तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
काठमाडौँ, २१ माघ । नेपाल मजदुर किसान पार्टी, कीर्तिपुर नगर समितिले ‘श्रमिक’ साप्ताहिकमा प्रकाशित लेख–रचनासम्बन्धी अन्तरक्रियालाई निरन्तरता दिएको छ ।
मङ्गलबार भएको कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले कामदार जनताको सहयोगमै ‘श्रमिक’ साप्ताहिक टिकेको भन्दै यसले समाजवादी आस्था बोकेको धारणा राख्नुभयो ।
‘श्रमिक’ साप्ताहिकले समाजका अन्धविश्वास तथा अन्धपरम्परा हटाउन भौतिकवादी दर्शनको प्रचार गरिरहेको भन्दै उहाँले शासक दलका नेताहरूले मन्दिर पुगी पूजाअर्चना गर्नु धर्म निरपेक्षताविरूद्ध भएको विचार राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् काठमाडौँ जिल्ला अध्यक्ष नारायण महर्जनले बर्माको राजनीतिक अस्थिरतामा साम्राज्यवादीहरूको चालबाजी हुनसक्ने भन्दै रोहिङ्ग्या मुसलमानहरूलाई संरा अमेरिकाले उचालिरहेको धारणा राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य राजवीर डंगोलले नेमकिपाको स्थापना दिवसमा ठाउँठाउँमा भइरहेको पुस्तक प्रदर्शनीको आवश्यकताबारे चर्चा गर्नुभयो ।
रामचन्द्र महर्जनको सभापतित्वमा भएको कार्यक्रममा सानुकाजी महर्जन, विश्वक डंगोल, श्यामकुमार महर्जन, मदन श्रेष्ठ, नेल्सन महर्जनले पनि बोल्नुभएको थियो ।
Leave a Reply