भर्खरै :

महाकाली नदीमा युवक बेपत्ता

बैतडी,२७ जेठ । महाकालीमा नदीमा नुहाउने क्रममा आज एक युवक डुबेर बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा पञ्चेश्वर गाँउपालिका– १ शेरीका १८ वर्षिय रोहितसिंह घटाल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक हेरम्व शर्माले जानकारी दिनुभयो ।
भारतीय सीमाबजार जमरसिऊबाट सामान ल्याएर फर्किने क्रममा घटाल महाकालीमा डुबेर बेपत्ता भएका हुन् । उनी कुलाउ माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिए । उनको खोजी भइरहेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *