भर्खरै :

९९ चोक क्षेत्रको पर्यटक शौचालय पुनः निर्माणबारे

९९ चोक क्षेत्रको पर्यटक शौचालय पुनः निर्माणबारे
भक्तपुर नगरपालिकाको दरबार क्षेत्र र टौमढी क्षेत्रमा अचेल स्वदेशी तथा विदेशी पर्यटकहरूको घुइँचो लाग्ने गरेको छ । पर्यटकको घुइँचोले त्यहाँ शौचालयको कमी धेरैले अनुभव गर्ने गरेका छन् ।
गत भदौ २४ को उपद्रोमा सिलु महादेवको उत्तरतिरको शौचालयमा उपद्रोहीहरूले आगजनी गरी माथिल्लो तला ध्वस्त पारेका थिए । हाल सो शौचालय जगैदेखि भत्काएर पुनः निर्माण कार्य सुरु गरिएको छ ।
नगरपालिकाको आव २०८३/०८४ को बजेट वक्तव्यमा सम्पदा र संस्कृति संरक्षण शीर्षकमा ‘… गरिने’ भनी स्पष्ट उल्लेख गरिएको छ । सम्पदा र सांस्कृतिक संरक्षण खण्डको अर्को बुँदामा ‘भक्तपुर दरबार क्षेत्रमा रहेका ऐतिहासिक ९९ चोकहरूको उत्खनन र पहिचान कार्यलाई निरन्तरता दिने…’ कुरा उल्लेख छ ।
९९ चोक क्षेत्रभित्र जिल्ला प्रशासन कार्यालय, शारदा मावि, तुलाछेँ क्षेत्र, विद्यार्थी निकेतन मावि, पद्म मावि आदि पनि पर्ने प्रारम्भिक अनुमान छ । सायद यही कारण २०७२ को भूकम्पले क्षति पुगेको दरबार क्षेत्रको स्कूल (शारदा बाहेक) आजसम्म अरु पुनः निर्माण हुन सकेको छैन । तर, शौचालय पुनः निर्माण कार्य आधुनिक प्रविधि प्रयोग गरी बनाउँदै छ । यस कार्यले भक्तपुरमा नगरपालिकाबारे विभिन्न टीकाटिप्पणी सुरु भएको छ । ९९ चोक क्षेत्रभित्र आधुनिक प्रविधि प्रयोग गरी शौचालय बनाउन मिल्छ कि मिल्दैन ? यसबारे सामाजिक सञ्जालमा प्रचार भइरहेको छ । शारदा मावि मौलिक शैली प्रयोग गरी पुनः निर्माण हुन सम्भव भए सानो एक–दुईतले शौचालय किन त्यसरी नै नबनाउने ?
यसबारे पुनः विचार गरी मौलिक शैलीमै शौचालय पुनः निर्माण गर्नुपर्ने नगरवासीको आवाजतर्फ नपाको ध्यान जाओस् !
– भक्तपुरबासी

Leave a Reply

Your email address will not be published. Required fields are marked *