भर्खरै :

फोटो पत्रकारमाथि भएको दुव्र्यवहारबारे ध्यानाकर्षण

काठमाडौँ, २७ जेठ । कार्य क्षेत्रमा खटिएका फोटो पत्रकारमाथि दुव्र्यवहार भएको भन्दै राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मध्यपुर थिमि नगरपालिका–३ र सूर्यविनायक नगरपालिका वडा नं ३ को सिमाना भई बग्ने हनुमन्ते खोलाको बहाव परिवर्तन गरिएको कार्यको समाचार सङ्कलनका क्रममा फोटो पत्रकारप्रति दुव्र्यवहार भएको एनएफपिजेका सचिव प्रदीपराज वन्तद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
शुक्रबार राति मध्यराति डोजरले खनेर उक्त स्थानबाट बग्ने हनुमन्ते खोलाको बहाव परिवर्तन गरिएको सम्बन्धमा आज बिहान समाचार तथा फोटो सङ्कलन गर्न पुगेका पत्रकारमाथि त्यहाँ उपस्थित उश्रृङ्खल व्यक्तिले गाली गर्ने, धाकधम्की दिने, समाचार प्रकाशन गरिएमा राम्रो नहुने चेतावनी दिएको समूहले जनाएको छ ।
एनएफपिजेका जिल्ला शाखा भक्तपुरका अध्यक्ष तथा राससका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठ, क्रियाशील पत्रकार मञ्च भक्तपुरका अध्यक्ष तथा एनएफपिजे भक्तपुर शाखाका उपाध्यक्ष रमेश गिरी, नेपाल पत्रकार महासङ्घ भक्तपुरका सदस्य लीला श्रेष्ठ र मिडिया एनपी डटकमका सुदीपकुमार पौडेलसँग भएको क्यामेरा तथा मोबाइलमा कैद गरिएको फोटो तथा भिडियो डिलिट गरिएको उल्लेख गरिएको छ ।
अनलाइन खबरका फोटो पत्रकार कविन अधिकारी र करेन्ट नेपाल न्युज डटकमका फोटो पत्रकार वर्षा शाहलाई समेत फोटो खिच्दै गर्दा अभद्र व्यवहार गर्नुका साथै गालीगलौज गरेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *