भर्खरै :

इरानी विश्वकप टोलीमाथिको व्यवहारले पश्चिमा र फिफाको दोहोरो चरित्र पर्दाफास भएको छ !

इरानी विश्वकप टोलीमाथिको व्यवहारले पश्चिमा र फिफाको दोहोरो चरित्र पर्दाफास भएको छ !
(इरानको फूटबल कप्तानलाई एलजीबीटी अधिकारको बारेमा सोधिएको थियो । त्यसो भए, अमेरिकी टोलीका कप्तानलाई किन मिनाबको कन्या विद्यालयमा अमेरिकी बम आक्रमणको बारेमा सोधिएन ?)
चलिरहेको २०२६ विश्वकपमा आफ्नो दोस्रो खेलपछि इरानी फूटबल टोलीले लस एन्जलस छोड्दा उनीहरूले आफ्नो लकर कोठामा ‘आतिथ्य सत्कार’ को लागि सो सहरलाई धन्यवाद दिँदै हस्तलिखित नोट छोडे । इरानी शिष्टाचार प्रसिद्ध छ; तर फिफा र विश्वकप आयोजक देशमध्ये एक संयुक्त राज्य अमेरिकाले इरानी राष्ट्रिय टोलीलाई गरेका व्यवहार हेरेर सोच्दा ‘आतिथ्य’ भन्ने शब्द दिमागमा आउँदैन । राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मार्चमा इरानी टोलीलाई स्वागत गर्दै उनीहरूको ‘जीवन र सुरक्षा’ मा सम्भावित खतराहरू उद्धृत गर्दै प्रतियोगितामा इरानको सहभागिता ‘उपयुक्त’ नभएको बताएका थिए । यतिमात्र नभई उनको प्रशासनले सकेसम्म धेरै भिसाहरू पनि अस्वीकार ग¥यो । टोलीलाई प्रत्येक खेलपछि तुरुन्तै अमेरिका छोड्न बाध्य पार्यो र उनीहरूलाई सीमापार मेक्सिकोमा बस्न बाध्य पार्यो । सुरुमा त खेलको २४ घण्टा अघिमात्र महान् संयुक्त राज्य अमेरिकामा प्रवेश अनुमति दिइयो । परम्परागत रूपमा लस एन्जलस स्टेडियममा भएको दुई खेलअघि इरानी राष्ट्रिय गान बज्दा, भीडका केही भागहरूले गिज्याए ।
प्रत्येक पत्रकार सम्मेलनमा, खेलाडीहरूलाई साझा–सजिला प्रश्न गर्दै आफ्नो करियर बिताएका पत्रकारहरूले इरानी कप्तान मेहदी तारेमीलाई सकेसम्म घृणित रूपमा प्रश्न सोध्ने निश्चित गरे, इजिप्टविरूद्धको १–१ को बराबरीपछि उनलाई सोधे कि एलजीबीटी मानिसहरूलाई समर्थन गर्छन् कि गर्दैनन् भनेर । “हामी सबै एलजीबीटी मानिसहरूलाई सम्मान गर्छौँ,” तारेमीले जवाफ दिए र पत्रकारले भर्खरै सकिएको फूटबलको वास्तविक खेलको बारेमा कुनै प्रश्न छ कि छैन भनेर सोचे होलान् । कसैले केवल अनुमान गर्न सक्छ : कि फ्रान्सेली कप्तान केलियन एमबाप्पेलाई इमानुएल म्याक्रोनले फ्रान्सेली अर्थतन्त्रलाई ठप्प पारेको बारेमा प्रश्न गरिएको थियो ? के अस्ट्रियाली कप्तानलाई आफ्नो देशको अति–दक्षिणपन्थी राजनीतिज्ञहरूप्रतिको प्रेमको बारेमा प्रश्न गरिएका थिए ? के अर्जेन्टिनाको टोलीका कप्तानलाई जेभियर मिलेइ किन यति अनौठो छ भनेर जवाफ दिन बाध्य पारियो ? तिनीहरूलाई यस्तो सोधिएन । के अमेरिकी कप्तानलाई गाजामा इजरायलको नरसंहारको लागि उनको देशले गरेको आर्थिक सहयोगको बारेमा सोधिएको थियो ? वा ट्रम्पको इरानविरुद्धको युद्धको पहिलो दिन फेब्रुअरी २८ मा मिनाबमा १६८ बालिकाको मृत्यु हुने गरी भएको केटीहरूको विद्यालयमा बम आक्रमणका बारेमा सोधिएको थियो ? थिएन ? कस्तो आश्चर्य !
मलाई त्यसबेलाको याद छ जब अमेरिकी सेलिब्रेटीहरू र बेलायती पण्डितहरूले कतारले विश्वकप आयोजना गर्नेबारेमा होहल्ला गरी रोइलो गरेका थिए । 
निर्लज्ज अन्याय
यो केवल खेलकुद अधिकारीहरूको सम्पूर्ण प्रतिनिधिमण्डललाई आयोजक देशमा बस्नबाट निषेध गरिएको कुरा मात्र थिएन । त्यो हो सोध–खोज । ७ घण्टाभन्दा बढी समयसम्म खेलाडी र अधिकारीहरूलाई खानतलास गर्नु, हिरासतमा राख्नु । प्रत्येक खेलका लागि मेक्सिकोबाट अमेरिका र खेलपश्चात् अमेरिकाबाट मेक्सिकोतर्फ जानु–फर्कनुपर्ने बाध्यता । सबैभन्दा नराम्रो पक्ष भनेको स्पष्ट रूपमा धाँधलीपूर्ण रेफ्रीको निर्णय हो ।
इरानले शनिबार बिहानको समूह चरनको तेस्रो तथा अन्तिम खेलमा लगभग अन्तिम मिनेटमा इजिप्टविरूद्ध गोल ग¥यो, तर रेफ्रीले यसलाई अस्वीकार ग¥यो । विवादित भार (VAR : भिडियो एसिस्टेन्ट रेफ्री) को सहयोगमा डी बक्समा गोलकिपर र रक्षात्मक खेलाडी हुँदा पनि खुट्टाको केही सेन्टिमिटर भाग अगाडि देखाएर अफ्साइड भएको भनी गोललाई मान्यता दिइएन ।
आइतबार बिहानीको अस्ट्रिया र अल्जेरियाको खेलमा पनि एकदमै अप्रत्याशित हास्यास्पद तथाकथित सुन्दर खेल भयो । अस्ट्रियाले पहिलो हाफमा एक गोलको अग्रता लियो भने केही समयपछि अल्जेरियाले बराबरी ग¥यो । त्यसैरूपमा अस्ट्रियाले पुनः अग्रता लियो उत्तराद्र्धको दोस्रो हाफमा तर फेरि पनि अल्जेरियाले गोल फर्काएर बराबरी ग¥यो । दुई–दुई गोलको बराबरीमै खेल सकिनेजस्तो देखिन थालेको थियो । किनकि न त अस्ट्रिया वा अल्जेरिया आक्रामक भएर गोल हान्न आतुर देखियो । दोस्रो हाफको करिब २० देखि २५ मिनेट बल पास गर्दै आक्रामक नभई रक्षात्मक खेल मा

त्र हुन गयो । खेलको गति एक हिसाबले चुपचाप बल पास गर्दै समय सकाउनेजस्तो देखियो । तर, नब्बे मिनेटमा अल्जेरियाले एकाएक खेल परिवर्तन गरी एक गोल पुनः हान्यो । इरानका लागि यो एउटा चमत्कारी वरदान साबित हुँदै थियो किनकि यो खेल बराबर हुँदा दुवै टीम (अस्ट्रिया र अल्जेरिया) नकाउट चरणमा ठाउँ सुरक्षित हुन्थ्यो भने इरानको सम्भावना सकिन्थ्यो । जम्मा चार मिनेटको थप समयमा खेल जाँदै गर्दा अस्ट्रियाले फेरि आक्रामक हुँदै अल्जेरियाको क्षेत्रमा कब्जा जमाउँदै गोलपोस्टको जाली भेटाउने निरन्तर प्रयास गरिरह्यो ।
आश्चर्यको कुरा थपेको चार मिनेटको अवधि सकिसक्दा पनि रेप्र्रmीले खेल सुचारु राखे भने ९६ औँ मिनेटमा अस्ट्रियाले अप्रत्याश्ति रूपमा तोड्न नसकेको अल्जेरियाको रक्षात्मक पर्खाल तोडेर गोल हान्यो । गोलकिपरले खुट्टाले छेकेजस्तो गरे तर बल गोलपोस्ट छिर्न सफल भयो । चार मिनेट समय
थप गरिएकोमा छैठौँ मिनेटसम्म रेफ्रीले खेल खेलाउनुमा पनि प्रश्न उठेको सार्वजनिक भयो । यो सँगसँगै इरानको अघिल्ला खेल न्युजिल्यान्ड र बेल्जियमका खेलमा पनि उसको केही गोललाई अफसाइड भनी अस्वीकृत गरिएको थियो ।
यो गलत कामको लागि हजार बहाना बनाए पनि मैदान भित्र र बाहिर इरानी प्रतिनिधिमण्डल र खेलाडीहरूलाई के गरे भन्ने कुरा सारा संसारले देखे ।
इरान अर्को चरणमा पुग्नु पथ्र्यो । तर, आयोजकहरूले आफ्नो सुविधा र राजनीतिक प्रतिशोधको लागि खेलका नियमहरू र प्रतियोगिता आयोजना गर्ने सरल नियमहरू परिवर्तन गरे ।
तर जीवनमा, खेलमा जस्तै, अरूलाई जे गरियो त्यही फर्केर आफूलाई पनि त्यही हुनेछ । त्यसैले इरान, संसार तिम्रो साथमा छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *