सामाजिक सञ्जालको प्रभाव : अवसर र चुनौती
- बैशाख ३०, २०८३
देशका सबै जिल्लाहरूमा जाली–फटाहा, शोषक, सामन्त र भ्रष्टाचारीहरूले मजदुर किसानलाई थिचोमिचो, अन्याय–अत्याचार र शोषण गरे । ती सबै काम पञ्चायती प्रजातन्त्रको नाममा भए । मजदुर, किसान, युवक, विद्यार्थी र सबै गाउँले जनता मिलेर त्यस अन्याय–अत्याचार, थिचोमिचो र शोषणको विरोध गरेका थिए । विरोध प्रदर्शन, हडताल, कालोमोसो दलेर गाउँ घुमाउने, सभा, गोष्ठी र छलफल भए । तर, हाम्रा एकथरी पुराना कामरेडहरू शोषण, अन्याय, अत्याचार, भ्रष्टाचारविरोधी गतिविधिहरूलाई मन पराउँदैनन् । तिनीहरू यस्ता सबै गतिविधिलाई ‘स्थगित’ गर्न चाहन्थे । तिनीहरू कार्यकर्ता साथीहरूलाई भन्ने गर्थे – “क्रान्ति त्यसै आउँछ, तिमीहरू दौडधूप गरेर क्रान्ति हुँदैन । गाउँ–गाउँमा जानुपर्दैन ।”
सशस्त्र सङ्घर्षको ठम्याइलाई स्वीकार गर्दागर्दै पनि फलाको र उत्ताउला कम्युनिजम्सँग हामी एकमत हुननसकेजस्तै हाम्रा ती पुराना कामरेडहरूको सेवा, त्याग र अनुभवको सकारात्मक पक्षलाई स्वीकार गर्दागर्दै पनि ‘क्रान्ति त्यसै आउँछ’ भन्ने ठम्याइसँग हामी पटक्कै सहमत छैनौँ । यो ठम्याइ त मानिसलाई प्रकृतिको विकासको स्वाभाविक क्रम मान्ने कोरा भौतिकवादी ठम्याइ हो । मानिसले त्यस ठम्याइलाई नाघिसकेको छ र मानिसको चेतनाले ऐतिहासिक एवम् आर्थिक परिस्थितिमा आधारित वातावरणलाई नै फेर्न सकेको छ । नत्र ‘क्रान्ति आफै आउँछ’ भन्ने ठम्याइ घुमाइफिराई कुनै अज्ञात शक्तिले गर्छ भन्ने आदर्शवादी सिद्धान्तकै टुङ्गोमा पुग्नेछ । हामी माक्र्सवादी हौँ अथवा भन्नुस् हामी द्वन्द्वात्मक भौतिकवादी हौँ । मानिसको चेतनाको अगुवाइ नस्वीकार्ने, परिवर्तन प्रकृतिको स्वाभाविक विकासमात्रै सम्झने फायरबाखको कोरा भौतिकवादसँग हामी सहमत छैनौँ । किनभने, मानिस प्रकृतिको स्वचालित यन्त्र होइन । मानिस वातावरणको कमारा होइन । ऊ आफ्नो वातावरण र परिस्थितिलाई फेर्न पनि सक्छ । तर, उसको त्यो अगुवाइ ऐतिहासिक र आर्थिक परिस्थितिमा आधारित हुनुपर्छ ।
त्यस्तै हेगेलले वस्तुको उत्पत्ति, परिवर्तन र विकासलाई नामसँगै जोड्ने द्वन्द्वात्मक तरिकालाई अगाडि सारे । तर, त्यसका सञ्चालनकर्ता या मुख्य तत्व परम ब्रम्ह, आत्माजस्ता अवास्तविक तत्वलाई माने, जसमाथि मानिसको नियन्त्रण छैन । त्यसको उत्पत्ति, परिवर्तन, विकास र नास हुने परस्पर विपरीत तत्वको अस्तित्व अथवा द्वन्द्ववादलाई स्वीकारे पनि उनको ब्रम्ह, आत्मा र ‘अज्ञात’ सञ्चालकजस्ता कुरालाई स्वीकार गरिएन । स्वीकार गर्नुको अर्थ हो ‘क्रान्ति त्यस अज्ञात शक्तिद्वारा आफै हुन्छ’ भन्ने कुरालाई मान्नु । यसरी भौतिकवाद र आदर्शवादको अन्तिम निचोड क्रान्ति वा परिवर्तन ‘प्रकृतिको विकासको स्वाभाविक क्रम’ अथवा ‘ब्रह्म वा अज्ञात शक्तिद्वारा त्यसै गर्ने’ एक काम हुनेछ, जसमा मानिसको इच्छाशक्ति र अगुवाइको कुनै अर्थ छैन । माक्र्सवादी–लेनिनवादीहरू यसका विरोधी हुन् । माक्र्सवादीहरू वर्गसङ्घर्षलाई स्वीकार्छन् र वर्गसङ्घर्षलाई परिवर्तन एवम् क्रान्तिलाई अगाडि बढाउने यन्त्र सम्झन्छन्, जसको चालक शक्ति मानिस स्वयम् हो । ‘मानिस संसारका सबै प्राणीमध्ये अमूल्य प्राणी हो ।’ मानिसमा परिवर्तन, क्रान्ति र निर्माणको अपार शक्ति लुकेको हुन्छ । यसकारण, ‘क्रान्ति आफै आउँछ’ भन्ने कुरामा हामी सहमत छैनौँ । माक्र्सवादी साहित्यमा त्यस्ता विचारलाई ‘अवसरवादी’ विचार भनिन्छ । त्यस विचारले क्रान्तिको धारलाई बङ्ग्याउँछ र क्रान्तिलाई पछाडि घचेट्छ । यो नौलो कुरो होइन । संसारको कम्युनिस्ट आन्दोलनमा यस्ता धेरै उदाहरण छन् ।
“क्रान्ति आफै हुन्छ, गाउँमा जानु पर्दैन, केही वर्ष जुलुस प्रदर्शन, विरोध, कालोमोसो, सभा र गोष्ठी गर्नुपर्दैन” भन्नुको अर्थ सर्वहारा वर्गको राजनीति अथवा क्रान्तिकारी राजनीतिलाई रोक्नु र ‘सन्यास’ लिनु भन्ने हो । राजनीतिक गतिविधि रोक्ने वा ‘सन्यास’ लिने सिद्धान्त माक्र्सवादसँग एकदमै मेल खाँदैन । फेरि कामदार र थिचिएका जनताको विरोधलाई रोक्नुको अर्थ शोषक वर्गको सेवा गर्नुहुनेछ ।
२१ सेप्टेम्बर १८७१ को अन्तर्राष्ट्रिय मजदुर सङ्घको लन्डन सम्मेलनमा ‘मजदुर वर्गको राजनीतिक गतिविधिबारे’ को भाषणमा एँगेल्सले भन्नुभएको थियो – “राजनीतिक गतिविधिबाट पूर्ण सन्यास (सन्यास’ शब्द यहाँ अङ्ग्रेजीको obsolete र हिन्दीको ‘विरल’ तथा ‘रोक्न’ र ‘अलग राख्नु’ शब्दको ठाउँमा प्रयोग गरिएको छ ।) लिनु असम्भव छ । सन्यासवादी खबरकागत हरेक दिन राजनीतिमा भाग लिन्छ । प्रश्न खाली यो हो, कसले त्यसमा कसरी भाग लिन्छ र कुन राजनीतिमा ऊ भाग लिन्छ । अरू जे होस्, सन्यास हाम्रो निम्ति असम्भव छ । अहिलेसम्म धेरैजसो देशहरूमा मजदुर वर्गको पार्टीले एक राजनीति पार्टीको रूपमा काम गर्दै छ र राजनीतिक सन्यासको सिद्धान्त प्रचार गरेर त्यसलाई खतम गर्नेमा हामी छैनौँ । जिउँदो उदाहरण, अहिलेका सरकारहरूका राजनीतिक दमनले मजदुरवर्ग आफूलाई राजनीतिमा भाग लिन कर लगाउँछ, चाहे तिनीहरूले चाहून् वा नचाहून्, चाहे त्यो राजनीतिक वा सामाजिक उद्देश्यको निम्ति होस् । मजदुर वर्गलाई राजनीतिबाट सन्यासको शिक्षा दिनुको अर्थ तिनीहरूलाई पुँजीवादी राजनीतिको काखमा धकेल्नु हो । पेरिस कम्युनपछि जसले सर्वहारा वर्गलाई राजनीतिक सङ्घर्षको कार्यक्रममा भित्र्याइदियो, राजनीतिबाट सन्यास लिने प्रश्न एकदमै उठ्दैन ।”
“हामी वर्गहरूलाई जरैदेखि उखेल्न चाहन्छौँ । त्यसलाई पूरा गर्ने उपाय के हो ? सर्वहारा वर्गको राजनीतिक प्रभुत्व नै त्यसको एकमात्र उपाय हो । यी सबै प्रस्ट भइसकेपछि, यस कुरालाई अहिले सबैले मानिसकेपछि, हामीलाई राजनीतिमा हात नहाल्न भनिन्छ । सन्यास लिनेहरू आफूलाई क्रान्तिकारी ठान्छन्, यहाँसम्म कि सबभन्दा क्रान्तिकारी ठान्छन् । तर, क्रान्ति सबभन्दा उँचो राजनीतिक गतिविधि हो र जसले क्रान्ति मन पराउँछ, उसले त्यसलाई प्राप्त गर्ने उपाय पनि मन पराउनैपर्छ, त्यो राजनीतिक सङ्घर्ष, जसले क्रान्तिको निम्ति बाटो तयार पार्छ र मजदुरहरूलाई क्रान्तिकारी तालिम पु¥याउँछ, जसको बिना तिनीहरू लडाइँको भोलिपल्ट फाब्रेस र प्यातजस्ता विश्वासघातीहरूका पन्जामा फस्ने निश्चित छ । जे भएपनि हाम्रो राजनीति मजदुर वर्गको राजनीति हुनुपर्छ । मजदुरहरूको पार्टी कहिल्यै पनि कुनै पनि पुँजीवादी पार्टीको पिछलग्गू हुनुहुन्न, यो स्वतन्त्र हुनुपर्छ र यसको आफ्नै उद्देश्य एवम् आफ्नै नीति हुनुपर्छ ।”
“राजनीतिक स्वतन्त्रताहरू, सभा र सङ्गठन गर्ने अधिकार, छापाखानाको स्वतन्त्रता हाम्रा हतियारहरू हुन् । यदि कसैले हामीसँग ती स्वतन्त्रताहरू खोस्ने कोसिस गर्छ भने के हामी चुप लागेर बस्छौँ र राजनीतिबाट सन्यास लिन्छौँ ?” (माक्र्स–एँगेल्स ः सङ्कलित रचनाहरू, भाग–२, पृष्ठ २४५)
माथि भनिए जस्तै हामीले आफ्नो गतिविधिलाई रोक्ने, अलग रहने वा सन्यास लिने कुरो एकदिनको निम्ति पनि मान्य हुन सक्दैन । हाम्रो पार्टी न पुँजीवादी न त राजावादी गुट र पार्टीको पिछलग्गू बन्नेछ । हाम्रो एक स्वतन्त्र पार्टी हुनुपर्छ, जसका स्वतन्त्र उद्देश्य र नीति रहनेछ ।
पहिलो विश्व युद्धभन्दा पहिले पनि दोस्रो इन्टरनेसनलले अवसरवादी नीति लियो । दोस्रो इन्टरनेसनलका अवसरवादी नेताहरूले क्रान्तिकारी सङ्घर्षलाई छोड्ने कुरा प्रचार गर्न थालेका थिए । तिनीहरूले ‘शान्तिपूर्ण ढङ्गबाटै, पुँजीवाद विकास भई समाजवाद हुनेछ’ (सोभियत सङ्घको कम्युनिस्ट पार्टी (बोल्शेभिक) को इतिहास ः पृष्ठ १९४) भन्ने सिद्धान्तलाई प्रचार गरे । लेनिनले त्यस खोटो सिद्धान्तको डटेर विरोध गर्नुभयो र तिनीहरूलाई नङ्ग्याइदिनुभयो । अनि, उहाँले क्रान्तिलाई अगाडि बढाउनुभयो ।
के आज हाम्रा एकथरी पुराना कामरेडहरूले ‘क्रान्ति आफै हुन्छ, गाउँमा जानु पर्दैन, अहिले राजनीतिक गतिविधि रोक्नुपर्छ’ भनेर अघि सारेको सिद्धान्त माक्र्सवाद र लेनिनवादविरोधी छैन ? यसकारण, सच्चा माक्र्सवादी–लेनिनवादीहरूले त्यसको विरोध गर्नुपर्छ ।
मजदुर पार्टीमा केही प्रतिशत बुद्धिजीवीहरू पनि हुने गर्छन् । हाम्रो पार्टीमा पनि बुद्धिजीवीहरू नभएका होइनन् । सामन्ती, अर्धसामन्ती, उपनिवेश र अर्धउपनिवेश देशहरूमा तिनीहरूको महत्वलाई अस्वीकार गर्न सकिन्न । जे होस् ‘लाटाको देशमा गाँडा तन्नेरी’ हुने नै भए । देश–विदेशको परिस्थितिलाई अरूको तुलनामा छिट्टै बुझ्ने भएका हुनाले सामन्तवाद र साम्राज्यवादविरोधी सङ्घर्षमा तिनीहरू छिट्टै आकर्षित हुन्छन् । तर, सङ्घर्षको गा¥हो समयमा वा सामन्त र पुँजीपति वर्गले केही सहुलियत दिएको खण्डमा तिनीहरू ढल्मलिन्छन्, क्रान्तिकारी चरित्रलाई त्याग्छन् । यो तिनीहरूको पुरानै वर्गचरित्र हो । तिनीहरू खास गरेर मध्यम र सानो पुँजीपति वर्गबाट आएका हुन्छन् ।
सानो पुँजीपति वर्गको तहमा मालिक या मध्यम किसान, मालिक कालिगढ, विद्यार्थी, प्राथमिक र माध्यमिक स्कूलका शिक्षकहरू, तल्ला सरकारी अधिकारीहरू, अड्डाका कारिन्दाहरू, स–साना कानुन व्यवसायीहरू जस्तै तल्लो तहका बुद्धिजीवीहरू र स–साना व्यापारीहरू आउँछन् । यसको आकार र वर्गचरित्र दुवैले गर्दा यस वर्गमाथि गम्भीर ध्यान दिनु आवश्यक छ । मध्यम किसान र मालिक कालिगढ दुवै सानो आकारको उत्पादनमा लागेका हुन्छन् । (यहाँनिर लेनिनको यस वाक्यलाई सम्झनु उपयुक्त हुन्छ – “पुँजीवादको उदय स–साना आकारको उत्पादनबाट भएको हो र यही सानो आकारको उत्पादनबाट लगातार पुँजीवादको विकास भएको हो ।”) (“स–साना आकारका अर्थव्यवस्था र स–सानो आकारको मालसामानको उत्पादनलाई पूरै नमेटाएसम्म पुँजीवाद बाँचिरहन्छ ।”) यस वर्गका सबै तहहरू एउटै साना पुँजीवादी आर्थिक स्तरमा रहे तापनि, तिनीहरू तीन फरक–फरक भागमा बाँडिएका छन् । पहिलो भागमा तिनीहरू आउँछन् जसले शारीरिक वा मानसिक श्रम गरेर हरेक वर्ष बढी कमाउँछन् र आफूलाई एक वर्ष खाएर पनि केही पैसा या अन्न बचाउन पाउँछन् । यस्ता मानिस सा¥है धनी हुन चाहन्छन् र तिनीहरू ‘कुबेर’, ‘लक्ष्मी’, ‘सरस्वती’ र ‘भीमसेन’ को पूजा गर्छन् । सम्पत्ति जोड्ने मौका देखेपछि तिनीहरू मध्यम पुँजीपति वर्गको तहमा उक्लिन सधैँ इच्छा गर्छन् । ती साना–साना पुँजीपतिहरूले पाउने मान्यता देखेर तिनीहरूको मुखमा पानी आउन थाल्छ । यसप्रकारका मानिस काँतर हुन्छन्, सरकारी हाकिमहरूसँग डराउँछन् र क्रान्तिदेखि पनि अलि डराउँछन् । तिनीहरूको आर्थिक स्तर मध्यम पुँजीपति वर्गसँग एकदम नजिक भएको हुनाले तिनीहरू आफ्नो प्रचारमा सा¥है विश्वास गर्छन् र क्रान्तिमाथि पनि शङ्कालु हुन्छन् । साना पुँजीपति वर्गमा यो भाग अल्पमतमा छ र त्यस वर्गको दक्षिणपन्थी विचारको प्रतिनिधित्व गर्छ । (हेर्नुस्, माओ त्सेतुङ्गको चिनियाँ समाजको वर्ग विश्लेषण)
हाम्रा केही बुद्धिजीवी साथीहरू यस्तै ड्याङमा परेका छन् । तिनीहरू आफूले पार्टीलाई धेरै गुण गरेको, क्रान्तिलाई धेरै त्याग गरेको र आफू ठूला हौँ भन्ने सम्झन्छन् । पद र नाफा बढी देखेर अथवा सङ्घर्षमा दुःख–कष्ट पाउने देखेर पुच्छर लुकाएर भाग्न खोज्छन् । आलोचना गर्दा तिनीहरू नभए पार्टी नै चल्दैन भन्न थाल्छन् । तर, कुरोचाहिँ ठीक उल्टो छ । एकचोटि, २१ अगस्ट १८९० मा ओटोबयोनिग्कलाई लेख्नुभएको चिठ्ठीमा एँगेल्सले भन्नुभएको थियो – “हामीलाई अहिले पनि प्राविधिज्ञ, कृषि वैज्ञानिक, इन्जिनियर, रसायन शास्त्री र खप्पिस शिल्पकारहरूको आवश्यकता छ, यो साँचो हो, तर यदि स्थिति सा¥है धेरै बिग्रियो भने हामी तिनीहरूलाई पुँजीपतिहरूले सधैँ किने जस्तै किन्न सक्छौँ र यदि त्यसभित्रका केही विश्वासघातीहरू, तिनीहरूमा विश्वासघातीहरू त हुन्छन् नै – सँगै कडाइको उदाहरण अघि सारिदिएमा तिनीहरूले देख्नेछन् कि हामीसँग राम्रो व्यवहार गर्दा तिनीहरूकै फाइदा हुन्छ । तर, यी विशेषज्ञहरू बाहेक, तिनीहरूमा म स्कूलका शिक्षकहरूलाई पनि लिन्छु, हामी अरू ‘बुद्धिजीवीहरू’ विना पनि राम्रै काम चलाउन सक्नेछौँ ।” (माक्र्स–एँगेल्स ः सङ्कलित रचनाहरू, भाग–३, पृष्ठ ४९२)
हो, एङ्गेल्सले भन्नुभए जस्तै हाम्रा तथाकथित बुद्धिजीवी र शिक्षकहरू हामीलाई विश्वासघात गर्दै छन् । तिनीहरूसँग मुलाहिजा गर्ने प्रश्नै उठ्दैन । नत्र झन्–झन् गतिहीन एवम् अवसरवादी हुनेछन् र सर्वहारा पार्टी नै सानो पुँजीपति वर्गको पार्टीमा फेरिदिने छन् । क्रान्तिकारी गतिविधिलाई तिनीहरूले ‘लाज्या’ (फुर्सती काम) मा फेरिदिने छन् ।
तिनीहरू त्यसो हुनुको मुख्य कारण के हो ? “…….. पुँजीपतिहरूले सीप जान्ने मजदुरहरूको माथिल्लो स्तरलाई खुलमखुला घूस दिएका थिए । तिनीहरूलाई मजदुर बाबुसाहेब भनिन्थ्यो । बढी तलब दिएर वा यस्तै अर्कै टुक्रो फालेर तिमीहरूलाई घूस दिइन्थ्यो ।” (सोभियत सङ्घको कम्युनिस्ट पार्टीको इतिहास, पृष्ठ १९५)
बस्, हाम्रा माक्र्सवादीहरू पनि त्यस्तै भइरहेका छन् । जागीर, बढी तलब, पदोन्नति (मास्टरबाट हेडमास्टर पद, प्राइमरी स्कूलको मार्सापबाट हाइस्कूलको मार्साप, हाइस्कूलबाट कलेज) को झूटो देखावटी आदर र छोरा नाति–भाइ–भतिजालाई स्कलरसीप (विदेशको छात्रवृत्ति) को घूसले तिनीहरू मध्यम पुँजीपति वर्गमा उक्लने दाउ गर्दै छन् र पार्टीलाई पछाडिबाट चुपीले हान्दै छन् । यस्ता विश्वासघाती र बेइमानहरूलाई जनताको अगाडि नङ्ग्याउनैपर्छ र तल्लो वर्गबाटै क्रान्तिकारी बुद्धिजीवीहरू तयार पार्दै पनि लानुपर्छ ।
Leave a Reply