जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ४१
- असार २१, २०८३
भक्तपुर, १६ माघ । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर नगर समितिको आयोजनामा नेमकिपाको ४७ औँ स्थापना दिवसको अवसरमा शुक्रबार ‘श्रमिक’ साप्ताहिकबारे अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले नेमकिपाले देशमा भइरहेको भ्रष्टाचार, कालाबजारी, अन्याय–अत्याचार, अनियमितता, शोषणको विरोेधमा सदन र सडकमा सङ्घर्ष गरी जनतालाई सचेत बनाइरहेको बताउनुभयो ।
एमसीसी पारित भए देश साम्राज्यवादीहरूको खेल मैदान हुने भएकोले नेमकिपाले विरोध गरिरहेको हो, उहाँले स्पष्ट पार्नुभयो ।
नेक्राशिसङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले ‘श्रमिक’ आस्थाको पत्रिका भएको बताउँदै ‘श्रमिक’ ले कम्युनिस्ट आन्दोलन र अन्तर्राष्ट्रिय घटनाहरूबारे नयाँ दृष्टिकोण दिइरहेको चर्चा गर्नुभयो ।
आयोजक समितिका अध्यक्ष गणेशराम थुसाको सभापतित्वमा भएको कार्यक्रममा विष्णुप्रसाद दुमरू, दिपक माक, सूर्यबहादुर फोजू, राजेश भ्वयद्योलगायतले बोल्नुभएको थियो ।
Leave a Reply