तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, १६ माघ । नेपाल मजदुर किसान पार्टीको ४७ औँ स्थापना दिवसको अवसरमा कृषि प्राविधिक तालिम समूहको आयोजनामा प्रशिक्षण कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेपाल क्रान्तिकारी किसान सङ्घ जिल्ला समिति भक्तपुरका अध्यक्ष गोविन्द दुवालले शोषित पीडित कामदार वर्गको पक्षमा नेमकिपाले सङ्घर्ष गरिरहेको बताउनुभयो ।
अग्रज क्रान्तिकारी किसानहरूको योगदानको कदर गर्नुपर्ने चर्चा गर्दै उहाँले राजनीति पद र पैसाको निम्ति होइन देश र जनताको सेवा गर्न हो भन्नुभयो ।
कामदार जनतालाई सैद्धान्तिक र राजनीतिकरूपमा सचेत गराई जनताको प्रजातन्त्र हुँदै समाजवाद स्थापना गर्ने लक्ष्य नेमकिपाको हो, उहाँले भन्नुभयो ।
कार्यक्रममा रमेश वैद्य, हेरा ख्याजू, प्रवीण सिन्ताकल र लक्ष्मीभक्त दुवालले पनि बोल्नुभएको थियो ।
Leave a Reply