भर्खरै :

बोलाछेँमा प्रवचन कार्यक्रम

भक्तपुर, माघ १६ । नेमकिपाको ४७ औँ स्थापना दिवसको अवसरमा नेपाल क्रान्तिकारी डकर्मी सङ्घ र नेपाल क्रान्तिकारी युवा सङ्घ बोलाछेँ ४ वडा एकाइ समितिको आयोजनामा बुधबार प्रवचन कार्यक्रम भयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् भनपा वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले नेपाल–भारत खुला सिमानाको कारण तराईका जनताले भोग्नु परेको दुःख कष्टबारे बताउँदै २०२१ सालमा किसानहरूलाई मोहियानी हक दिलाउन नेमकिपाका अग्रज नेता कार्यकर्ताहरूले खेलेको भूमिकाबारे प्रकाश पार्नुभयो ।
देश र जनताको निःस्वार्थ सेवा गर्दै आइरहेको नेमकिपाप्रति आम जनता आशावादी रहेको धारणा व्यक्त गर्दैै उहाँले अनियमित र मापदण्डविपरीत निर्माणलाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका सदस्य उपेन्द्र सुवालले नेमकिपा स्थापनाका आधारहरूबारे स्पष्ट पार्दै पाँच दशक लामो इतिहास बोकेको नेमकिपा कम्युनिस्ट आन्दोलनको प्रकाशस्तम्भ भएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी डकर्मी सङ्घ भनपा ४ बोलाछेँ एकाइ समितिका अध्यक्ष पुरुषोत्तम जाकिबन्जारको सभापतित्वमा भएको उक्त कार्यक्रममा कृष्णगोविन्द दुवाल र पञ्चरत्न सैंजूलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *