सन्दर्भ : प्याट्रिस लुमुम्बा जन्म जयन्ति (स्वतन्त्रताका लडाकु प्याट्रिस इमेरी लुमुम्बा – १)
- असार १९, २०८३
जेनेभा, २९ जनवरी (सिन्ह्वा) । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले विश्व समुदायलाई कोरोनाको खोप सबैलाई सर्वसुलभ हुनुपर्ने भन्ने मान्यतालाई प्राथमिकतामा राख्न आग्रह गर्नुभएको छ । उहाँले यसअघि जस्तै बिहीबार पनि महामारीको चपेटामा परेका विश्वका सबै नागरिकले खोप प्राप्त गर्न पाउनुपर्ने धारणा राख्नुभएको हो ।
उहाँले भन्नुभयो, “सन् २०२१ को हामी सबैको प्राथमिकता यो हुनुपर्छ कि कोभिड १९ विरूद्धको खोप सबैको प्राथमिकतामा पर्नुपर्छ र यो खोपको सर्वसुलभताका लागि संयुक्त राष्ट्रसङ्घले पनि आवश्यक वातावरण निर्माण गर्नेछ ।” उहाँले भन्नुभयो, “अबका कैयौँ महिनासम्म यो प्राथमिकतामा नै पर्नुपर्छ कि यो कोभिडविरूद्धको खोप सबैका लागि एक सार्वजनिक वस्तु बनाउन सक्नुपर्छ र आगामी दिनहरूमा खाँचो परेका नागरिकले सहजै र सुलभरूपमा यो खोप प्राप्त गर्न पाउनुपर्छ ।”
“विश्वका केही सीमित देशका हातमा मात्र कोभिडको खोप पुगेको छ तर गरिब तथा तेस्रो विश्वका देशहरूमा यो खोपको उपलब्धता अझै पनि गा¥हो देखिएको छ”, उहाँले भन्नुभयो । उहाँले अहिलेकै अवस्थामा विश्वका देशहरूले यसरी नै खोप कब्जा गरेर राख्ने हो भने यसले विश्वकै अर्थतन्त्रमा ९२ खर्ब अमेरिकी डलर बराबरको मूल्यको असर पार्नेछ भन्नुभयो ।
त्यसैगरी उहाँका अनुसार यसको आधाभन्दा बढी असर त विश्वका प्रमुख विकसित देशहरूमै पर्नेे देखिएको छ । त्यसैले खोपको यस्तो अवस्था नल्याउन एउटै देशले धेरै डोजहरू कब्जा नगर्ने र सबैको सार्वजनिक वस्तुका रूपमा उपलब्ध गराउने नीति बनाउनुपर्ने उहाँले सुझाउनुभयो ।
गुटेर्रेसले लगाएका कोरोनाको खोप
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार कोरोना भाइरसविरूद्ध खोपको पहिलो डोज लगाउनुभएको छ । संयुक्त राष्ट्रको आधिकारिक वेबसाइटमा प्रकाशित एक रिपोर्टले सो कुराको जानकारी दिएको छ ।
गुटेर्रेसले आफ्नो ट्वीटरमार्फत आफू भाग्यशाली र कृतज्ञ भएको बताउँदै सो कुराको जानकारी गराउनुभएको छ । उहाँले अन्तर्राष्ट्रिय समुदायलाई यो खोप सबैको लागि यथोचितरूपमा उपलब्ध गराउन सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ ।
“यस महामारीबाट हामी कोही पनि सुरक्षित छैनौँ, त्यसैले हामीले विश्वका जति देशलाई यो महामारीले सताएको छ त्यहाँ यो खोप पुगोस् भनी कामना गर्दछौँ”, गुटेर्रेसले लेख्नुभएको छ । उमेरका आधारमा खोप लिन आफू योग्य भएको पनि ७१ वर्षीय गुटेर्रेसले बताउनुभएको छ । न्युयोर्कका ६५ वर्षभन्दा माथिका बासिन्दाहरूलाई यो खोपको पहिलो चरणमा समावेश गरिएको छ । यस खोप अभियानमा विद्यालयका कर्मचारीहरू पनि समावेश भएका छन् । प्रतिक्रियाकर्ताहरू, सार्वजनिक ट्रान्जिट काम गर्नेहरू र किराना पसलमा काम गर्ने कामदारहरू पनि यो खोप अभियानमा समावेश गरिएको सो रिपोर्टले जनाएको छ ।
उहाँले गत महिनामात्र यो खोप आफूले पनि लिने भनी घोषणा गर्नुभएको थियो । वृद्धवृद्धाहरूका लागि खोप झन् असुरक्षित हुन्छ कि भन्ने त्रास रहेकोले उहाँले आफूले खोप लिने घोषणा गर्नुभएको हो ।
Leave a Reply