भर्खरै :

स्थापना दिवसमा किसान भेला

भक्तपुर, १४ माघ । नेपाल क्रान्तिकारी किसान सङ्घ भनपा बोलाछें ४ को आयोजनामा नेमकिपाको ४७ औँ स्थापना दिवस मनाइयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले देशमा रासायनिक मल कारखाना स्थापना गरी स्वदेशी उत्पादन वृद्धि गरेर देशलाई आत्मनिर्भर बनाउन सकिने बताउनुभयो ।
शासक दलहरूको अकर्मण्यताकै कारण किसानहरूले समस्या भोग्न परिरहेको उल्लेख गर्दै उहाँले मल, खाद्य कृषि औजार तथा मेसिनजस्ता सामानहरू विदेशबाट आयात गर्दा अरबौँ रुपैयाँ दलाली भाग खान नपाउला भनी मल कारखाना नखोल्ने सरकार पुँजीवादी भएको पुष्टि गर्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले नेमकिपा स्थापनाका आधारहरूबारे बताउँदै तत्कालीन नेमकिसङ्गठनको अगुवाइमा किसानहरूलाई मोहियानी हक दिलाउन गरेका सङ्घर्षहरू, ऐतिहासिक भर्पाइ आन्दोलन, बाली काट्ने आन्दोलनको महत्वबारे प्रकाश पार्र्नुभयो । २०२५ सालको सुस्ता बचाउ अभियान, देशको स्वाधीनता र सार्वभौमिकता रक्षार्थ पार्टीले खेलेको भूमिकाले गर्दा नेपालको कम्युनिस्ट आन्दोलनमा नेमकिपा प्रकाश स्तम्भको रूपमा उभिन सफल भएको धारणा व्यक्त गर्नुभयो ।
नेक्राकिसङ्घ भनपा ४ एकाइका अध्यक्ष पृथ्वीकुमार प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेमकिपा बोलाछेँ एकाइ समितिका एच.एस. सुवाल र विश्वराम त्वायनालगायतले बोल्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *