भर्खरै :

जनतालाई सत्यतथ्य बताऊ !

आज सडकमा रमिता छ । उही नाम, उही झन्डा अनि उही चुनाव चिह्नको ब्यानरमा एकले अर्कोलाई सत्तोसराप गरेर सडकमा रमिता देखाइरहेका छन् । तिनीहरूको नाममात्र होइन, काम पनि उस्तैउस्तै छ । एकले अर्काको खिल्ली उडाउँदै चर्काचर्का भाषण ग¥यो, सडकमा हुलहुज्जत ग¥यो अनि सडकभरि फोहरमैला छोडेर हिँड्यो १ बस्, तिनीहरूले एक अर्काको बोली र हाउभाउको समेत नक्कल गरेर जग हँसाउने काम गरिरहेका छन् । तर, कुनैले पनि सभ्य आचरण तथा संस्कार अभ्यास गरेनन् । बदाम, चना, सुन्तलाका बोक्रा सडकमा असरल्ल छोडे । फोहर सही ठाउँमा व्यवस्थापन गरेको भए पनि अब त यिनीहरू सुध्रिए भन्ने ठाउँ रहन्थ्यो १ फोहर सही ठाउँमा बिसर्जन नगर्नेले देशकै दुर्गति सफा गर्छौँ वा ‘प्रतिगमनलाई सफाया’ गर्छौँ भन्नु हास्यास्पद छ । देश, जनता, समाजको लागि सडकमा ओर्लेका भए पो १ पद र लाभको ‘कुकुर झगडा’ मा लिप्त रातो झन्डा खसाल्न रातो झन्डा बोकेका शासक ‘कम्युनिस्टहरू’ बाट नागरिक भावना र सभ्यताको आशा गर्नु आफैमा मूर्खता नै ठहरिने भयो ।
जनताको चेतनास्तर उठाउन अनि शासकहरूलाई खबरदारी गर्न काठमाडौँका सडकमा ठूला सभाहरू धेरै भए । तर, नेपाल मजदुर किसान पार्टीले मात्र गर्ने सानाठूला सभा–जुलुसमा मात्र होइन, भक्तपुरदेखि काठमाडौँसम्मका विशाल जनप्रदर्शनहरूमा समेत सरसफाइमा ध्यान दिइएको पाइन्छ । मञ्च सजावटमा राखिएका सामग्री एवम् पुनः प्रयोगमा आउने पार्टी सामग्री मात्र होइन, प्रदर्शनमा सहभागीले आफूले गरेका फोहर सही ठाउँमै बिसर्जन गरेका घटनाहरू पक्कै पनि यी ‘कम्युनिस्ट’ नामधारीहरूले देखेकै होलान् १ देश र जनताप्रति साँच्चिकै जिम्मेवार बन्न अग्रसर भएको हो भने नेमकिपाबाट कम्तीमा पनि सानासाना कुरा त सिके हुने नि १ नेमकिपाको आचार थोरैमात्र अनुसरण गर्दा पनि जातै जाने जस्तो गर्छन् त शासक ‘कम्युनिस्टहरू’ १ अरू शासक दलहरूको त के कुरा गर्नु !

भारतले नेपालमाथि हस्तक्षेप गरिरहेको नाङ्गो सत्य हो । प्रचण्डकै शब्दमा भारतले नेपालमा ‘सूक्ष्म व्यवस्थापन’ गरिरहेको छ । नेपालमा अस्थिरता र अन्योलपूर्ण वातावारण बनाइराख्न सरकारमा रहेको र सडकमा रहेको दुवै शक्तिलाई उक्साइरहनु कुनै नौलो घटना होइन । निकट विगतमै पनि भारतले नेपालमा सशस्त्र द्वन्द्व चर्काउन ‘माओवादी’लाई जन्मायो, हुर्कायो । माओवादीसँग १२ बुँदे सम्झौता गराउन नेपाल मजदुर किसान पार्टीबाहेक आन्दोलनरत सात दललाई उचाल्यो । अनि जनताको आन्दोलन दबाउन राजा ज्ञानेन्द्रलाई पनि उक्सायो । अन्ततः, नेपालको राजनीतिक परिवर्तन आएको नाममा भारतले लगानी बोर्डसँग गरेको सम्झौतामार्फत माथिल्लो कर्णालीलगायत देशका नदीनालाहरू कब्जा ग¥यो ।

संसद् विघटनपछि दुई टाउके नेकपा दुईतर्फ फर्केको छ । आफूमात्र असली भन्दै एकले अर्काको अस्तित्व समाप्त पार्ने हुँकार गरिरहेका छन् । को कसरी पत्तासाफ हुने हो ? को कसरी असली हो ? भन्ने कुनै सैद्धान्तिक आधार दिइरहेका छैनन् तिनीहरू । एकले अर्काेलाई विदेशीबाट परिचालित भने पनि त्यसको व्याख्या अझै जनताले बुझ्ने भाषामा गरिरहेका छैनन् । संसद् विघटन गर्नुअघि नै प्रधानमन्त्री ओलीले भारत र भारतको उक्साहटमा आफ्नो सरकार ढाल्न खोजेको आरोप लगाएका थिए । संसद् विघटन पुष्टि गर्दै ‘त्यस्तालाई देश सुम्पे देश कहिल्यै स्वाधीन नहुने, देशको सार्वभौमसत्ता कायम नहुने’ दाबी गरिरहेका छन् । यता असारमा ओली सरकार ढाल्न असफल प्रचण्डले पुसको मसान्तमै ‘भारतको इसारामा ओलीले प्रतिनिधिसभा भङ्ग गरे’ को आरोप लगाए । देशको दुई टाउके सत्तारूढ दलकै एक अध्यक्षले अर्को अध्यक्षलाई भारतको इसारामा चलेको भन्ने गम्भीर आरोप लगाइरहेका छन् । सर्पले मात्र सर्पको खुट्टा देख्छ भनेजस्तै जरुर पनि तिनीहरूबीच कसले कसको आदेश शिरोपर गरिरहेका छन् ? जाने बुझेकै हुनुपर्छ ।
भारतीय शासकहरूको दानापानी खाएर, हातहतियार बोकेर नेपालमा दश वर्षसम्म सशस्त्र गृहयुद्ध चर्काउने प्रचण्डले आपूm भारतीय शासकहरूको बन्धनबाट मुक्त भएको घोषणा गर्नु पर्दछ । उनले व्यावहारिक र नीतिगतरूपमा आफू भारतीय शक्ति केन्द्रबाट स्वाधीन भएको पुष्टि गर्नुपर्दछ । अनि, ओलीले साँच्चिकै भारतको इसारामै प्रतिनिधिसभा विघटन गरेका हुन् भने त्यसलाई प्रमाणित गर्ने आधारहरू जनतासामु ल्याउनुपर्छ । भारतीय शासकहरू रिसाउलान् भन्ने त्रासमा ‘मैले भारतलाई केही भन्न खोजेको होइन’ भन्दै भारतको लोलोपोतो गर्ने अनि भारतीय विस्तारवाद र एकाधिकार पुँजीविरोधी नेपाली जनताको भावनासँग खेल्न ‘भारतकै इसारामा ओली हिँडेको’ भनी भाषणबाजी गर्नुको कुनै तुक छैन । ‘चुच्चे नक्सा’ जारी गरेपछि भारतको षड्यन्त्रमै प्रचण्डले आफ्नो सरकार ढाल्न खोजेका हुन् भने ओलीले त्यसका आधारहरू जनतालाई बताउनुपर्छ । ‘त्यस्तालाई देश सुम्पे देश कहिल्यै स्वाधीन नहुने, देशको सार्वभौमसत्ता कायम नहुने’ भन्ने अमूर्त भाषाले मात्र जनताले तथ्य बुझ्न पाउँदैनन् । आफ्नै पार्टीका अर्को अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री दिँदैमा देशको सार्वभौमसत्ता कायम नहुने यथार्थ हो भने प्रचण्डको साठगाँठ कोकोसँग छ ? कहाँ के के विषयमा षड्यन्त्र गरेका छन् ? सहमति गरेका छन् ? सारा नेपाली जनतासमक्ष खुलासा गर्नुपर्दछ । देशको सार्वभौमसत्तामा आँच पुग्नेगरी भएका देशद्रोही गतिविधिका प्रमाणसहित प्रचण्डलाई सजायको लागि कठघरामा उभ्याउनुपर्दछ । भारतको इसारामा संसद् विघटन भएको भन्ने आरोप लाग्ने गरी भारतीय विशेषदूत गुप्तचर सामन्त गोयलसँग भएको ‘गोप्य गफ’ मा के के कुरा भएको हो ? प्रधानमन्त्री ओलीले खुलासा गर्नुपर्दछ । गुप्तचर गोयलले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री छोड्न दबाब दिएका थिए वा संसद् विघटन गर्न ‘ढाडस’ दिएका थिए ? यस्ता रहस्य लुकाइराख्नु देश र जनताको हितमा छैन ।
भारतले नेपालमाथि हस्तक्षेप गरिरहेको नाङ्गो सत्य हो । प्रचण्डकै शब्दमा भारतले नेपालमा ‘सूक्ष्म व्यवस्थापन’ गरिरहेको छ । नेपालमा अस्थिरता र अन्योलपूर्ण वातावारण बनाइराख्न सरकारमा रहेको र सडकमा रहेको दुवै शक्तिलाई उक्साइरहनु कुनै नौलो घटना होइन । निकट विगतमै पनि भारतले नेपालमा सशस्त्र द्वन्द्व चर्काउन ‘माओवादी’लाई जन्मायो, हुर्कायो । माओवादीसँग १२ बुँदे सम्झौता गराउन नेपाल मजदुर किसान पार्टीबाहेक आन्दोलनरत सात दललाई उचाल्यो । अनि जनताको आन्दोलन दबाउन राजा ज्ञानेन्द्रलाई पनि उक्सायो । अन्ततः, नेपालको राजनीतिक परिवर्तन आएको नाममा भारतले लगानी बोर्डसँग गरेको सम्झौतामार्फत माथिल्लो कर्णालीलगायत देशका नदीनालाहरू कब्जा ग¥यो । त्यो महाकाली सन्धि जत्तिकै गम्भीर, दूरगामी र देशघाती सम्झौता थियो । अहिले पनि देशमा अस्थिरता सिर्जना गर्न सत्तारूढ दलका दुवै गुटमा भारतले खेलेको छैन भन्न सकिन्न ।
नेपालको सार्वभौमसत्ता र स्वाधीनता अक्षुण्ण राख्नको लागि भारतीय हस्तक्षेपबाट मुक्त हुनै पर्छ । नेपाल र नेपाली जनताको प्रधान शत्रु भारतीय विस्तारवाद र भारतीय एकाधिकार पुँजीको विरोधको सङ्घर्षमा व्यापक जनतालाई जागरुक, दृढ र एक ढिक्का बनाइ भारतीय दलालहरूलाई उदाङ्गो पार्नैपर्छ । आज हजारौँ जनताको सहभागितामा सभा–जुलुस गरी शक्ति देखाउन होडबाजी गर्ने शासक दलहरूले जनतासामु किन सत्यतथ्य ल्याउन आनकानी गरिरहेका छन् ? राजनीतिक सभा आफैमा एउटा राजनीतिक कक्षा हो । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भन्नुभएजस्तै आन्दोलन या चुनावले एकैपटक धेरै जनतालाई राजनीतिक रूपमा सुशिक्षित पार्छ । लाखौँ–करोडौँ खर्च गरी गाउँगाउँबाट सहर र काठमाडौँमा मान्छे जम्मा गर्ने प्रचण्ड–नेपाल र प्रधानमन्त्री ओलीहरूले जनतालाई राजनीतिकरूपमा जानकार बनाउने गरी किन भित्री कुरा बाहिर ल्याइरहेका छैनन् ? को कति पानीमा छन् भन्ने किन स्पष्ट देखाइरहेका छैनन् ? सचेत जनता प्रश्न गरिरहेका छन् । भावुक जनताको ताली पाउनमात्रै एकले अर्कोलाई लाञ्छना लगाउने होइन, नेपालको स्वाधीनता र सार्वभौमसत्ता कायम राख्न देश र जनताप्रति इमानदार भई ‘दुई टाउके’ नेकपाभित्रको विवादको जरो बाहिर ल्याउनैपर्छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *