भर्खरै :

चाँगुमा चण्डा भैरव मिश्रित कृषक समूहको भेला

भक्तपुर, १६ माघ । चाँगुनारायण नगरपालिका वडा नं ४ कुइँकेल गाउँमा चण्डा भैरव मिश्रित कृषक समूहको आयोजनामा कृषकहरूको एक प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भजिसका अध्यक्ष न्हुछेभक्त फोजूले कमिसनकै कारण कृषिप्रधान देशमा रासायनिक मल कारखाना स्थापना नभएको बताउँदै जुन सरकार आए पनि कान चिरेजस्तै भएको बताउनुभयो । नेपाली काङ्गे्रस, एमाले, माओवादी र नेकपा सरकारले कृषकको लागि कृषि तालिम, जेटीएबाट माटो परीक्षण र आधुनिक किसिमको कृषिऔजारको बन्दोबस्त गर्न नसकेको बताउनुभयो ।
भक्तपुर कृषक समूहका अध्यक्ष गणेशराम सुवालले कृषकहरूलाई कृषक परिचय पत्र, कृषि अनुदानमा हाते ट्याक्टर, थे्रसर मेसिन, मकै छोड्ने मेसिन, पानी तान्ने पम्पको व्यवस्था सरकारले गर्न नसकेको बताउनुभयो ।
समूहका अध्यक्ष भगिरथ खतिवडाको सभापतित्वमा भएको भेलामा समूहका सचिव नवराज भडेलले पनि बोल्नुभएको थियो ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *