सुन र सिक्री : तिब्बतको यात्रा विवरण – २
- असार २१, २०८३
जुलाईमा बोल्शेभिक निर्वासित–समुदायको स्थिति झनै गम्भीर भयो । रुसी जनवादी मजदुर पार्टीका केन्द्रीय समितिका कैयौँ सदस्यहरूको गिरफ्तारीको फलस्वरूप त्यसको रूप बदलियो । नयाँ केन्द्रीय समितिले सम्झौताको तरिका अपनायो र एक वक्तव्य (घोषणापत्र) प्रकाशित ग¥यो । त्यसमा उनीहरूले मेन्सेभिकहरूसँग मिल्ने कुरामाथि जोड दिए । तेस्रो अधिवेशन बोलाउन वा त्यसको लागि आन्दोलन गर्न जोडदार माग ग¥यो । त्यससँगै लेनिनलाई देशबाहिर केन्द्रीय समितिको कार्य सञ्चालनबाट अलग गरियो । त्यसबखत लेनिन विदेशका मामिलामा केन्द्रीय समितिका प्रतिनिधि हुनुहुन्थ्यो । केन्द्रीय समितिका सबै सदस्यहरूको पूर्वस्वीकृतिबिना केही पनि प्रकाशित गर्नबाट उहाँलाई रोक लगाइयो । केन्द्रीय समितिले रुसमा बोल्शेभिक साहित्यको वितरणमा रोक लगायो र त्यसको सट्टा मेन्सेभिक साहित्य वितरण गर्ने माग ग¥यो । यी सबै कारणहरूले रुसमा पार्टीको काममा गडबडी उत्पन्न भयो । एकपछि अर्को सङ्घर्षको समय आरम्भ भयो । यो स्थिति जेनेभामा बस्ने सबै बोल्शेभिक सदस्यहरूको लागि एकदमै कठिन थियो । लेनिनको लागि त यो झनै धेरै कष्टप्रद थियो । उहाँले यो समस्या अरूको तुलनामा अधिक स्पष्टसँग बुझ्नुभएको थियो । यी कारबाहीहरू यस्तो समय र शक्तिको व्यर्थ ¥हास अनि रुसमा पार्टी–कार्यको विघटनको कारण बनिरहेको ठम्याइ थियो । हुन पनि देशमा क्रान्तिकारी आन्दोलनको विकासको माग हाम्रो पार्टीको समस्त शक्तिहरू एकजुट होस् भन्ने नै थियो ।
लेनिन र उहाँका निकटतम साथीहरूलाई केन्द्रीय समितिको फुटपरस्त ‘जुलाई घोषणापत्र’ को जवाफ नदिइकन छोड्न सकिँदैन भन्ने कुरा निश्चित थियो । मूलतः यसै कुराले त्यस समय जेनेभामा बस्ने बोल्शेभिकहरूको बैठक बोलाउने विचार उत्पन्न भयो । जुन पछि ‘२२ को बैठक’ नामले सुप्रसिद्ध भयो । बैठकमा लेनिनद्वारा लिखित ‘पार्टीको नाममा’ अपिलमाथि विचार–विमर्श भयो र त्यसलाई स्वीकृत गरियो । लेनिनको चरित्रको नितान्त अनुरूप नै यो अपिल पनि पार्टीमाथिको सङ्कट हटाउन तथा तमाम समस्याहरू भए पनि सही बाटो खोजिने कुरामा उहाँको अत्यधिक विश्वासले ओतप्रोत थियो ।
बैठक नगरभन्दा बाहिर जेनेभाको सीमान्तमा भएको थियो । मलाई बैठक कुन भवनमा भएको थियो त्यो त राम्रोसँग सम्झना छैन । तर, दोस्रो तलाको एउटा ठूलो हलमा भएको थियो भन्ने पक्का याद छ । मलाई बैठकमा भाग लिएका सबै मानिसहरूको नाम पनि याद छैन । जेनेभामा १९०४ को गर्मीमा विभिन्न गुप्त काम गर्ने बोल्शेभिक कार्यकर्ताहरूसँग मेरो परिचय भएको थियो । जसमा लुनाचास्र्की, बोग्दानोभ, मालिनिन, भोरोभ्स्की, कार्पीन्स्की, इल्यीन दम्पत्ति र पेर्पुखिन दम्पत्ति आदि थिए ।
उहाँहरूमध्ये को–को बैठकभन्दा पहिला वा को–को पछि जेनेभा आएर बैठकमा भाग लिनुभएको थियो भनी मैले निश्चितरूपले भन्न त सक्दिनँ । तर, बैठकमा लेनिन, क्रुप्सकाया, भ्ला.द. बोँच–बु्रयेभिच, बे.मि. बेच्किना, लेपेशीन्स्की दम्पत्ति, ल्यादोभ दम्पत्ति, पेर्पुखिन दम्पत्ति, प.अ. क्रासिकोभ, से.ई. गुसेभ र लीजा क्नुनिआत्स उपस्थित हुनुहुन्थ्यो भन्ने मलाई राम्रोसँग थाहा छ ।
‘पार्टीको नाममा’ अपिलमा सङ्कटबाट पार पाउन एकमात्र सम्भव मार्गको रूपमा तेस्रो पार्टी अधिवेशनलाई तुरून्त बोलाउने आवश्यकता माग गरिएको थियो र सङ्गठनलाई पार्टी अधिवेशन आयोजनाको लागि आन्दोलन चलाउन आह्वान गरिएको थियो । यस दस्तावेजले रुसमा बोल्शेभिक पार्टी समितिहरूको काममा महत्वपूर्ण भूमिका खेल्यो । यसले उनीहरूलाई लडाइँको लागि एउटा हतियार, तेस्रो पार्टी अधिवेशन बोलाउने आन्दोलनको लागि एउटा कार्यक्रम प्रदान ग¥यो । लेनिनको पहलमा अक्टोबरमा तेस्रो अधिवेशन बोलाउने सङ्घर्ष गर्नको लागि रुसमा बहुमतवालाको समितिहरूको एक ब्युरो बनाइयो ।
लेनिनले मेन्सेभिकहरूको पर्दाफास गर्दै उनीहरू पुँजीपति वर्गका पिछलग्गु हुन्, जसले सर्वहारा वर्गलाई पुँजीपति वर्गको अधीनमै राख्ने कोशिश गरिरहेका छन् भनी चर्को आलोचना गर्नुभयो । मेन्सेभिकहरू पुँजीपतिहरूको सेवा गर्ने जोशमा ‘सर्वहारा वर्गको साहसलाई घटाउन’ माग गर्ने हदसम्म जान सक्छन् भनी उहाँले बताउनुभयो । उदारवादी पुँजीपति वर्गसँग सम्झौता होइन, बरु सरकारमाथि सामूहिक दबाब दिनुपर्छ ।
अखबारको अभावको कारणले बोल्शेभिक सङ्गठनका कार्यमा धेरै कठिनाइ आएको थियो । रुसमा पार्टी सङ्गठनहरूको सञ्चालनमा यसको विशेष प्रभाव प¥यो । एउटा बोल्शेभिक अखबार निकाल्ने विचार लेनिन र उहाँका निकटतम साथीहरूमाथि हावी हँुदै गयो । बोल्शेभिक प्रकाशन ‘(बोँच–बु्रयेभिच र लेनिन प्रकाशन)’ ले लेनिन, ओल्मीन्स्की, बोरोभ्स्की, ल्यादोभ, बोक्दोनोभ साथै अन्य बोल्शेभिकद्वारा लेखिएका अनेक पम्पलेट रुस पठाउने हेतुले प्रकाशित ग¥यो । तर, यो पुग्दो थिएन । जरुरी थियो त नियमितरूपले निकाल्ने एउटा मुखपत्रको । जसले पार्टी सङ्गठनहरूको साथमा निकट सम्बन्ध बनाइराख्थ्यो, साथै रुसको क्रान्तिकारी जीवनमा घट्न सक्ने घटनाहरूका सम्बन्धमा तुरून्त आफ्नो राय प्रकट गथ्र्यो ।
थाकेको कारण लेनिन र क्रुप्सकाया आराम गर्न जेनेभा छोड्न बाध्य हुनुप¥यो । लगभग जुलाईको मध्यदेखि सेप्टेम्बरको मध्यसम्म उहाँहरू ‘लाक दे बे्र’ नामक तालको नजिकैको गाउँमा बस्नुभयो । स्वीजरल्यान्डका पहाडहरूमा हिँड्डुल गरिरहनुभयो । पूरा गर्मीभरि विशेषतः अगस्टमा लेनिनले जेनेभामा केन्द्रीय समितिका कार्यवाहकहरू – बाँेच–बु्रयेभिच, ल्यादोभ र लेपेशीन्स्कीसँग पत्रव्यवहारको माध्यमबाट निकट सम्पर्क बनाइराख्नुभयो । लेनिन उहाँहरूको कामको मार्गदर्शन गर्नुहुन्थ्यो र उहाँहरूमार्फत रुसका सूचना तथा डाकहरू प्राप्त गर्नुहुन्थ्यो ।
त्यस समयसम्म लेनिनको दिमागमा एउटा बोल्शेभिक अखबार निकाल्ने योजना निश्चित रूपले छाइसकेको थियो । क्रुप्सकायाले आफ्नो संस्मरणमा लेख्नुभएको छ ः “मैले र उहाँले अगस्टको महिना बोग्दानोभ, ओल्मीन्स्की र पेर्पुखिनको साथमा ‘लाक दे बे्र’ तालको नजिकै एउटा सानो एक्लो गाउँमा बितायौँ । हामीले त्यहीँ साहित्यिक कार्यको योजनाको बारेमा बोग्दानोभसँग विचार–विमर्श ग¥याँै । विदेशबाट आफ्नो निजी अखबार प्रकाशित गर्ने तथा रुसमा अधिवेशनको लागि आन्दोलन विकसित गर्ने निश्चय ग¥यौँ ।”
यही कुरालाई अर्कै शब्दमा एउटा पत्रमा भनिएको थियो, जुन मलाई अगस्ट महिनाको अन्त्यतिर लेनिन र क्रुप्सकायाले पठाउनुभएको थियो ।
लेनिनले यथाशिघ्र (सकेसम्म आजै) रुसमा हाम्रा साथीहरूलाई पत्र पठाउने आदेश दिनुभएको थियो । यसपछि उहाँका हातले लेखेको पत्रको मूल पाठ थियो, जसलाई रुस पठाउनु थियो । “कृपया तुरून्त हरेक प्रकारका पत्र–व्यवहारलाई जम्मा गर्न र ‘लेनिनको लागि’ अङ्कित गरी हाम्रो ठेगानामा डाँकबाट पठाउन सुरु गर्नुहोस् । पैसाको पनि एकदम आवश्यकता छ । घटनाहरू तीव्र भइरहेका छन् । अल्पमतवालाहरूले केन्द्रीय समितिको एक हिस्सासँग सम्भmौता गरी उथल–पुथल मच्चाउने स्पष्ट तयारी गरिरहेका छन् । हामीे खराबभन्दा खराब नतिजाको पर्खाइमा छौँ । आगामी केही दिनमा अरू ब्यहोरा आउने छ ।” लेनिनले पत्रलाई तुरून्त डाकबाट पठाउनुहोला भनी बारम्बार जोड दिइरहनुभएको थियो । पढ्दै जाँदा क्रुप्सकायाका हातले लेखिएका दस ओटा ठेगानाहरू थिए, जहाँ पत्रहरू पठाउनु थियो । अन्तमा पुनश्चः लेखी लेनिनले जोड्नुभएको थियो ः “…र हाम्रा ती सबै मित्रहरूको ठेगानामा जसमाथि पूरा विश्वास गर्न सकियोस् ।” स्पष्टतः लेनिनले नयाँ बोल्शेभिक अखबारको सामग्रीको लागि यी पत्रव्यवहार जम्मा गरिरहनुभएको थियो । अखबार धन अभावको कारणले निकाल्न सकिरहेको थिएन । तर पनि नोभेम्बर महिनामा बाँेच–बु्रयेभिचले कुनै एउटा फ्रान्सेली कम्पनीसँग उधारोमा कागज उपलब्ध गराउने र छपाउने सम्झौता गर्न सफल हुनुभयो । ल्यादोभले तत्काल हुने खर्चका लागि केही धन जुटाउनुभयो । यसबाहेक विदेश तथा रुसमा अखबारको बिक्रीबाट धन प्राप्त हुने आशा थियो ।
यी सारा कुराहरूले अखबारलाई कामकाजी, व्यवहारिक ढङ्गले निकाल्न सम्भव बनाए । यी कुराहरूलाई ध्यानमा राख्दै १९०४ को डिसेम्बरको सुरुमा जेनेभामा बोल्शेभिक दलको एउटा बैठक भयो । नयाँ अखबारको प्रकाशनको बारेमा अन्तिम फैसला गरियो । ‘व्पेर्योद’ (अगाडि बढ) नाम सर्वसहमतिले स्वीकृत भयो । लेनिनद्वारा प्रस्तुत घोषणाका मूलपाठलाई स्वीकृत गरियो । यसबाहेक, सम्पादकीय प्रश्नहरूलाई तय गरियो र एउटा सम्पादन–मण्डल गठन गरियो । जसमा लेनिन, बोरोभ्स्की, ओल्मीन्स्की र लुनाचास्र्की हुनुहुन्थ्यो । बैठकमा उत्साह र जोशको वातावरण थियो, किनकि धेरै दिनपछि अन्ततः केही ठोस काम हुन लागेको थियो । म पनि त्यो बैठकमा उपस्थित थिएँ र लेनिनको त्यो सुखमय उत्तेजनालाई हेर्ने अवसर पाएँ । उहाँ एकदमै उत्तेजित हुनुहुन्थ्यो । यस्तो मनोदशा उहाँको मात्र थिएन, हरेकले आफ्नो शिरको बोझ हटेको महसुस गरिरहेजस्तो लागिरहेको थियो ।
‘व्पेयोर्द’ नामक अखबारले पुरानो लेनिनवादी ‘इस्क्रा’ को नीतिलाई जारी राख्यो । यसले तेस्रो पार्टी अधिवेशन बोलाउने सङ्घर्षमा योगदान ग¥यो । रुसमा कार्यरत गुप्त बोल्शेभिक सङ्गठनहरूको नेतृत्वमा बोल्शेभिकहरू र मेन्सेभिकहरूका मतभेदको प्रकृति वा सैद्धान्तिकतालाई बुझाउन महत्वपूर्ण भूमिका निभायो । २४ डिसेम्बर १९०४ मा लेनिनले म.म. एस्सेनलाई लेख्नुभएको थियो, “अब हामीहरूमा ठूलो उत्साह जागेको छ र सबैजना व्यस्त छन् । हिजो हाम्रो अखबार ‘व्पेर्योद’ प्रकाशनको घोषणा गरियो । सारा बोल्शेभिकहरूले खुसियाली मनाइरहेका छन् । औधी प्रोत्साहित पनि भएका छन् । आखिरीमा, हामीले यस दुष्ट कलहलाई कुल्चिदिएका छौँ । हामी अब ती मानिसहरूसँग मिलेर काम गर्नेछौँ जसको इच्छा झगडा गर्ने होइन, काम गर्नेछ ।
‘पार्टीको नाममा’ अपिलको स्वीकृतिबाट बोल्शेभिकहरूको मनोबल त अवश्य बढ्यो, तर यसबाट तनाव भने सकिएन । मलाई एउटा सभा सम्झनामा आउँछ, जुुन बोल्शेभिकहरूद्वारा बोलाइएको थियो । त्यसमा एउटा रिपोर्ट पढ्नु थियो । त्यो सभा झगडा–कोलाहलमै सकियो । मेन्शेभिकहरूले कार्यक्रममा बाधा उत्पन्न गरी हाम्रो सन्दुक खोस्ने कोशिश गरे । हामीले घृणापूर्वक सभा छोड्यौँ । त्यसपछि म, क्रासिकोभ, गुसेभ र अन्य साथीहरू औधी उत्तेजित, क्रोध र आवेशले भरिएर बिहानसम्म जेनेभाको सडकमा यता–उता घुमिरह्यौँ ।
लेनिनले बोल्दै गरेको मैले जेनेभामा अन्तिम चोटि तब सुनेकी थिएँ, जब कफे काजेर्नेमा उहाँले ‘जेम्स्त्भो सङ्घर्ष र ‘इस्क्रा’–योजना’ शीर्षकको आफ्नो रिपोर्ट पढ्नुभएको थियो । प्रवेश–टिकटमा निम्नलिखित विवरण छापिएको थियो ः “कफे काजेर्ने । समयः साँझ साढे आठ बजे । प्रवेश–टिकट नम्बर १२ । कामरेड लेनिनको रिपोर्ट सुन्नका लागि । विषय ः ‘जेम्स्त्भो सङ्घर्ष र ‘इस्क्रा’–योजना’ । प्रवेश–केवल यो टिकटअनुसार । प्रवेश शुल्क ः २० सैन्टीम । बोल्शेभिक रिपोर्ट आयोजन–ब्युरो । सभाध्यक्षः भ्ला.ब्रोँच–बु्रयेभिच । जेनेभा ।”
आफ्नो रिपोर्टमा लेनिनले ‘इस्क्रा’ का सम्पादकहरूद्वारा पार्टी सङ्गठनहरूको नाममा (पार्टी सदस्यहरूको लागि) लेखिएको त्यस पत्रको चर्को आलोचना गर्नुभयो, जुन १९०४ को नोभेम्बरमा प्रकाशित भएको थियो । त्यस पत्रमा मेन्सेभिकहरूले कानुन माग गर्ने उदारवादी पुँजीपति वर्गलाई प्रभावित गर्न राजनीतिक सङ्घर्ष चलाउने एउटा योजना नै प्रस्तुत गरेका थिए । यो योजनामा उदारवादी पुँजीपति वर्गलाई प्रोत्साहन प्रदान गर्न मजदुरहरूको सार्वजनिक प्रदर्शन सङ्गठित गरौँ भनी मेन्सेभिकहरूले भनेका थिए । उनीहरूले क्रान्तिकारी माग पूरा गर्न मजदुर प्रदर्शनको समर्थन गर्नुको सट्टा उदारवादी संवैधानिक आन्दोलनको समर्थन गर्ने सुझाव दिए ।
लेनिनले मेन्सेभिकहरूको पर्दाफास गर्दै उनीहरू पुँजीपति वर्गका पिछलग्गु हुन्, जसले सर्वहारा वर्गलाई पुँजीपति वर्गको अधीनमै राख्ने कोशिश गरिरहेका छन् भनी चर्को आलोचना गर्नुभयो । मेन्सेभिकहरू पुँजीपतिहरूको सेवा गर्ने जोशमा ‘सर्वहारा वर्गको साहसलाई घटाउन’ माग गर्ने हदसम्म जान सक्छन् भनी उहाँले बताउनुभयो । उदारवादी पुँजीपति वर्गसँग सम्झौता होइन, बरु सरकारमाथि सामूहिक दबाब दिनुपर्छ । यसरी लेनिनले सर्वहारा वर्गको सङ्घर्षका तात्कालिक उद्देश्यहरू निर्धारित गर्नुभयो । जीवनले छिट्टै लेनिनको चेतावनी कति सही थियो भनी सिद्ध ग¥यो । उदारवादी पुँजीपति वर्ग १९०५–१९०७ को क्रान्तिमा आफ्नो मुखौटो खोलेर प्रतिक्रान्तिकारी शक्तिको रूपमा अगाडि आयो । लेनिनले आफ्नो रिपोर्ट धेरै भावुक हुँदै पढ्नुभयो । उहाँले मेन्सेभिकहरूको साँचो कर्तुत छरपस्ट पार्नुभयो । उहाँ रिसले चुर हुनुभएको थियो । उहाँको रिपोर्टलाई पम्पलेटको रूपमा प्रकाशित गरी रुसमा पठाइयो ।
अन्ततोगत्वा हामी सबैको खुसीसँगै ‘व्पेर्योद’ को पहिलो अङ्क ४ जनवरी १९०५ मा निस्कियो । मैले आफ्नो प्रति त्यस समय पाएँ, जब म पेरिसमा थिएँ ।
डिसेम्बर १९०४ मा लेनिनले क्रासिकोभलाई त्यहाँका रुसी बोल्सेभिकहरूलाई एकजुट गर्न पेरिस पठाउनुभएको थियो । उहाँलाई दलको सचिव नियुक्त गरिएको थियो । करिब दुई हप्तापछि म पनि पेरिस गएँ । पहिला–पहिला त म पेरिसलाई देखेर अक्क न बक्क भएँ । विशालनगर, सडकमा जीवनको चहलपहल, त्यहाँका अनेक ऐतिहासिक स्मारक तथा सङ्ग्रहालय, लुब्र र लक्जेम्बर्ग, कला–कक्षमा चित्रकला र मूर्तिकलाको प्रदर्शनी’ यी सबै कुरा नयाँ र मनमोहक थिए । तर, छिट्टै मेरा प्रारम्भिक धारणाहरू कमजोर भए । विशाल तथा चहलपहलयुक्त सहरले मेरो मनमा एक प्रकारको रिक्तता र उदासीको भावना भरियो । रुसी निर्वासितहरूको समुदाय सानो थियो । पुराना साथीहरूमध्ये फितालोभ हुनुहुन्थ्यो । उहाँले पेरिसमा धेरै वर्ष बिताउनुभएको थियो । युवाहरूमा मलाई साथीहरू बेर, इनबेर, नाद्या सेभेलिना र राचेल रिभ्लीनको मात्र सम्झना छ ।
जेनेभामा सङ्गठनात्मक सङ्घर्ष जित्न कठिन थियो । तर, पेरिसमा त्यति कठिन थिएन । त्यहाँ मेन्सेभिकहरूसँग मुठभेड पनि कम हुन्थ्यो । तर जेनेभामा जति रुसी क्रान्तिकारी जीवनको धड्कन महसुस हुन्थ्यो, त्यति पेरिसमा हँुदैनथ्यो । यहाँ लेनिन नहुनुभएकोले पनि हुनसक्छ ।
पेरिस गएपछि जेनेभासँगको हाम्रो सम्बन्ध मरिया इल्यीनिच्नासँग हुने गरेको पत्र–व्यवहारले कायम राख्थ्यो । उनी विस्तारपूर्वक लेख्थिन् । हामीलाई रुसबाट प्राप्त सूचनाहरू पठाउँथिन् र जेनेभामा के भइरहेको छ, बताइरहन्थिन् । उनले हामीलाई साहित्य पनि पठाउँथिन् । जसमा जेनेभाका बोल्शेभिक प्रकाशनद्वारा निकालिएका पम्पलेट साथै पेरिस समूह तथा रुसमा पठाउनको लागि ‘खामहरूमा’ ‘व्पेर्योद’ अखबारका प्रतिहरू हुन्थे । समय–समयमा कुनै साथीले जेनेभाबाट साहित्य र विभिन्न चीजहरू (कार्टुनहरू पनि) लिएर आउँथे, जसको पछाडि डाकद्वारा रुस पठाउनको लागि छापिएको बोल्शेभिक सामग्री भनी चलाखीपूर्वक टाँसिएको हुन्थ्यो । यो सारा सामग्रीहरू ती दिनमा चुरोटको कागजजस्तो एकदम पातलो कागजमा छापिन्थ्यो, यसैले ती सामग्रीलाई रुसमा पठाउन धेरै सजिलो हुन्थ्यो । पेरिस आइरहने साथीहरूमा बोरोभ्स्की, बोँच–बु्रयभिच, लुनाचास्र्की, एरसेन आदि हुनुहुन्थ्यो ।
जनवरी वा फेबु्रअरी १९०५ मा मलाई लेखेको एउटा पत्रमा मरिया इल्यीनिच्नाले “रुसमा कैयौँ पार्टी सङ्गठनहरूको स्थिति खासै राम्रो छैन्, आशा छ ‘व्पेर्योद’ मार्फत स्थिति बदलिने छ” भनी खबर दिएकी थिइन् । उनले अगाडि लेखेकी थिइन्, “धेरै मानिसहरूलाई रुसमा पठाउन जरुरी छ । केही धन प्राप्तिको पनि आशा छ, तर अहिलेसम्म केही पनि जुटेको छैन ।”
“भनिन्थ्यो, पिटर्सबर्गमा करिब १७ जना मेन्सेभिकहरू पक्रिएका छन् । ओदेस्सामा काम राम्रै चलिरहेको छ । अब “काका” (लि.मि.क्लिपोभिच) त्यहीँ हुनुहुन्छ । त्यहाँ १४ जना मेन्सेभिकहरू पुगेका छन् । “काकाले आठजना मानिसहरूको एउटा प्रचार दल बनाउनुभएको छ । जसमा चार जना बोल्शेभिक र चार जना मेन्सेभिकहरू छन् । तर, अब फुटको कारण अलग–अलग बोल्शेभिक र मेन्सेभिकका समितिहरू गठन हुन्छन्, सङ्केत यस्तै छ ।”
“अब यहाँ जेनेभाका स्थानीय खबरहरू ः मार्तोभले उदारतावाद र समाजवादको बारेमा एउटा रिपोर्ट पढेका थिए । त्यो एकदम खराब र अर्थहीन थियो । मानाँै, पाँच कक्षामा पढ्ने विद्यार्थीको लागि तयार गरिएको थियो । कुनै पनि प्रकारको बहस गर्न वा नयाँ ‘इस्क्रा’ को नयाँ योजनाहरूलाई बेवास्ता नगर्न खबरदारी गरिएको थियो । यहाँसम्म कि भोइनोभ (अ.वा.लुनाचास्र्की) ले बोल्ने इच्छा गराउनुभएको थियो, तर धेरै कोशिश गर्दा पनि उभिन सक्नुभएन । किनकि, त्यसमा विरोध गर्नलायक केही पनि थिएन…। हाम्रा साथीहरूले धेरै मण्डलीहरू बनाउनुभएको छ –सङ्गठनात्मक, आन्दोलनात्मक, प्रचारात्मक साथै प्राविधिक पनि । काम तीव्रगतिमा चलिरहेको छ, कार्य विवरणहरू लेखिन्छन् । अहिलेसम्मको काम त रोचक र फलप्रद छ, अगाडि के हुनेछ दैवले जानून्…”
प्रस्तुति ः आरम्भ
Leave a Reply