तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, १७ माघ । ‘श्रमिक’ साप्ताहिकको २८ औँ, ‘मजदुर’ दैनिकको २३ औंँ र ‘अनलाइन मजदुर’ को पाँचौँ वार्षिकोत्सव कार्यक्रम अन्तरक्रियात्मकरूपमा शनिबार ख्वप इन्जिनियरिङ्ग कलेजको सभाहलमा सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छँे (रोहित) ले शोषित पीडित कामदार वर्गको हितमा गरिने पत्रकारिता सजिलो नभएको उल्लेख गर्दै ‘श्रमिक’ साप्ताहिक, ‘मजदुर’ दैनिक र ‘अनलाइन मजदुर’ लाई अझ परिष्कृत र व्यापक पार्न शुभेच्छुक सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
विज्ञान र प्रविधिको क्षेत्रका नयाँ आविष्कारहरूलाई देश र जनताको हितमा प्रयोग गर्नुपर्ने चर्चा गर्दै उहाँले व्यापक जनताको सेवाबाहेक नेमकिपाको कुनै अर्को स्वार्थ नभएको स्पष्ट पार्नुभयो ।
निःस्वार्थी निडर हुने तथ्य औँल्याउँदै अध्यक्ष रोहितले भन्नुभयो, “हामीले निःस्वार्थी भएर देश र जनताको हितका लागि काम गर्ने भएकोले कुनै हिनताबोध पाल्नुपर्दैन । कसैसित डराउनुपर्दैन ।”
नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले जनताको बीचमा सही विचार पु¥याउन ‘श्रमिक’ साप्ताहिक, ‘मजदुर’ दैनिक र ‘अनलाइन मजदुर’ ले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको चर्चा गर्नुभयो ।
‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकले नेपालको राजनीतिलाई सही दिशा निर्देश गर्ने, जनताको पीडा र समस्यालाई सरकार र सम्बन्धित निकायसम्म पु¥याउने, सीमा अतिक्रमणविरुद्ध जनतालाई जागृत गर्ने काम गरिरहेको बताउनुभयो । भारतमा भाजपाको फासीवाद र काश्मीरको स्थिति, चीन–संरा अमेरिका व्यापार युद्धको वास्तविकता आदिबारे जनतालाई अवगत गराउने, कोरोना भाइरस सङ्क्रमणको ढाकछोपविरुद्ध खबरदारी गर्ने र अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययनका लागि निकै सघाउ पुग्ने सामग्रीहरू ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकले प्रकाशन गर्दै आएको उहाँले बताउनुभयो ।
उहाँले घरजग्गाको लालपुर्जा सुरक्षित राखेझैँ महत्वपूर्ण विचार सामग्री छापिएका पत्रपत्रिका पनि सुरक्षित राख्ने बानी विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपालमा साम्राज्यवाद र विस्तारवादविरुद्ध तथा प्रतिक्रियावादी नीति र गतिविधिविरुद्ध आवाज उठाइरहेको पत्रिका ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिक हुन् भन्नुभयो ।
पत्रपत्रिका या सञ्चारमाध्यम पनि वर्गीय हुने उल्लेख गर्दै उहाँले कामदार वर्गका जनताको हितको पैरवी, मजदुर र किसान आन्दोलन दबाउने प्रतिक्रियावादी कदमको विरोध, वर्गशत्रुलाई वैचारिकरूपमा प्रहार गरी घाइते बनाउने काम ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकले गर्दै आएको बताउनुभयो ।
आस्थाका पत्रिकाहरूको निरन्तर प्रकाशन आफैमा चुनौती हुने औँल्याउँदै उहाँले पत्रिकाको ग्राहक बढाउने र सहयोग जुटाउनेतर्फ संलग्न र शुभेच्छुक सबैको ध्यान जानुपर्छ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं काभे्र जिल्ला समितिका अध्यक्ष कृष्णकुमार वैद्यले पत्रपत्रिका अध्ययन गराउन पत्रिका वितरण गर्ने कार्यका साथै पाठकमाझ अन्तरक्रिया कार्यक्रमहरू पनि गरिनुपर्छ भन्नुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य बजिरसिं विकले कामदार वर्गको हितको आवाज उठाउने ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिक क्रान्तिकारी पत्रिका भएको बताउँदै भेरी–कर्णालीमा कम्युनिस्ट सिद्धान्त र विचार पु¥याउने काम पत्रिका ‘श्रमिक’ साप्ताहिकले गरिरहेको छ भन्नुभयो । उहाँले हवाई यातायातको अनियमितता, सडक यातायातका सवारी साधनको कमी र भौगोलिक जटिलताले दुर्गम क्षेत्रमा जनतामाझ मागअनुसार पत्रिका पु¥याउन नसकिरहेको प्रस्ट पार्नुभयो ।

नेमकिपाका अर्का केन्द्रीय सदस्य एवम् काठमाडौँ जिल्ला अध्यक्ष नारायण महर्जनले कामदार वर्गका जनतालाई राजनीतिक र सामाजिक चेतना दिएर सङ्गठित गर्ने काम यी पत्रिकाहरूले गरिरहेका छन् भन्नुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशसभा सदस्य सृजना सैंजूले बाग्मती प्रदेश सरकारमा तीन वर्षसम्म बसेर भर्खरै राजीनामा दिई निक्लेका पूर्वमन्त्रीले सरकारले तीन वर्षमा केही पनि नगरेको भनी दिएको अभिव्यक्तिले सरकारको अवस्थालाई उदाङ्गो पारेको छ भन्नुभयो ।
उहाँले विभाजित सत्ता पक्ष नेकपा र प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसका नेता र सांसदहरूमा देश र जनताको चिन्ता नभएको बरु आफ्नो तत्कालीन लाभ र भविष्यबारे मात्र चिन्ता रहेको तिनीहरूका अभिव्यक्ति र व्यवहारले पुष्टि गरेको चर्चा गर्नुभयो ।
कार्यक्रममा लेखक एवम् इन्जिनियर राजदास श्रेष्ठले अध्ययनको क्रममा सोभियत सङ्घमा बस्दाको अनुभवबारे प्रकाश पार्दै समाजवादी व्यवस्था जनताको लागि स्वर्गसरि रहेको र पुँजीवादी व्यवस्था नर्कतुल्य भएको बताउनुभयो ।
लेखक एवम् शिक्षक योगेन्द्रमान बिजुक्छँेले ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकले देशको राजनीति, अन्तर्राष्ट्रिय राजनीति, राष्ट्रिय इतिहास, साहित्य र संस्कृतिबारे गहन लेख–रचना प्रकाशन गरी पाठकहरूलाई बुद्धिजीवीकरण गरिरहेको छ भन्नुभयो ।
नेपाल प्राध्यापक समाजका डा. राजुभाइ त्यातले ‘मजदुर’ दैनिकमा प्रकाशित लेख रचनाहरूको विश्लेषण गर्दै पत्रिकाले धेरै सकारात्मक विचार पाठकमाझ पु¥याउने कार्य गरिरहेको छ भन्नुभयो ।
ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठले पुँजीवादी सञ्चारमाध्यमले झूटा प्रचारका आधारमा निर्माण गरेको गलत धारणा भत्काउने कार्यमा ‘श्रमिक’ साप्ताहिकमा प्रकाशित लेख रचनाले सहयोग पु¥याइरहेको चर्चा गनुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले ‘श्रमिक’ साप्ताहिकका सम्पादकीय लेखले देश र विदेशको राजनीतिक स्थितिबारे स्पष्ट पार्दै देशलाई मार्गनिर्देश गरेको बताउनुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले ‘अनलाइन मजदुर’ का पाठकहरूको सङ्ख्या निरन्तर वृद्धि भइरहेको विश्लेषण गर्दै ‘मजदुर’ दैनिक र ‘श्रमिक’ साप्ताहिकलाई व्यापक पाठकमाझ पु¥याउने कार्य यसले गरिरहेको बताउनुभयो ।
‘श्रमिक’ साप्ताहिकका कार्यकारी सम्पादक अनुराधा थापामगरको सभापतित्वमा भएको कार्यक्रममा ‘मजदुर’ दैनिकका सम्पादक विष्णुगोपाल कुसी र प्रकाश थुसाले पनि बोल्नुभएको थियो ।
Leave a Reply