युद्ध अन्त्य र रोकिएको सम्पत्ति फुकुवा गर्न इरानको अमेरिकासँग माग
- बैशाख २८, २०८३
दोस्रो विश्वयुद्ध मूलतः सोभियत सङ्घविरुद्ध लक्षित थियो । सोभियत सङ्घले हिटलरको नियत बुझिसकेको थियो । आवश्यक सैन्य तयारीका निम्ति सोभियत सङ्घलाई समय चाहिएको थियो । सोभियत सङ्घले बेलायत, फ्रान्सलगायत मुलुकसँग हिटलरविरोधी गठबन्धन बनाउन धेरै प्रयास ग¥यो । सोभियत सङ्घको यस प्रयासलाई लत्याइयो । त्यसैले सोभियत सङ्घले हिटलरसँग अनाक्रमण सम्झौता ग¥यो । यो मोलोटोभ–रिबेनट्रोप सम्झौताबारे पश्चिमा संसारमा व्यापक प्रचारबाजी गरियो । नाजीवादी हिटलर र कम्युनिस्ट स्तालिनलाई एउटै टोकरीमा राखेर दुष्प्रचार गरियो । तर, यसै सम्झौताका कारण सोभियत सङ्घले झन्डै २ वर्षको तयारी अवधि पायो । मोलोटोभ–रिबेनट्रोप सम्झौतामार्फत ऊ पश्चिमा साम्राज्यवादीहरूसँगको हिटलरको गोप्य हिमचिममा भाँजो हाल्न सफल भयो । यो सम्झौताबेगर दोस्रो विश्वयुद्धमा सोभियत सङ्घको विजय सम्भव थिएन । हिटलरको औद्योगिकरणमा पश्चिमा पुँजी लगानी भएको थियो । तर, हिटलरको सनकका कारण जर्मनीले फ्रान्स र बेलायतमाथि पनि आक्रमण ग¥यो । आफूले जन्माएको दैत्यले आफैमाथि आक्रमण गरेपछि बेलायत, फ्रान्स र अमेरिकाजस्ता पुँजीवादी मुलुकहरू फासीवादी गठबन्धनविरुद्ध सोभियत सङ्घसँग मोर्चाबन्दी गर्न बाध्य भएका थिए । त्यसबेलाको घटनाक्रमलाई रूस, बेलायत र अमेरिकी सरकार प्रमुखहरूको पत्र व्यवहारबाट अध्ययन गर्न सकिन्छ । सन् १९४१–४५ बीच बेलायती प्रधानमन्त्री विन्सटन चर्चिल, अमेरिकी राष्ट्रपति फ्राङ्कलिन डी रुजवेल्ट र सर्वोच्च रूसी मार्शल स्तालिनबीच अनेक महत्वपूर्ण पत्राचारहरू भएका थिए । दुई खण्डमा प्रकाशित तिनै पत्रहरूको उल्था यहाँ प्रस्तुत गरिएको छ ।
पत्र नं. १
८ जुलाई १९४१ मा प्राप्त (रूसमा)
स्तालिनलाई चर्चिलको पत्र
रूसी सेनाले नाजीहरूको आक्रामक र निर्मम कब्जाविरुद्ध यति सशक्त र उत्साही प्रतिकार गरिरहेकोका हामी अत्यन्त खुसी छौँ । सोभियत सेना र जनताको बहादुरी एवम् अठोटको प्रशंसा भइरहेको छ । समय, भूगोल र हाम्रो बढ्दो स्रोतसाधनले भ्याएसम्म यहाँलाई सघाउन हामी सबथोक गर्नेछौँ । युद्ध जति लम्बिन्छ उति बढी हामीले सहयोग गर्न सक्नेछौँ । हामीले जर्मनीले कब्जा गरेका भूभाग र आफ्नो पहुँचमा रहेको समग्र जर्मनीमाथि दिनरात हाम्रो वायु सेनाद्वारा ठूलठूला हमला गरिरहेका छौँ । हिजो दिउँसोमात्र झन्डै ४ सय विमानहरूले समुद्रपारका भूभागमा स–साना आक्रमण गरे । शनिबार राति २ सय भन्दा बढी बमवर्षकले जर्मन सहरहरूमा धावा बोले । तीमध्ये प्रत्येकले झन्डै ३ टन बम बोकेका थिए । गएको रात झन्डै २५० वटा भारी बमवर्षकहरू क्रियाशील थिए । यो कार्य चलिरहनेछ । यसरी हामीले हिटलरलाई आफ्नो केही हवाई शक्ति पश्चिममा ल्याउन बाध्य पार्ने आस गरेका छौँ । त्यसले बिस्तारै तपाईँको तनाव कम गर्नेछ । यसबाहेक जलसेनाले मेरो इच्छामा आर्कटिक सागरमा छिट्टै एक गम्भीर अपरेसनको तयारी गरेको छ । त्यसपछि मलाई लाग्छ, बेलायती र रूसी जलसेनाबीच सम्पर्क स्थापित हुनेछ । यसैबीच नर्वेको तटमा जाँदै गर्दा हामीले तपार्इँका विरुद्ध उत्तरमा जाँदै गरेका आपूर्ति जहाजहरू भेट्टाएका छौँ ।
हामी भावी योजना बनाउन रूसी सैन्य मिसनलाई स्वागत गर्छौँ ।
(यो पत्र लेखिएको दिन रूसी जनरलको एक सैन्य मिसन लन्डन पुगेको थियो । यस मिसनले दुई देशको सैन्य सहकार्यलाई व्यावहारिक रूप दिने उद्देश्य लिएको थियो । यस्तै एक बेलायती टोली जून महिनामा मस्को आएको थियो ।)
पत्र नं. २
१० जुलाई १९४१ मा प्राप्त (रूसमा)
स्तालिनलाई चर्चिलको पत्र (अति गोप्य)
राजदूत क्रिप्सले यहाँसँगको आफ्नो कुराकानीबारे रिपोर्टिङ गर्दै दुई राज्यप्रमुखबीच छिनोफानो भएको प्रस्तावित अङ्ग्रेज–रूसी घोषणापत्रका निम्न सर्त बताएका छन् :
१) कस्तो र कति नभनी आपसी सहयोग हुनुपर्ने ।
२) दुवै देश अलग्गै शान्ति प्रक्रियामा नपुग्ने ।
मैले तत्काल युद्धकालीन बैठक बोलाएको छु । त्यसमा न्यूजील्यान्डका प्रधानमन्त्री फ्रेसर पनि हुनेछन् । उनी अब हाम्रो पक्षमा छन् । हामीले क्यानडा, अस्ट्रेलिया, दक्षिण अफ्रिकाजस्ता संरक्षित राज्यसँग पनि सल्लाह गर्न आवश्यक छ । तर, यसबीच तपाईँले प्रस्ताव गर्नुभएको घोषणापत्रमा हामी पूर्णतः सहमत छौँ भन्नेमा यहाँलाई ढुक्क पार्न चाहन्छु । संरक्षित राज्यहरूका कुरा सुनेलगत्तै हामीले त्यसमा हस्ताक्षर गर्नेछौँ अनि त्यसलाई सार्वजनिक गर्नेछौँ । (१९४१ जुलाई १२ मा सोभियत र बेलायत सरकारले निर्धारित संयुक्त घोषणापत्रको सट्टा जर्मनीविरुद्ध संयुक्त अपरेसनको सम्झौता गरे ।)
पत्र नं. ३
स्तालिनको तर्फबाट चर्चिललाई निजी पत्र
तपाईँका दुई निजी सन्देशको लागि धन्यवाद !
तपाईँका सन्देशहरूले हाम्रा दुई सरकारबीच सम्झौताको सुरुआत गरेका छन् । अब यहाँले भन्नुभएझैँ सोभियत सङ्घ र बेलायत हिटलरी जर्मनीविरुद्धको सङ्घर्षमा युद्धरत मित्र बनेका छन् । हाम्रा दुई मुलुकहरू जस्तोसुकै जटिल परिस्थितिमा समेत हाम्रो साझा शत्रुलाई हराउन सक्षम छन् भन्नेमा मलाई शङ्का छैन ।
युद्धमोर्चामा सोभियत सेना तनावमा छ भनी जनाउनु अन्यथा नहोला । हिटलरले अचानक अनाक्रमण सन्धि च्यात्दै सोभियत सङ्घमाथि अचानक आक्रमण गरेकाले जर्मन सेनालाई फाइदाजनक स्थान प्राप्त भएको छ । यसले सोभियत सेनालाई अझै पनि असर गरिरहेको छ । सोभियत सेनाले प्रत्याक्रमण गर्दा जर्मन सेना फाइदाजनक स्थानमा हुनु स्वाभाविक छ । किशिनेभ–ल्वभ–ब्रेस्त–बिएलेस्तोक–कौनास र भेबोर्ग रेखामा भन्दा पनि ओदेसा–कामेनेत्स, पोदोल्स्क–मिन्स्क र लेनिनग्रादनजिकको रेखामा यस्तो स्थिति रहनेछ ।
हिटलरका विरुद्ध पश्चिम (उत्तरी फ्रान्स) र उत्तर (आर्कटिक) मा किल्लाबन्दी गरेमा सोभियत सङ्घ र त्यसै स्थितिमा रहेको बेलायतको सैन्य अवस्थिति सुध्रिने देखिन्छ ।
उत्तरी फ्रान्समा मोर्चा खोल्दा हिटलरको सेनालाई पूर्वबाट मोड्न सकिन्छ । यसले गर्दा बेलायतलाई हिटलरले कब्जा गर्न असम्भव हुन जानेछ । यो मोर्चा बेलायती सेना र दक्षिण बेलायतका जनताबीच लोकप्रिय हुनेछ । यस्तो मोर्चा खोल्दा आइपर्ने जटिलताबारे म सचेत छु । तर, जटिलता भएपनि यो काम गर्नैपर्ने देखिन्छ । हाम्रो साझा उद्देश्यका निम्ति मात्र नभई बेलायतको आफ्नै हितमा पनि यसो गर्नुपर्छ । यो मोर्चा खोल्ने उपयुक्त समय अहिले नै हो किनभने अहिले हिटलरको सेना पूर्वतिर लाग्दै छ र त्यहाँ उसले आफ्नो स्थान अडिलो बनाइसकेको छैन ।
त्यस्तै उत्तरमा मोर्चा बनाउन सजिलो हुनेछ । यसको लागि सैनिक र हतियार नउतारी खालि बेलायती जलसेना र वायुसेनाको दरकार पर्नेछ । सोभियत सङ्घको थल, जल र वायु सेनाले यस अपरेसनमा भाग लिन सक्छ । त्यहाँ बेलायतले एउटा हलुका सैन्य डिभिजन वा केही नर्वेली स्वयम्सेवीहरूलाई पठाउन सक्यो भने हामी खुसी हुनेछौँ । नर्वेली स्वयम्सेवीहरूलाई जर्मनहरूविरुद्ध विद्रोही गतिविधि गर्न उत्तर नर्वेतिर सार्न सकिन्छ ।
१८ जुलाई १९४१
पत्र नं. ४
२१ जुलाई १९४१ मा प्राप्त (रूसमा)
स्तालिनलाई चर्चिलको निजी र गोप्य पत्र
यहाँको सन्देश पाउँदा र रूसी सेनाले आफ्नो जन्मभूमिको रक्षार्थ गरेका बहादुरीपूर्ण लडाइँ र धेरै भीषण प्रत्याक्रमणबारे विभिन्न स्रोतबाट थाहा पाउँदा म निकै हर्षित छु । शत्रुलाई पश्चिमी मोर्चामा खट्न र अल्झिन बाध्य पार्दा एवम् उसको सुरुआती शक्तिलाई थकाउँदा हजुरले पाउनुभएको सैन्य फाइदा मैले राम्ररी बुझेको छु ।
सहयोगका लागि जुनसुकै अर्थपूर्ण र प्रभावकारी कदम चालिनेछ । तैपनि यहाँलाई म हाम्रा स्रोतसाधन र भौगोलिक अवस्थितिले थोपरेका सीमाहरूबारे बुझिदिनुहुन अनुरोध गर्छु । रूसमाथि जर्मनीले आक्रमण गरेको प्रथम दिनदेखि हामीले अतिक्रमित फ्रान्स र अन्य देशहरूमा आक्रमण गर्ने सम्भावनाको जाँचबुझ गरिरहेका छौँ ।
(सेनाको) चीफ अफ स्टाफले यहाँलाई थोरै भएपनि उपयोगी हुने काम गर्ने उपाय देख्दैन । फ्रान्समा मात्रै जर्मनहरूका ४० डिभिजन सेना छन् र वर्षदिनदेखि लगातार खटिएर जर्मनहरूले सम्पूर्ण तटमा किल्लाबन्दी गरेका छन् । हामीले अस्थायी भएपनि हवाई अग्रता पाउन सक्ने र हवाई सुरक्षा दिनसक्ने एकमात्र स्थान भनेको डनकर्कदेखि बोलोनसम्म हो । यो एकसरो किल्लाबन्दीमा कैयन गह्रौँ हतियारहरू राखिएका छन् । तिनले समुद्री आवागमनलाई नियन्त्रित गर्छन् र तीमध्ये कतिपयले समुद्रपारसम्म हान्न सक्छन् । त्यहाँ दिनको ५ घण्टा पनि अँध्यारो हुँदैन । त्यसबेला पनि पूरै भूभाग सर्चलाइटको प्रकाशले उज्यालो भइरहेको हुन्छ । जमिनमै उत्रिने हो भने रक्तपातपूर्ण प्रत्याक्रमण हुन सक्छ र ससाना कारबाही पनि असफल हुन सक्छ । यसले हामी दुवैलाई फाइदाभन्दा बढी हानी गर्छ । एउटा युनिटलाई यहाँले वा उनीहरूले अघि बढाउनुभन्दा पहिले नै त्यस्तो कारबाही सकिन्छ ।
तपाईँले के बुझिदिनुप¥यो भने हामी वर्षदिनदेखि एक्लै लडिरहेका छौँ । हाम्रा स्रोतसाधन बढिरहेका छन् र अब छिट्टै बढ्नेछन्, तैपनि हामी देशभित्र र मध्यपूर्वमा थल र हवाई मोर्चामा अत्यन्त तनावमा छौँ । त्यस्तै एटलान्टिकको लडाइँमा पनि हाम्रो जलसेना तनावग्रस्त छ । यसमै हाम्रो जीवन निर्भर छ । यु–जहाज ९ग्(दयबत० र फोक–वुल्फ नाकाबन्दी ९ँयअपभ धयगाि दयअिपबमभ० को बीचमा जति नै शक्तिशाली भएपनि हाम्रा पानीजहाजहरूले आवागमनमा चरम अड्चन झेलिरहेका छन् ।
हामीले दिनसक्ने कुनै द्रुत सहयोगका निम्ति हामीले उत्तरतिर हेर्नुपर्छ । जलसेनाको नेतृत्वले तीन हप्तादेखि उत्तर नर्वे र फिनल्यान्डमा क्रियाशील जर्मन जहाजहरूविरुद्ध समुद्रमा हवाई अपरेसनको तयारी गरिरहेको छ । यसबाट हामीले तपाईँको आर्कटिक पाखोमा समुद्रबाट आफ्नो सेना लग्ने शत्रुको शक्तिलाई ध्वस्त पार्ने आस लिएका छौँ । हामीले यहाँका (सैन्य) स्टाफलाई जुलाई २८ र अगस्ट २ बीच रूसी बेडाहरूलाई केही स्थानबाट हटाउन अनुरोध गरेका छौँ । त्यसबेला हामीले हवाई हमला गर्न सक्छौँ । दोस्रो, हामीले केही क्रुजर र ध्वंसकारी जहाजलाई स्पीत्जबर्गेनतिर पठाइरहेका छौँ । तिनले तपाईँको जलसेनामाथि जाइलाग्ने शत्रु जहाजहरूविरुद्ध कारबाही गर्न सक्नेछन् । तेस्रो, हामीले आर्कटिक तटमा जर्मनहरूलाई पहिल्याउन पनडुब्बीहरू पठाउँदै छौँ । लामो दिनको उज्यालोमा यस्तो कार्य अलि खतरापूर्ण हुनेछ । चौथो, हामीले आपूर्तिका सरसाधनसहितको विष्फोटक जहाजलाई आर्केन्जेल पठाउँदै छौँ । यसबेला हामीले गर्नसक्ने यत्ति नै हो । यसभन्दा बढी गर्न पाए हुने भन्ने लाग्छ । हामीले यसको बारेमा सार्वजनिक गर्नाले हानी हुँदैन नभन्दासम्म कृपया यो गोप्यता नखोल्दिनुहोला !
नर्वेली हलुका डिभिजन अस्तित्वमा छैन । र, बेलायती होस् वा रूसी, जर्मनीले कब्जा गरेको भूभागमा लामो दिनको उज्यालोमा हवाई सहायताबेगर थलसेना उतार्न असम्भव छ । त्यसो गर्न खोज्दा गत वर्ष नाम्सोसमा र यो वर्ष क्रिटमा हामीले तीतो अनुभव भोग्नुप¥यो । (जर्मनीले नर्वेमाथि आक्रमण गर्दा १९४० को अप्रिलमा बेलायती सेना नर्वेली बन्दरगाहमा ओर्लेको थियो । मे २ र ३ मा जर्मनहरूले बेलायतलाई पछि हट्न बाध्य पारे ।)
हामीले बेलायती युद्धविमानको टोलीलाई मुरमान्स्कमा उतार्ने विषयमा पनि अध्ययन गरिरहेका छौँ । यसको लागि जमिनमा काम गर्ने टोली र हातहतियारसँगै सुरुमा विमान खसाल्ने बन्दुकहरू चाहिन्छ । साथमा विमानहरू चाहिन्छ । तीमध्ये केहीलाई हवाई मार्गबाट लग्न सकिन्छ । यति गरेपछि हाम्रा स्पित्जबर्गेन टोलीहरूलाई मुरमान्स्कमा पठाउन सकिन्छ होला ! हाम्रो जलसेना उत्तरमा देखापर्नेबित्तिकै जर्मनहरू हाम्रो सेनाविरुद्ध शक्तिशाली बमवर्षकहरूसहित प्रतिकारमा उत्रिनेछन् भन्नेमा हामीलाई भ्रम छैन । त्यसैले एक–एक गर्दै पाइला चाल्न आवश्यक छ । यस प्रक्रियाले केही हप्ता लिनेछ ।
तपाईँले देख्नुभएका कुनै पनि सल्लाह बताउन नहिच्किचाउनुहोला ! र, हामीले मन लगाएर साझा शत्रुमाथि जाइलाग्ने अन्य उपायहरूको पनि खोजी गर्नेछौँ ।
पत्र नंं. ५
२६ जुलाई १९४१
स्तालिनलाई चर्चिलको निजी सन्देश
हाम्रा युद्धविमानहरूलाई गम्भीर क्षति पुग्ने भए तापनि हाम्रो युद्ध मन्त्रालयले रूसमा २ सय टोमाहक लडाकु विमान पठाउने फैसला गरेको जानकारी गराउन पाउँदा म हर्षित छु । तीमध्ये १ सय ४० विमानलाई यहाँबाट आर्केन्जेल र ६० विमानलाई संरा अमेरिकास्थित हाम्रो आपूर्तिबाट पठाइनेछ । अमेरिकी सरकारसँग तिनका पार्टपुर्जा र मर्मत गर्ने अधिकारीहरूको बन्दोबस्त मिलाउन बाँकी छ ।
२० देखि ३० लाख जुत्ता यहाँ जहाजी आपूर्तिको लागि उपलब्ध हुँदै छ । हामीले ठूलो मात्रामा रबर, टिन, ऊन र ऊनी लुगा, जुट, लीड र शेलाकजस्ता धातुहरू यसै वर्ष उपलब्ध गराउने बन्दोबस्त पनि मिलाउँदै छौँ । यहाँले भन्नुभएका अन्य कच्चा पदार्थको मागबारे पनि ध्यान दिइँदै छ । यहाँ असम्भव र सीमित देखिएका सामग्रीका लागि संरा अमेरिकासँग छलफल गरिरहेका छौँ । विस्तृत जानकारी आधिकारिक माध्यमबाट गराइनेछ ।
हामीले तपाईँको सेनाको अद्भूत लडाइँलाई प्रशंसा र भावुकतासाथ हेरिरहेका छौँ । हाम्रो जानकारीले शत्रुको ठूलो क्षति र चासोतर्फ औँल्याउँछ । जर्मनीमाथिको हाम्रो हवाई हमला अझ सशक्त हुँदै चालु रहनेछ ।
पत्र नं. ६
२८ जुलाई १९४१ मा प्राप्त (रूसमा)
स्तालिनलाई चर्चिलको निजी सन्देश
रबरसम्बन्धी यहाँको अनुरोधअनुरूप हामीले यहाँ वा अमेरिकाबाट सबैभन्दा उपयुक्त र द्रुत मार्गबाट सामान पठाउनेछौँ । कृपया कस्तो रबर र मार्ग चाहनुहुन्छ बताउनुहोला ! प्रारम्भिक आदेश गइसकेको छ ।
ह्यारी होप्किन्स आजभोलि मसँगै छन् । गएको हप्ता उनले (अमेरिकी) राष्ट्रपतिसँग मस्को जाने अनुमति मागेका थिए । यिनीसँग प्रजातन्त्र पक्षमा हिटलरलाई हराउने आगो छ भनी मैले भन्नैपर्छ । केही समयअघि मैले यिनीसँग केही लाख राइफल मागेको थिएँ र ती राइफल तुरुन्तै आइपुग्यो । यिनी राष्ट्रपतिका सबैभन्दा नजिकका प्रतिनिधि हुन् । राष्ट्रपतिले यिनलाई अब समग्र निर्देशन पठाइसक्नुभएको छ । आज राति यिनी मेरो घरबाट तपार्इँकहाँ जान निस्किनेछन् । तपाईँलाई उपयुक्त माध्यमबाट यिनको आगमनबारे जानकारी गराइनेछ । तपाईँले यिनलाई पूर्णतः विश्वास गर्न सक्नुहुन्छ । यिनी हामी दुवैका मित्र हुन् । यिनले विजयको योजना बनाउन र रूसलाई पछिसम्म आपूर्ति व्यवस्था मिलाउनका लागि सघाउनेछन् । तपाईँले यिनीसँग नीति, रणनीति र जापानसम्बन्धी निर्धक्क कुरा गर्न सक्नुहुनेछ ।
आफ्नो भूमिको रक्षार्थ रूसी सेनाको विशाल प्रतिरोधले हामी सबैलाई एक बनाएको छ । जर्मनीमाथि विकराल बमबारीको हिउँद लाग्दै छ । कसैले पनि के भोगिँदै छ भन्ने मेसो पाएका छैनन् ।
मेरो पछिल्लो टेलिग्राममा उल्लेख गरिएका जल अपरेसनहरू चलिरहेका छन् ।
हाम्रो महान् युद्धको बीचमा धेरै गर्न खोज्दाखोज्दै पनि आइपरेका हाम्रा बाधाअड्चनबारे बुझाइका निम्ति धन्यवाद ! हामी सक्दो गर्नेछौँ ।
पत्र नं. ७
१ अगस्ट १९४१ मा प्राप्त (रूसमा)
स्तालिनलाई चर्चिलको निजी सन्देश
मेरो व्यक्तिगत अग्रसरतामा १० हजार टन रबर यो देशबाट तपाईँको उत्तरी बन्दरगाहमा पठाउने तयारी पूरा भएको छ । यहाँको तत्कालीन आवश्यकतालाई ध्यानमा राखेर हामीले हाम्रो सहरको जगेडालाई पनि घटाउने जोखिम मोल्दै छौँ । यसमा ठूलो घाटा नभए पनि यसलाई पूरा गर्न समय लाग्नेछ ।
यो रबर र अन्य केही आपूर्तिका सामान एक हप्ता वा बढीमा १० दिनभित्र जहाजमा राखिनेछ र यहाँहरूका उत्तरी बन्दरगाहहरूतिर पठाइनेछ । जलसेनाले बेडाको व्यवस्था मिलाउनेबित्तिकै यसो गरिनेछ ।
यो १० हजार टन रबर पहिले मलायाबाट पठाएको १० हजार टन रबरमा थप हो । त्यसमध्ये २ हजार ६ सय ५१ टन रबर बोकेर जुलाई २० मा भोल्गा नामक जहाज पोर्ट स्वेटनहेमबाट भ्लादिभोस्तोकतिर लागिसकेको छ । २ हजार ५ सय टन रबर बोकेर आर्कटिका नामक जहाज मलायाबाट हिँडिसकेको छ । साङघाईबाट जुलाई २५ मा निस्केको माक्सिम गोर्की नामक जहाज र हङकङबाट अगस्ट १ मा निस्केको क्रास्नी पार्तिजन नामक जहाज छिट्टै मलाया पुग्नेछन् । तिनले त्यहाँबाट रबरका बाँकी भारी बोकेर लानेछन् । यसरी १० हजार टनको पहिलो किस्ता पूरा हुनेछ । बाँकी १० हजार रबर पछि थपिनेछ ।
Leave a Reply