आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
चीनका राष्ट्राध्यक्ष सी चिनफिङफले जनवरी २५ तारिख विश्व अर्थतन्त्र मञ्च डाभोस एजेन्डा वार्तामा भिडियोद्वारा विशेष सम्बोधन गर्नुभएको छ ।
उहाँका अनुसार, हाल महामारी समाप्त भएको छैन र महामारीविरूद्ध कार्य जारी छ । हिउँदे जाडो यामले वसन्तको पाइला रोक्न सक्दैन, रातले बिहानको घाम रोक्दैन भन्ने विश्वास व्यक्त गर्दै मानवजातिले अवश्य नै महामारीलाई जित्ने र प्रकोपविरूद्ध लडाइँमा प्रगति गरी पुनर्जन्म प्राप्त गर्ने कुरामा उहाँले जोड दिनुभयो ।
विश्वमा ठ्याक्कै मिल्ने दुई समान पात हुँदैनन् । पूर्ण समान ऐतिहासिक संस्कृति तथा सामाजिक व्यवस्था पनि हुँदैन भन्ने कुरा राष्ट्राध्यक्ष सीले बताउनुभएको छ । विभिन्न देशको सामाजिक व्यवस्थाबीच उच्च–निच, बलमान–कमजोरबीचमा कुनै फरक छैन । सामाजिक व्यवस्था स्वदेशको अवस्थासँग अनुकूल हुन्छ । जनताले समर्थन गरेमात्र राजनीतिक स्थिरता, सामाजिक प्रगति, जनजीवनको सुधार हुन्छ र मानवको प्रगतिमा योगदान दिने विषयसित केन्द्रीय सम्बन्ध रहेको हुने कुरामा पनि उहाँले जोड दिनुभएको छ ।
राष्ट्राध्यक्ष सीका अनुसार, भिन्नता नभएमा मानवको सभ्यता हुँदैन । अनि भिन्नता डरलाग्दो पनि छैन । डरलाग्दो कुरा घमण्ड, पूर्वाग्रह तथा घृणा हो र मानवको सभ्यतालाई विभिन्न तहमा विभाजन गर्नु हो । आफ्नो ऐतिहासिक संस्कृति र सामाजिक व्यवस्थाबाट अरूलाई बाध्य बनाउनु हो । आपसी सम्मान हुने, सहमति खोज्ने र असहमतिलाई कायम राख्ने आधारमा विभिन्न देशले शान्तिपूर्ण सहअस्तित्व खोज्नुका साथै आपसी आदानप्रदान तथा सिकाइलाई घच्घच्याएर मानव सभ्यताको विकास तथा प्रगतिमा शक्ति थप्नुपर्छ ।
राष्ट्राध्यक्ष सीले जनवरी २५ तारिख आयोजित विश्व आर्थिक मञ्चमा सम्बोधन गर्दै पुष्टि गर्नुभएको छ, “अन्तर्राष्ट्रिय समाजले दीर्घकालीन दृष्टिबाट वचनबद्धतालाई व्यवहारमा उतार्दै विकासोन्मुख मुलुकका लागि आवश्यक समर्थन दिनुपर्छ र विकासोन्मुख मुलुकको उचित विकास अधिकारलाई प्रत्याभूति दिनुका साथै हक–अधिकार, अवसर र नियमको निष्पक्षताको प्रवर्द्धन गर्नुपर्छ । यस्तो कार्यबाट विभिन्न मुलुकका जनताले विकासको मौका र उपलब्धि संयुक्तरूपमा प्राप्त गर्न सक्ने छन् ।”
उहाँले जोड दिनुभएको छ, “मानवजातिको सामु देखा परेका सबै विश्वव्यापी समस्याहरू जुनसुकै मुलुक एक्लै समाधान गर्न सक्दैन बरू विश्वव्यापी सामना गरेर सहयोगमार्फत काम गर्नुपर्छ ।”
उहाँले अन्तर्राष्ट्रिय क्षेत्रमा सानो चक्र बनाउनु वा शितयुद्ध गरेर अरूलाई पञ्छाउने वा धम्की दिनेलगायत कृत्रिम बाधा वा नियन्त्रणले विश्वलाई पृथक वा प्रतिद्वन्द्वी अवस्थामा ल्याउने कुराको प्रकाश पार्नुभएको छ ।
राष्ट्राध्यक्ष सीले अगाडि भन्नुभयोः बहुपक्षबादको मुख्य अर्थ भनेको अन्तर्राष्ट्रिय मामिलामा सबैले छलफल गर्नुपर्छ । विश्वको भविष्य र भाग्य विभिन्न मुलुक सबैका हातमा पर्दछ । पृथक भएर मानवजातिका सामु देखा परेका साझा चुनौतीको सामना गर्न सकिँदैन । प्रतिद्वन्द्वी भावनाले मानवजातिलाई अन्त्यमा पु¥याउँछ । यसै सन्दर्भमा मानवजातिले दुःख खर्च गरिसकेको छ । हामीले कदापि पनि त्यो पुरानो बाटोमा फर्कनुहुँदैन ।
अन्तर्राष्ट्रिय समाजले विभिन्न मुलुक बीचको नियम र सहमतिले संयुक्तरूपमा विश्वको सञ्चालन गर्नुपर्छ एक वा केही मुलुकले मात्रै आदेश निर्देशन दिनुहुँदैन ।
उहाँले महत्व दिँदै भन्नुभएको छः शासन व्यवस्था तथा नियममार्फत विभिन्न मुलुक बीचको सम्बन्धलाई सामञ्जस्य मिलाउनुपर्छ । आफ्नो बलियोपनको भरमा कमजोरलाई थिच्नुहुँदैन । बहुपक्षवादको नाउँमा एकपक्षवादी गतिविधि गर्नु कदापि हुँदैन ।
सीले सिद्धान्तलाई पालना गर्नुपर्ने, नियम तोकिएपछि सबैले प्रभावकारीरूपमा पालना गर्नुपर्ने भन्दै ‘छनौटसहित बहुपक्षीयवाद’ निर्विकल्प रहेको बताउनुभयो ।
सीले इतिहास र वास्तविकताले हामीलाई भनेको, वर्तमान संसारमा प्रतिद्वन्द्वको बाटो हिँड्ने हो भने शितयुद्ध, तापयुद्ध वा व्यापार युद्ध, विज्ञान युद्धले अन्त्यमा विभिन्न मुलुकको हितमा हानी पु¥याउने र जनतालाई विशाल क्षति पुग्ने बताउनुभयो ।
सी चिनफिङले पारस्परिक हित र साझा विजयको सहयोगी धारणा अक्षरशःपालना गर्नुपर्ने, विभिन्न मुलुकको समान विकास अधिकारको प्रत्याभूति गर्नुपर्ने, न्याय र निप्षक्ष आधारमा प्रतिस्पर्धा गर्न प्रस्तावित गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
२१ औँ शताब्दीको बहुपक्षीयवादले सही बाटोको अक्षरशःपालना गर्नुपर्ने र विकासको नयाँ दिशाको अन्वेषण गर्नुपरुर्ने भन्दै बहुपक्षीयवादको केन्द्रीय मूल्य र आधारभूत सिद्धान्तको पालना गर्नुका साथै विश्व बनौटको परिवर्तनबमोजिम विश्वव्यापी चुनौतीको सामना गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
आफ्नो सम्बोधनमा राष्ट्राध्यक्ष सीले औँल्याउनुभएको छः सम्पूर्ण मानवजातिका लागि हितयुक्त काम चीनले अँगाल्दै राम्रोसँग गर्नुपर्छ । चीनले व्यावहारिक कारबाहीमार्फत बहुपक्षवादको कार्यान्वयन गर्दै हाम्रो साझा घरबारको संरक्षण गरिरहेको छ र मानवजातिको दिगो विकासको लागि योगदान गरिरहेको छ ।
विज्ञानबारे चर्चा गर्दै उहाँले भन्नुभयो, विज्ञान तथा प्रविधि क्षेत्रमा हासिल उपलब्धिहरूले सम्पूर्ण मानवजातिको हित–कल्याणको सिर्जना गर्नुपर्छ । अरू देशको विकासलाई सीमित पार्ने कार्य अँगाल्नुहुँदैन ।
हार्ने र जित्ने अनि विजेताले सबै पाउने, चिनियाँहरूको जीवन दर्शन यस्तो नभएको राष्ट्राध्यक्ष सीले बताउनुभएको छ । चीनले स्वतन्त्र तथा शान्तिपूर्ण वैदेशिक नीति पालना गरेर विभिन्न देशसँगको मैत्रीपूर्ण सहयोग सम्बन्धको सक्रियरूपमा विकास गरेको छ ।
व्यवहारले एक्लो गतिविधि, विचार तथा अहङ्कारी धारणा अन्त्यमा अवश्य नै विफल हुने पुष्टि भएको छ । मानव जातिको एउटै पृथ्वी छ र मानवजातको एउटामात्रै साझा भविष्य पनि छ । बहुपक्षीयताको ज्योतिले अगाडि जाने बाटोलाई उज्यालो पारेर हातमा हात मिलाएर मानव भाग्य समुदायको निर्माणतिर लाग्नु नै आजको टड्कारो आवश्यकता रहेको राष्ट्राध्यक्ष सीले जोड दिनुभएको छ ।
–सीआरआई
Leave a Reply