भर्खरै :

पाकिस्तानले सोध्यो भारतसँग स्पष्टीकरण

इस्लामावाद, ३ फेब्रुअरी । कास्मिर क्षेत्रको पाकिस्तान–भारत सीमा (लाइन अफ कन्ट्रोल–एलओसी) मा भारतीय सेनाले युद्धविराम उल्लंघन गरेको विषयमा पाकिस्तानले एक जना वरिष्ठ भारतीय कुटनीतिज्ञलाई बोलाएर विरोध जनाएको पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ ।
पाकिस्तानी विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा सीमा क्षेत्रअन्तर्गत हटस्प्रिङ र जन्ड्रोट खण्डमा गत मङ्गलबार भारतीय सिपाहींहरूले ‘जथाभावी र बिना कारण चलाएको गोली’ ले तीन महिलासहित चार जना सर्वसाधारण घाइते भएको उल्लेख छ ।
सीमा क्षेत्र र क्रियाशील सीमामा तैनाथ भारतीय फौजले बन्दुक, भारी मोर्टार र स्वचालित हतियारहरूबाट ‘सर्वसाधारण नागरिकको बसोबास भएका क्षेत्र’लाई निशाना बनाउँदै आएको छ ।
सन् २०२१ मा मात्र भारतीय फौजले १७५ पटक युद्धविराम उल्लङ्घन गरेको र त्यसबाट आठ जना सर्वसाधारण नागरिक गम्भीर घाइते भएको वक्तव्यमा उल्लेख छ ।
पाकिस्तान र भारतले सन् २००३ मा युद्धविरामको घोषणा गरेको थियो । तथापि दुवै पक्षबीच नियमित रूपमा गोली हानाहान र एकआपसमा युद्धविराम उल्लङ्घनको आरोप–प्रत्यारोप गर्दैआएका छन् । भारतले कास्मिर क्षेत्रलाई दिंदै आएको विशेष संवैधानिक अधिकार सन् २०१९ को अगस्टमा खोसेपछि दुई पक्षबीच द्वन्द्वको घटना अझ बढेको हो । सो घटनाको प्रतिक्रिया स्वरुप भारतसँग पाकिस्तानले कुटनीतिक व्यवहारलाई तल्लो दर्जामा पु¥याएको छ । साथै भारतसँग रेल र व्यापार सम्बन्ध पनि विच्छेद गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *