भर्खरै :

भियतनाम कम्युनिस्ट पार्टीको ते¥हौँ महाधिवेशन मङ्गलबारबाट

भियतनाम कम्युनिस्ट पार्टीको ते¥हौँ महाधिवेशन मङ्गलबारबाट सुरु हुँदै छ । महाधिवेशनमा १ हजार ५ सय ८७ जना प्रतिनिधिहरू सहभागी हुने बताइएको छ । अघिका महाधिवेशनको तुलनामा ते¥हौँ महाधिवेशनमा प्रतिनिधिहरूको सङ्ख्या बढेको छ ।
‘एकता–प्रजातन्त्र–अनुशासन–रचनात्मकता–विकास’ भन्ने मूल नाराका साथ हुने महाधिवेशनमा पार्टी र सरकारका पूर्व नेताहरू, विदेशी राजदूतावास, अन्तर्राष्ट्रिय सङ्गठनहरूका प्रतिनिधिहरूलाई पाहुनाको निम्ति आमन्त्रण गरिएको पार्टीले जनाएको छ । त्यस्तै भियतनामका साहसिक आमा, युवा र बुद्धिजीवीहरूलाई पनि महाधिवेशनमा आमन्त्रण गरिएको छ ।
ते¥हौँ राष्ट्रिय महाधिवेशनमा बा¥हौँ राष्ट्रिय महाधिवेशन पछिको समीक्षा, सन् १९९१ पछिको तीसवर्षे योजना, सन् २०११ मा लागु भएको दस वर्षे योजना र सन् २०११ देखि २०२० सम्मको सामाजिक–आर्थिक विकास रणनीतिको पनि समीक्षा गरिने पार्टीले जानकारी दिएको छ ।
महाधिवेशनले आगामी सन् २०२१–२०२५ सम्मको लागि तय गरिएको सामाजिक–आर्थिक विकास कार्यक्रमको व्याख्या गरिनेछ ।
पार्टी गतिविधि र पार्टी केन्द्रीय समितिको नेतृत्वको पनि महाधिवेशनमा छलफल हुने र ते¥हौँ कार्यकालको लागि पार्टीको नयाँ केन्द्रीय समिति समेत निर्वाचित गरिने बताइएको छ ।
यसअघि ते¥हौँ महाधिवेशनको तयारी बैठक हनोइमा सोमबार बसेको छ । बैठकमा महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदन, विधानलगायतका दस्तावेजमाथि गहन छलफल भएको थियो ।
तयारी बैठकले महाधिवेशनको लागि अध्यक्षमण्डल, महाधिवेशन सचिवालय र प्रतिनिधिहरूको पुस्ट्याइँ गर्ने समितिहरू गठन गरेको छ ।
प्रस्तुत दस्तावेजहरूमाथि सहभागी प्रतिनिधिहरूबीच समूहगत छलफल गरिएको पार्टीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *