लोकतन्त्र भनेको ‘एल्गोरिदमतन्त्र’ होइन, न त ‘मिदासतन्त्र’ नै हो !
- बैशाख २८, २०८३
नेपाल मजदुर किसान पार्टीको ४७ औँ स्थापना दिवसको अवसरमा दैलेख जिल्लाका विभिन्न स्थानीय पालिकामा विभिन्न गतिविधि भएका छन् ।
माघ ९ गते जम्बुकाँधमा नेमकिपा चामुन्डा बिन्द्रासैनी नगर समितिको आयोजनामा जनसभा र जुलुस प्रदर्शन भयो ।
जनसभामा नेमकिपाका केन्द्रीय सदस्य तथा दैलेख जिल्ला समितिका अध्यक्ष जग्यबहादुर शाहीले नेमकिपाको स्थापना दिवसको अवसरमा सम्पूर्ण नेपाली कामदार जनताप्रति शुभकामना व्यक्त गर्दै राजनीतिक सड्ढटको समयमा ताजा जनमतको लागि निर्वाचन नै प्रजातान्त्रिक प्रक्रिया भएको बताउनुभयो ।
उहाँले संसदीय व्यवस्थामा प्रधानमन्त्रीसँग देशलाई सड्ढटबाट जोगाउन ‘भरिएको बन्दूक’ सरहको राजनीतिक अधिकार हुने भन्दै नेकपाका नेताहरूबीचको झगडाले देशलाई भड्खालोमा जाँक्ने अधिकार कसैलाई नभएको बताउनुभयो ।
नेमकिपा कामदार जनताको पार्टी भएको भन्दै कामदार जनताको हितको निम्ति नेमकिपा स्थापनाकालदेखि सङ्घर्षमा रहेको केन्द्रीय सदस्य शाहीले बताउनुभयो ।
नेमकिपा दैलेख जिल्ला समितिका सदस्य निरकबहादुर शाहीले नेकपाका नेताहरूबीचको झगडामा एकआपसमा भ्रष्टाचारीको आरोप प्रत्यारोप भइरहेको र जनताले दुवै पक्षमा भ्रष्टाचारको गन्ध पाएको बताउनुभयो । उहाँले देशको विकासको लागि विदेशमा गएका नेपाली युवाहरूलाई देशभित्रै रोजगारीको ग्यारेन्टी गर्नुपर्ने धारणा राख्नुभयो ।
शाहीले नेमकिपालाई धोखा दिनेहरू श्रमिक आन्दोलनको विरोधी भएको बताउनुभयो ।
नेमकिपाका पूर्वकेन्द्रीय सदस्य पूर्णबहादुर शाहीले सिद्धान्त त्यागेर पद र पैसाको पछि लाग्ने कसैको पनि हित हुन नसक्ने बताउनुभयो ।
सभामा नेमकिपा दैलेख जिल्ला समितिका सदस्य केसेन्द्रप्रकाश कार्की, इन्द्रप्रसाद चौलागाईं, धनकुमारी शाही, शिक्षक दीपक शाही, जयप्रसाद तिमिल्सिना, सुरेन्द्रबहादुर शाही, लवराज ढकाल, अर्जुन विक, मनबहादुर विक, डिल्लीप्रसाद खनाल, शिवराज जैसीलगायतले बोल्नुभएको थियो ।
दुल्लु
पार्टी स्थापना दिवसकै अवसरमा नेमकिपा दुल्लु नगर समितिको आयोजनामा माघ १० गते ‘श्रमिक’ साप्ताहिकको अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपा दैलेख जिल्ला समितिका सचिव लक्ष्मीकुमार विकले पार्टी कार्यकर्ताहरूले अध्ययनलाई जोड दिनुपर्ने धारणा राख्दै ‘श्रमिक’ साप्ताहिकको नियमित अध्ययनले राजनीतिक र सैद्धान्तिक विकासमा ठूलो टेवा पुग्ने बताउनुभयो ।
उहाँले नेमकिपाको ४७ वर्ष लामो इतिहासमा अविचलितरूपमा कामदार जनताको सेवा गर्नुका साथै अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनमा ऐक्यबद्धता जनाउँदै आएको बताउनुभयो ।
नेमकिपा दैलेख जिल्ला समितिका सदस्य नन्दलाल दाहालले पार्टी कार्यकर्ताहरूबीच सैद्धान्तिक अध्ययन र अन्तरक्रियाले पार्टी गतिविधिमा परिपक्वता आउने बताउनुभयो ।
कार्यक्रममा जिल्ला सदस्य मदनकुमार भण्डारी, शिवराज दाहाल, मोतीराम लम्साल, पद्मबहादुर बुढा, पूर्णप्रसाद भट्टराई, मनोज दाहाल, काशिराम दाहाल, वीरबहादुर भण्डारी, तिलकप्रसाद लम्साल, रेशमकुमार बोगटीलगायतले बोल्नुभएको थियो ।
महाबु
पार्टी स्थापना दिवसको अवसरमा नेपाल क्रान्तिकारी महिला सङ्घ महाबुको आयोजनामा रानीवनमा माघ ७ गते महिलाहरूको भेला भयो ।
भेलामा नेमकिपा दैलेख जिल्ला समितिका उपाध्यक्ष बमबहादुर सिंहले नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारको खण्डन, रुसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन, किसान आन्दोलनमा देखिएका समस्या आदि राजनीतिक र सैद्धान्तिक जगमा नेमकिपाको स्थापना भएको बताउनुभयो । उहाँले व्यापक कामदार जनताको हितमा समाजवादी व्यवस्था स्थापना नै नेमकिपाको लक्ष्य भएको बताउनुभयो ।
सिंहले महिलाभित्र पनि वर्ग हुने र नेमकिपा कामदार महिलाको हितमा सङ्घर्षरत रहेको बताउनुभयो ।
नेमकिपा दैलेख जिल्ला समितिका सदस्य दुर्गबहादुर थापामगरले राजनीतिक र सैद्धान्तिकरूपमा सचेत र सङ्गठित नागरिकले नै समाजमा परिवर्तनको लागि योगदान गर्नसक्ने बताउनुभयो । कार्यक्रममा तिलबहादुर थापा र राजकुमारी डाँगीले पनि बोल्नुभएको थियो ।
महाँबु गाउँपालिका समितिको आयोजनामा महाबु काप्रीखोलामा माघ १० स्थानीय पार्टी कार्यकर्ता र समर्थकहरूको भेला भयो । भेलामा नेमकिपा दैलेख जिल्ला समितिका उपाध्यक्ष बमबहादुर सिंह, दुर्गबहादुर थापा, तिलबहादुर थापा, झुमर थापा, भगिराम थापालगायतले बोल्नुभएको थियो ।
भैरवी
नेमकिपा स्थापना दिवसकै अवसरमा भैरवी गाउँपालिकामा समसामयिक विषयमा अन्तरक्रिया र चियापान कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपा दैलेख जिल्ला समितिका सचिव लक्ष्मीकुमार विकले देशका शासक दलहरू आफ्नो विचारले भन्दा विदेशीको इसारामा काम गरिरहेको धारणा राख्नुभयो ।
उहाँले सत्तारुढ नेकपाभित्रको झगडा सिद्धान्त र जनताको निम्ति नभई पद, पैसा र सुविधाको लागि भएको बताउनुभयो ।
नेमकिपा भैरवी गाउँ समितिका अध्यक्ष तिलक आचार्यले लोभीपापीहरूले पद र पैसाको लागि पार्टीलाई धोखा दिए पनि कम्युनिस्ट आन्दोलन कमजोर नहुने बताउनुभयो । कार्यक्रममा बासुदेव बुढा, लोकप्रसाद आचार्यलगायतले बोल्नुभएको थियो ।
ठाँटीकाँध
नेमकिपाको ४७ औँ स्थापना दिवसको अवसरमा ठाँटीकाँध गाउँपालिकामा माघ १० गते समसामयिक राजनीतिक परिस्थितिबारे अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपा दैलेख जिल्ला समितिका सदस्य खड्गबहादुर कठायतले नेमकिपाले आफ्ना कार्यकर्ता र समर्थकहरूलाई विभिन्न कुलत र विकृतिबाट जोगाएको चर्चा गर्दै सिद्धान्तनिष्ठ राजनीतिकै अन्तिम विजय हुने बताउनुभयो ।
उहाँले नेकपा पुँजीवादी दल भएकोले त्यो दलबाट व्यापक नेपाली जनताको हित हुन नसक्ने प्रस्ट पार्नुभयो ।
नेमकिपा ठाँटीकाँध गाउँ समितिका परशुराम रिजालले राजनीतिलाई शासकहरूले फोहोरी खेल बनाएको भन्दै जनताको राजनीति स्वच्छ र सफा हुने बताउनुभयो । कार्यक्रममा शिक्षक नरोत्तम थापा, नरबहादुर रोकाया, अमर थापा, मिनराज कठायत, कमल सिजापति, प्रेमबहादुर थापालगायतले बोल्नुभएको थियो ।
डुङ्गेश्वर
नेमकिपा स्थापना दिवसको अवसरमा माघ १२ गते डुङ्गेश्वर गाउँपालिका लाकुँरीमा अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपा दैलेख जिल्ला समिति सदस्य जगत वलीले राज्य सत्ता एउटा वर्गले अर्को वर्गमाथि दमन गर्ने हतियार भएको प्रस्ट पार्दै वर्गविहीन समाजमा मात्र राज्यसत्ताको अन्त्य हुने बताउनुभयो ।
नेमकिपाको अन्तिम लक्ष्य वर्गविहीन र राज्यसत्ता विहीन साम्यवादी समाज स्थापना गर्नु रहेको बताउँदै जनताको प्रजातन्त्र र समाजवादी व्यवस्थापछि देशमा साम्यवादी व्यवस्था स्थापना हुने वलीले बताउनुभयो ।
उहाँले मजदुर र किसानहरू नै समाजमा आमूल परिवर्तनका मूल शक्ति भएकाले मजदुर किसान राजनीतिक र सैद्धान्तिकरूपमा सचेत भएपछि देशमा आमूल परिवर्तन हुने बताउनुभयो ।
रत्न खड्काको सभापतित्वमा भएको कार्यक्रममा हरि खड्का, बमबहादुर विष्ट, बिन्दुलाल रेग्मीलगायतले बोल्नुभएको थियो ।
आठबीस
नेमकिपाको ४७ औँ स्थापना दिवसको अवसरमा नेमकिपा आठबीस नगर समितिको आयोजनामा स्थानीय पार्टी समर्थकहरूको भेला भयो । भेलामा नेमकिपा दैलेख जिल्ला समितिका सदस्य धनबहादुर सिजापतिले नेपालको कम्युनिस्ट आन्दोलनमा नेमकिपा प्रकाशस्तम्भ भएको चर्चा गर्दै सिद्धान्तनिष्ठ र विचारवान राजनीति नै नेमकिपाको विशेषता भएको बताउनुभयो ।
उहाँले राजनीतिक रूपमा सचेत कामदार जनताले नै देशमा समाजवादी व्यवस्थाको लागि क्रान्ति गर्ने विचार व्यक्त गर्नुभयो ।
जनतामाथिको अन्याय सहेर बस्ने र अन्याय गर्ने कोही पनि कम्युनिस्ट हुननसक्ने भन्दै उहाँले नेपालका शासक दलहरूले कामदार जनतामाथिको शोषणलाई बढावा दिइरहेको बताउनुभयो ।
कार्यक्रममा नवीनकुमार सिजापति, रतनबहादुर कठायत, जयबहादुर बडुवाल, रामबहादुर बडुवाल, रणबहादुर कठायत, विष्णुबहादुर कठायत, कटकबहादुर विक, बलबहादुर सिजापति, नन्दरूपा बडुवाल, कलमबहादुर बडुवाल, कटक बडुवाललगायतले बोल्नुभएको थियो ।
Leave a Reply