तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
काठमाडौँ, २० माघ । नेपाल मजदुर किसान पार्टीको ४७ औँ पार्टी स्थापना दिवसको अवसरमा पार्टीद्वारा प्रकाशित पुस्तकहरूको प्रदर्शनी तारकेश्वर नगरपालिकाको लोकतान्त्रिक चोकमा मङ्गलबार भयो ।
काठमाडौँ जिल्ला समितिको आयोजनामा भएको पुस्तक प्रदर्शनीमा नेपाल मजदुर किसान पार्टी तारकेश्वर नगर समिति, नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका साथीहरूले पुस्तकको प्रदर्शनीमा सहयोग गरेका थिए । बिहान ८ बजेदेखि ४ बजेसम्मको सो प्रदर्शनीमा सयौँ स्थानीयवासीहरूले हेरेका थिए । बुधबार टोखा नगरपालिकाको बिजी महल गोँगबु चोकमा बिहान ८ बजेदेखि ३ बजेसम्म पुस्तक प्रदर्शनी हुने काठमाडौँ जिल्लाका अध्यक्ष नारायण महर्जनले बताउनुभयो ।
पार्टीका श्रद्धेय अध्यक्ष का. रोहितद्वारा लिखित पुस्तकलगायत तीन सय थरीका पार्टी प्रकाशनहरू प्रदर्शनीमा राखिएका थिए ।
Leave a Reply