के ‘गाँसे गुसे एकै नासे’ हो ?
- असार १५, २०८३
भक्तपुर, २० माघ । भक्तपुर ट्रक व्यवसायी प्रा. लि. को २० औँ र २१ औँ साधारणसभा उक्त संस्थाको सभाहलमा मङ्गलबार एक कार्यक्रमबीच सम्पन्न भयो । भक्तपुर ट्रक व्यवसायी प्रा. लि. भक्तपुर ट्रक व्यवसायी सङ्घको कानुनबमोजिम रुपान्तरित नाम हो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले साधारणसभाको सफलताको कामना व्यक्त गर्दै व्यवसायीहरूले व्यवसाय गर्नुका अतिरिक्त सामाजिक दायित्व पनि पूरा गर्नुपर्ने बताउनुभयो ।
उहाँले व्यवसायीहरूले मजदुरहरूको ज्याला समयमै दिनुका अतिरिक्त चालक, परिचालक र मजदुरहरूको सांस्कृतिक स्तर उठाउन पनि पहल गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
धुलो र धुवाँ प्रदूषणको कारण काठमाडौँ उपत्यका फोक्सोका रोगीहरूको थलो बनेको चर्चा गर्दै सचिव सुवालले वायु प्रदूषण घटाउन सबैले आ–आफ्नो स्थानबाट काम गर्न आग्रह गर्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “वायु प्रदूषणकै कारण फोक्सो खराबी, क्यान्सर, किड्नी, छाला, मुटु, उच्च रक्तचापको रोगको साथै हृदयघातसमेत हुने विज्ञहरूको मत रहेको छ । महिलामा गर्भ तुहिने, समय अगावै बच्चा जन्मिने, बाल मृत्यु बढ्ने र मानिसको आयु कम हुने समस्या पनि वायु प्रदूषणले भएको विज्ञहरूको मत छ ।”
उहाँले भन्नुभयो, “वायु प्रदूषण भएको ठाउँमा पर्यटकसमेत नआउने हुँदा विदेशी मुद्रा आर्जन घट्नेछ । प्रदूषणबाट सचेत स्वीडेनलगायत देशमा साइकल चढ्न जोड दिइएको छ । नेपालमा सार्वजनिक यातायात व्यवस्थित नभएको हुँदा निजी सवारी चढ्ने बढी छ । यसले देशको खर्बाैँ रुपैयाँ घाटा भइरहेको छ । काठमाडौँ उपत्यकामा ध्वनि प्रदूषण पनि बढ्दो छ । सामान्यतः घरभित्र ४५–५५ डीबी ध्वनि बढ्नु हुँदैन । ध्वनि प्रदूषणले मानिसको निद्रामा बाधा पु¥याउने, तनाव, उच्च रक्तचाप, सुनाइ, सञ्चार, कार्य सम्पादनमा बाधा पुग्नेछ । उपत्यकाका बालाजु र पाटन औद्योगिक क्षेत्रमा ७० डीबीभन्दा बढी ध्वनि प्रदूषण भएको अध्ययन छ । भक्तपुर सानो उद्योग क्षेत्र र सूर्यविनायकमा पनि मापदण्डभन्दा बढी ८० डीबी पुगेको अध्ययन छ ।”
काठमाडौँ उपत्यकामा एक लाख ४० हजार रोपनी खेतीयोग्य जग्गामा चार वटा उपसहर विकास गर्ने सरकारको योजना गलत भएको उल्लेख गर्दै उहाँले काठमाडौँ उपत्यकाभित्रको वायु तथा ध्वनि प्रदूषण, खानेपानीको अभाव, अपराधमा वृद्धिजस्ता यावत समस्याको समाधानका लागि जिल्ला सदरमुकाम र प्रदेश राजधानीमा काठमाडौँ उपत्यकामा जस्तै स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधारको विकास गरी देशको सन्तुलित विकास गरिए ध्वनि, धुवाँ र रसायन प्रदूषण नियन्त्रण गर्न मद्दत पुग्नेछ भन्नुभयो ।
केन्द्रीय सचिव सुवालले सरकारले भारतीय कम्पनी सतलजलाई तल्लो अरुण जलविद्युत् उत्पादनको जिम्मा लगाएको गलत भएको र समाचारमा आएअनुसार नेपालीलाई चीनको कम्पनीले २५ प्रतिशत निःशुल्क विद्युत् दिने बताए पनि २१ प्रतिशतमात्र निःशुल्क विद्युत् दिने सतलजलाई तल्लो अरुण जलविद्युत् प्रदान गरेको देशको हितमा छैन भन्नुभयो ।
कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले चालक र परिचालकहरूमा नागरिक भावना विकास गर्न यातायात व्यवसायीहरू पछि नपर्ने विश्वास व्यक्त गर्दै व्यवसायी स्वयमले् प्रशासनले भन्दा चनाखो भएर अनुगमन गर्नुपर्छ भन्नुभयो ।
व्यवसायीका समस्या र गुनासा सुन्न र तिनको समाधान गर्न आफू र प्रशासन तयार भएको बताउँदै उहाँले समस्याको गुनासो सम्बन्धित स्थान र अधिकारीसमक्ष नै गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर ट्रक व्यवसायी प्रालिका संस्थापक अध्यक्ष एवम् सल्लाहकार विश्वराम कवांले राज्य पक्षले यातायात व्यवसायीका समस्या र गुनासो सुनुवाइ गर्नुपर्ने बताउँदै व्यवसायीहरू पनि यही देश र समाजका महत्वपूर्ण भाग भएको बताउनुभयो । उहाँले भक्तपुर ट्रक व्यवसायी सङ्घ÷प्रालिले स्थापनाकालदेखि नै चालक, परिचालक र मजदुरहरूमा नागरिक भावना विकास गर्न र ऐननियमबारे जानकार बनाउन तालिमलगायत गतिविधि गर्दै आएको बताउनुभयो ।
भक्तपुर ट्रक व्यवसायी प्रालिका अध्यक्ष लक्ष्मीप्रसाद गोराको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वर्गीय संयोजक नविन प्रजापति, भक्तपुर उद्योग व्यवसायी सङ्घका वरिष्ठ उपाध्यक्ष शिवप्रसाद मानन्धर, प्रालिका निवर्तमान अध्यक्ष एवम् भनपा वडा नं. ८ का वडाध्यक्ष महेन्द्र खायमली, भक्तपुर इँटा उद्योग व्यवसायी सङ्घका अध्यक्ष नातिभाइ ह्योम्बालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा प्रालिका उपाध्यक्ष गणेश त्यात, सचिव कृष्णप्रसाद कोजूले पनि बोल्नुभएको थियो ।
Leave a Reply