इरानका ‘केही स्थान’ मा अमेरिकी आक्रमण
- असार १५, २०८३
भक्तपुर, १९ माघ । नेपाल मजदुर किसान पार्टीको ४७ औँ स्थापना दिवसको अवसरमा नेपाल क्रान्तिकारी महिला सङ्घ भनपा ९ दत्तात्रय एकाइ समितिको आयोजनामा थाइराइड रोगसम्बन्धी अभिमुखीकरण कार्यक्रम भयो । कार्यक्रममा चिकित्सक अमर प्रजापतिले थाइराइडको समस्याबारे जानकारी दिनुभएको थियो ।
कार्यक्रममा स्थानीय वडाध्यक्ष रवीन्द्र ज्याख्वले महिलाहरू आफूले सकेसम्म अरूलाई दुःख नदिने र रोग लुकाउने गर्दा त्यसको परीक्षण ढिलो हुँदा समस्या देखिएकोले वर्षमा एकचोटि केही नभए पनि रगत र दिसापिसाब परीक्षण गर्नुपर्छ भन्नुभयो ।
उहाँले स्वास्थ्य बीमा भक्तपुरमा चालीस प्रतिशतमात्रै देखिएको तथ्याङ्कले देखाएको बताउनुभयो । उहाँले अहिले खानपान, शारीरिक कसरतको कमी, खेतीपातीको काममा आएको कमी, वातावरण र धुलो प्रदूषणले विभिन्न रोगहरू देखापरेको र मानिसहरूमा प्रतिरोधात्मक क्षमतामा कमी आएको बताउनुभयो । उहाँले भक्तपुरका जनता धुलिखेल, ललितपुर र काठमाडौँमा उपचारको लागि दौडधुप गर्नुपर्ने अवस्थालाई मध्यनजर गरी ख्वप अस्पतालको तीव्र निर्माण गरिरहेको र वडा–वडामा क्लिनिक खोल्ने योजना रहेको बताउनुभयो ।
नेक्रामहिलासङ्घ भनपा ९ दत्तात्रय एकाइ समितिका अध्यक्ष संगिता प्रजापतिको सभापतित्वमा भएको कार्यक्रममा सुलोचना छ्वाजुले पनि बोल्नुभएको थियो ।
Leave a Reply