कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तरमै फैलिँदै, हालसम्म ४९२ को मृत्यु
- असार २१, २०८३
भक्तपुर, १६ माघ । बासु माध्यमिक विद्यालयमा कक्षा १२ को पढाइ सकाएका विद्यार्थीको अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
सहिद दिवसको अवसर पारी गरिएको कार्यक्रममा नेपाल प्राध्यापक समाजका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरोजराज गोसाईले इमानदारीसाथ कर्तव्य निर्वाह गर्नु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली भएको धारणा राख्नुभयो ।
उहाँले युवाले नै देशको भविष्यको इतिहास लेख्ने भन्दै देश र जनताको सेवा गर्ने उद्देश्य बोक्न विद्यार्थीलाई सुझाव दिनुभयो ।
बासु माविका प्रधानअध्यापक अम्बिका न्याइच्याईको सभापतित्वमा भएको कार्यक्रममा विद्यालयका सहप्राध्यापक रविलाल प्रधान, शिक्षक शिवराम बोहजू, नारायणप्रसाद ह्योंमिखाले विद्यार्थीलाई शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि गोसाईले विद्यार्थीलाई विद्यालयको तर्फबाट मायाको चिनो वितरण गर्नुभएको थियो ।
Leave a Reply