के निर्माण गर्नु मात्र विकास हो ?
- असार २१, २०८३
बेलायतको अक्सफोर्ड युनिभर्सिटी एक्स्ट्राजेनेकासँग मिलेर भारतको सेरम इन्स्टिच्युटमा तयार भएको विवादास्पद खोप नेपालमा १४ माघ २०७७ देखि लगाउन सुरु गरेको प्रचारमाध्यमले जनाएको छ । नेपालमा बिफर वा अन्य खोप लगाउँदा ९९ प्रतिशत प्रभावकारी बताइएको छ । तर, अक्सफोर्ड युनिभर्सिटीको कोरोना खोप भने ७० प्रतिशतमात्र प्रभावकारी बताइएको छ ।
यो खोप लगाएर यदि कसैको मृत्यु भएमा उत्पादक संस्था अक्सफोर्ड, भारत एवम् नेपाल सरकारले जिम्मेवारी नलिने बताउँदा बुद्धिजीवीहरू आश्चर्यमा छन् । सत्य यही हो भने भारतले नेपालमा परीक्षणमात्रै गर्न खोजेको हो कि भन्ने प्रश्न उठ्नु स्वाभाविक हो ।
स्वास्थ्य मन्त्रालय र मन्त्रीले सोच्नुपर्ने विषय हो– सित्तैमा दिँदैमा विष पिउनु हुँदैन । खरायो र भ्यागुताजस्ता जीवलाई प्रयोग गरेजस्तै नेपाली जनतालाई परीक्षण गर्न लागिएको हो भने यो चिन्ताको विषय हो ।
सुन्नमा आएअनुसार यसलाई ‘भाजपा भ्याक्सिन’ भन्दै भारतीय जनताले बहिष्कार गरेका छन् । त्यसलाई भारत सरकारले विपक्षीहरूको प्रचार भने पनि केही मानिसलाई नराम्रो असर परेको र केही मानिस मरेको समेत बताइएको छ ।
यसबारे स्वास्थ्यमन्त्री, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिलले जिम्मेवारी लिनुपर्ने देखिन्छ ।
Leave a Reply