भर्खरै :

शोभा प्रधानको स्मृति सभा तथा अन्तरक्रिया कार्यक्रम 

शोभा प्रधानको स्मृति सभा तथा अन्तरक्रिया कार्यक्रम 
भक्तपुर, १७ असार । नेपाल क्रान्तिकारी महिला सङ्घ १ वडा सल्लाघारी प्रारम्भिक समितिको आयोजनामा शोभा प्रधानको चौथो स्मृति सभा तथा अन्तरक्रिया कार्यक्रम बुधबारभयो ।
उक्त कार्यक्रममा नेपाल क्रान्तिकारी महिला सङ्घका रामेश्वरी राजलवटले शोभा प्रधानको जीवनीबारे प्रकाश पार्नुभएको थियो । उहाँले देश र जनताको सेवामा निरन्तर लागेर विशेष गरी भक्तपुरका तल्लो वर्गका महिला दिदी बहिनीहरूलाई शिक्षित बनाउने र आफ्नो स्वास्थ्यप्रति विशेष ध्यान दिनको लागि घच्घच्याउने शोभा प्रधानबाट हामीले धेरै सिक्नु आवश्यक छ भन्नुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय कोषाध्यक्ष भई शोषित पीडित वर्गलाई माथि उठाउनुको निम्ति सधैँ अग्रसर भई लागिरहने शोभा प्रधानको योगदानबारे उहाँले चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “महिला दिदी बहिनीहरूलाई लाग्ने विभिन्न रोगबारे थाहा नहुने र रोग लुकाइराख्ने बानीले भविष्यमा स्वास्थ्यमा समस्या आउने भएकोले महिला रोगबारे सचेत गर्न उहाँ सधैँ लागिरहनु हुन्थ्यो ।”
नेपाल क्रान्तिकारी महिला सङ्घ भनपा १ सल्लाघारी प्रारम्भिक समितिका संयोजक शिवलक्ष्मी दुवालले २०४५ सालमा राज्यस्तरबाट रचिएको भक्तपुर काण्डको बेला शोभा प्रधानले महिला दिदी बहिनीहरूलाई सङ्गठित र सचेत पु¥याउने काम गरेको उहाँले बताउनुभयो । कार्यक्रममा रेणु राजलवटले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *