन प्राप्त गरेको छ, विभिन्न परीक्षण उत्पादनको समयमै निकालेर प्रभावकारी औषधि र उपचार कार्यक्रम निश्चित गरेको छ । खोपको अध्ययन गर्न पनि चीन छिटै अघि सरेको छ । विशेषगरी विश्वमा सबैभन्दा छिटो तेस्रो चरणको क्लिनिकल परीक्षणमा ल्याइएका ६ किसिमका खोपमध्ये तीन वटा चीनका हुन् । ती सबै कुराको पछाडि वैज्ञानिक तथा प्राविधिक नवीन सिर्जनाको दृढ समर्थन रहेको छ ।
वास्तवमा नवीन सिर्जना महामारी प्रतिरोधमा मात्रै देखिएको होइन, चीन आधुनिक निर्माणको केन्द्रीय स्थानमा रहिसकेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको १८ औँ महाधिवेशनयता सी चिनफिङको नेतृत्वमा रहेको केन्द्रीय समितिले वैज्ञानिक तथा प्राविधिक नवीन सिर्जना कार्यमा उच्च ध्यान दिएर चीनको वैज्ञानिक तथा प्राविधिक कार्यको ऐतिहासिक उपलब्धि हासिल गर्न प्रवद्र्धन गरेको छ । थ्येनकुङ अन्तरिक्ष प्रयोगशाला, च्याउलुङ पनडुब्बी, पाँच सय मिटर अपार्चर स्फेरिकल रेडियो टेलिस्कोप, मोच क्वान्टम साइन्स एक्सपेरिमेन्ट स्याटलाइट, उच्चगतिको रेल, पैतौ उपग्रह नेभिगेसन प्रणालीलगायत अनेकौँ महत्वपूर्ण नवीन सिर्जना उपलब्धिहरू एकपछि अर्को गरी हासिल भएका छन् । विगत पाँच वर्षमा चीनको वैज्ञानिक तथा प्राविधिक विकास योगदान दर ५५.३ प्रतिशतदेखि ५९.५ प्रतिशतसम्म बढेको छ भने विश्वका १३१ वटा आर्थिक समूहमध्ये नवीन सिर्जना क्षमताको हिसाबले १४ औँ स्थानमा बसेको छ ।
हाल कडा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र एकपक्षीयतावाद तथा संरक्षणवाद देखिएको अवसरमा चीनले वैज्ञानिक तथा प्राविधिक नवीन सिर्जनालाई ऐतिहासिक उचाइमा उभ्याएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको १९ औँ केन्द्रीय समितिको पाँचौँ पूर्ण बैठकको विज्ञप्तिले १५ पटकसम्म नवीन सिर्जना उल्लेख गर्नुका साथै ‘प्रमुख केन्द्रीय प्रविधिको ठूलो प्रगति पाउने र नवीन सिर्जनशील मुलुकको अग्रस्थानमा रहने’ विषयलाई सन् २०३५ को दीर्घकालीन विकास लक्ष्यमा राखेको छ । यसबाट भविष्यमा वैज्ञानिक तथा प्राविधिक नवीन सिर्जनाको आधार उच्च गुणस्तरीय विकास गर्ने ढाँचाको निश्चितता प्रदान गरिएको छ । ब्लूमबर्गका अनुसार, चीनको नयाँ पञ्चवर्षीय विकास कार्यक्रमले प्राविधिक आत्मनिर्भरतालाई राष्ट्रिय रणनीतिक स्तम्भको रूपमा राखेको छ, भविष्यमा कृत्रिम बुद्धिमत्ता, फाइभ जी, स्वचालित गाडी, चिप्सलगायत प्रविधि चीनको नवीनताको आधारशिला बन्नेछ ।
विकासको उद्देश्य कहिल्यै पनि एकाधिकार होइन, विश्वव्यापी शेयरिङ नै चीन विकासको आधारभूत धारणा बनिरहन्छ । गत वर्षको सुरूमा चीनले तत्काल विश्वसँग भाइरस र भाइरसको अनुक्रम शेयर गरेको थियो । हाल चीनले ७३ औँ विश्व स्वास्थ्य सभामा राष्ट्राध्यक्ष सी चिनफिङले दिनुभएको वचनको पालना गरी कोभिड–१९ विरूद्ध खोप सार्वजनिक उत्पादन वस्तुको रूपमा विश्वलाई प्रदान गरेको छ । चीनले विभिन्न मुलुकसँग भविष्यका सबै पछिल्ला वैज्ञानिक अनुसन्धान परिणाम शेयर गर्नेछ किनभने मानव जातिको भाग्य समुदायको रचना गर्न अघि बढ्नु नै चीनको अन्तिम लक्ष्य हो ।
सीआरआई
Leave a Reply