भर्खरै :

बागेश्वरीमा कार्यकर्ता भेला

भक्तपुर, १४ माघ । नेपाल मजदुर किसान पार्टीको ४७ औँ स्थापना दिवसको अवसरमा नेमकिपा चाँगुनारायण नपा वडा नं ७ बागेश्वरी मा स्थानीय पार्टी कार्यकर्ता र समर्थकहरूको भेला भयो ।
भेलामा नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोजूले नेपालमा कम्युनिस्ट आन्दोलनको इतिहासबारे चर्चा गर्दै २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापना भए यता अनेकन खोटा विचारको सामना गर्दै कम्युनिस्ट आन्दोलन अघि बढेको बताउनुभयो ।
उहाँले नेपालको कम्युनिस्ट आन्दोलनलाई गलत विचारधाराबाट जोगाउन नेमकिपाको स्थापना भएको चर्चा गर्दै व्यापक कामदार नेपाली जनताको हितमा समाजवादी व्यवस्थाको स्थापना नै नेमकिपाको लक्ष्य भएको बताउनुभयो ।
उहाँले तराई र काठमाडौँ उपत्यकामा भएको किसान आन्दोलन नै पुष्पलाल समूहसँग सैद्धान्तिक विमतिको कारण नेमकिपाको स्थापना भएको प्रस्ट पार्नुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी किसान सङ्घ चाँगुनारायण नगर समितिका सचिव गणेशराम सुवालले नेमकिपाले किसानहरूको पक्षमा गरेको सङ्घर्षले गर्दा किसानहरूको बताउनुभयो ।
कार्यक्रममा बलराम काफ्ले र बाबुकाजी श्रेष्ठले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *