भर्खरै :

कार्यकर्ता पक्राउको विरोधमा जुलुस

सुर्खेत, १९ माघ । नेमकिपाका निर्दोष कार्यकर्ता पक्राउको विरोधमा नेमकिपा सुर्खेत जिल्ला समितिले सोमबार जुलुससहित कोणसभाको आयोजना ग¥यो ।
सभामा नेमकिपा सुर्खेतका सचिव धनेन्द्र विकले पुँजीवादी व्यवस्थामा जनताका पक्षमा बोल्नेलाई हरेक बहानामा दुःख दिने र भ्रष्टाचारीहरूलाई संरक्षण गर्ने गरेको बताउनुभयो ।
नेमकिपा सुर्खेत जिल्ला सदस्य अकल रानाले ओली सरकार दलाल–भ्रष्टाचारीहरूको चङ्गुलमा फसेको बताउनुभयो ।
मालपोत कार्यालयमा भएको ढिलासुस्ती तथा पक्षपातको विरूद्धमा आवाज उठाउँदा माघ १६ गते प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको ठाडो आदेशमा नेमकिपा सुर्खेतका कार्यकर्ताहरू गोविन्दनाथ योगी, यामनाथ योगी, गंगनाथ योगी, गणेश खड्का र सेर्जु शाही पक्राउ गरी अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *