जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ४१
- असार २१, २०८३
काठमाडौं, १६ माघ । नेपाल मजदुर किसान पार्टी काठमाडौं महानगर समितिको आयोजनामा बुधबार ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिक पत्रिकाको अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईंले देशको राजनैतिक विकृतिको चिरफार गर्दै सही कम्युनिस्टले आफू सत्तामा रहँदा देश र जनताको सेवामा शिक्षा, स्वास्थ्य निःशुल्क, रोजगारको ग्यारेन्टी, उत्पादनका साधनहरू राष्ट्रियकरण, व्यक्तित्व विकासको अवसर प्रदान गर्नुपर्ने हो तर गरेको छैन भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले नेपाल मजदुर किसान पार्टीको स्थापना कम्युनिस्ट आन्दोलनको खोटा विचारहरूको खण्डन, रूसी संशोधनवाद, सामाजिक साम्राज्यवादमा पतनको मुख्य आधार बताउनुभयो ।
नेमकिपा काठमाडौँ महानगर समितिका अध्यक्ष सुरेन्द्र महर्जनको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य राजवीर डंगोल, केन्द्रीय वैकल्पिक सदस्य नारायणबहादुर दुवाल, सानुकाजी महर्जन, विश्वक डंगोल, मदन श्रेष्ठ, रामचन्द्र महर्जन, कवीन्द्र डंगोल, कुलनारायण डंगोललगायतले बोल्नुभएको थियो ।
Leave a Reply