भर्खरै :

नेक्राविसङ्घ सिराहा–काठमाडौँ सम्पर्क समिति गठन

काठमाडौँ, २१ माघ । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घप्रति आस्थावान काठमाडौँ उपत्यकामा अध्ययनरत सिराहा जिल्लाका विद्यार्थीहरूको एक भेला मङ्गलबार सम्पन्न भयो ।
भेलामा नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूले शिक्षा पूर्ण निःशुल्क र मावि तहसम्म अनिवार्य, निःशुल्क स्वास्थ्य उपचार, व्यक्तित्व विकासमा समान अवसर, रोजगारीको ग्यारेन्टीको लागि नेक्राविसङ्घले सङ्घर्ष गरिरहेको बताउनुभयो । नेक्राविसङ्घले भारतीय पक्षले गरेको सीमा अतिक्रमण र भारतीय एकाधिकार पँुजीको विरोध गरिरहेको बताउँदै नेपालको सार्वभौमिकता र स्वाधीनताको पक्षमा लागिरहेको स्पष्ट पार्नुभयो ।
नेक्राविसङ्घका केन्द्रीय कोषाध्यक्ष आरजीले विद्यार्थीहरू राजनीतिक घटनाक्रमबारे जानकार हुनुपर्ने बताउँदै कुसंस्कार र बेथितिको विरुद्ध सङ्गठित हुनपर्नेमा जोड दिनुभयो ।
भेलाबाट पशुपति महत्तोको अध्यक्षतामा नेक्राविसङ्घ सिराहा–काठमाडाँै सम्पर्क समिति गठन गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *