भर्खरै :

कोभिड–१९ खोपसम्बन्धी अन्तरक्रिया कार्यक्रम

भक्तपुर, १८ माघ । भक्तपुर डाक्टर सोसाइटीको आयोजना यस सोसाइटीमा आवद्ध चिकित्सकहरूबीच हाल नेपालमा प्रयोग भएको कोभिड–१९ खोपसम्बन्धी एक अन्तक्रिया कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा डाक्टरद्वय डा. शेरबहादर पुन र डा. इन्द्रप्रसाद प्रजापतिले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा सरुवा रोग विशेषज्ञ डा. शेरबहादर पुनले कोभिड–१९ खोपसम्बन्धी विस्तृत जानकारी दिनुका साथै चिकित्सकहरूद्वारा सोधिएका विभिन्न जिज्ञासाको सरलरूपमा जानकारी दिनुभयो । अरू खोप लगाउँदा आउने सामान्य समस्या जस्तै यस खोपले पनि कसैकसैलाई सामान्य असर देखिने कुरा बताउनुभयो ।
उक्त खोप वैज्ञानिक अनुसन्धान भएर आएकोले खोप नलगाउनु भन्दा लगाउनु नै फाइदा हुने कुरा बताउनुभयो । त्यस्तै उक्त कार्यक्रममा भक्तपुरका अग्रज चिकित्सकहरू डा. किरण शाक्य, डा. इन्द्रप्रसाद प्रजापति, डा. ज्ञानकृष्ण कायस्थ, डा. अमिरबाबु श्रेष्ठ र डा. अमिला श्रेष्ठलाई यस सोसाइटीका अध्यक्ष पुण्यराम खर्बुजाले भादगाउँ टोपी र दोसला ओढाइ सम्मान गर्नुभयो । डा. आइ पी. प्रजापतिले भक्तपुरको विगतको स्वास्थ्य स्थिति र त्यसबेलाका समस्याको जानकारी गर्दै सम्पूर्ण चिकित्सकले आफ्नो जन्म स्थललाई काम गर्न प्राथमिक दिनुपर्ने बताउनुभयो । अन्तमा अध्यक्ष डा. पुण्यराम खर्बुजाले उक्त सोसाइटी गठन गर्नुको उद्देश्य र भावी कार्यक्रमबारे प्रकाश पार्नुभयो । आगामी दिनमा विभिन्न सङ्घ संस्थासँग एक आपसमा सहकार्य गरी भक्तपुरको स्वास्थ्य स्थितीलाई उकाल्ने प्रतिबद्धता गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *