भर्खरै :

उहानको समुद्री खानामा बाहिरबाट कोभिड सङ्क्रमण भएको थियो –डब्ल्युएचओ

उहान, ६ फेब्रुअरी (सिन्ह्वा) । उहानको सामुद्रिक खाना राखिएको बजारमा कोभिड–१९ को सङ्क्रमण फैलिएको अनुमान गरिएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनका विशेषज्ञ अधिकारीहरूले चीनको उहानमा पुगेर गरेको अनुसन्धानबाट यो देखिएको उनीहरूले जनाएका छन् ।
कोभिड भने अन्यत्र कतै उत्पत्ति भएको तर त्यही सामुद्रिक खाना तथा तरकारीहरूको बजारबाट यो विस्तार भएको अनुमान गरिएको विश्व स्वास्थ्य सङ्गठनका अधिकारीहरूले दिएको प्राप्त समाचारमा जनाइएको छ । चीनको उहानमा यो सङ्क्रमण फैलिएको देखिएको हो ।
हालै उनीहरूले सो क्षेत्रमा पुगेर अनुसन्धान गरेका थिए । त्यस क्रममा गरिएको अनुसन्धानबाट कोभिड यहाँको सामुद्रिक खानाहरूको बजारबाट विस्तार भएको पाइएको बताएका छन् । तर यो सङ्क्रमण अन्यत्र कतै देखिएको ती विज्ञहरूले बताएका छन् । उनीहरूले कोभिड १९ को भाइरस कहाँबाट उत्पत्ति भएको हो भन्नेबारेमा अनुसन्धान गरिरहेको बताएका छन् ।
विश्व स्वास्थ्य सङ्गठनको टीमले उहान सहरमा रहेको उहान इन्स्टिच्युट अफ भाइरोलोजीको अध्ययन गरेका थिए र उनीहरूले सो संस्थाको ल्याबको पनि अनुसन्धान गरेका थिए ।
चीनद्वारा कोभिड–१९ विरूद्धको दोस्रो खोपलाई आम प्रयोगका लागि अनुमति प्रदान
चीनका औषधि उत्पादन तथा नियमनकारी निकायले कोभिड–१९ विरूद्धको दोस्रो खोपलाई आम प्रयोगका लागि सशर्त अनुमति प्रदान गरेको छ ।
चिनियाँ सिनोभ्याक कम्पनीद्वारा विकसित उक्त कोरोनाभ्याक खोपलाई प्रयोगका लागि सशर्त अनुमोदन गरिएको कम्पनीले शनिबार जानकारी गराएको छ ।
यो खोप कोरोनाभाइरसको जोखिमको उच्च जोखिममा मुख्य समूहहरूमा पहिले नै प्रयोग गरिएको छ तर शनिबारको स्वीकृतिले आम जनतामा यसको प्रयोगको लागि मार्गप्रशस्त गरेको छ । शर्तमा क्लिनिकल परीक्षणहरू सामान्य मापदण्डहरू पूरा गर्न अझै बाँकी रहेपनि आपत्कालीन अवस्थामा यसलाई सर्वसाधारणका लागि प्रयोग गर्नसमेत खुला गरिएको छ ।
“ब्राजिल र टर्कीलगायतका देशहरूमा खोपको स्वदेश तथा विदेशमा भएका बहुमुखी परीक्षणपछि यसलाई आम जनतालाई प्रयोग गर्नका लागि स्वीकृति मिलेको छ यद्यपि प्रभावकारिता र सुरक्षा नतिजाहरूबाट यस खोपबारे थप अध्ययन अघि बढ्नु आवश्यक रहनेछ,” सिनोभ्याकले एक विज्ञप्ति जारी गरी बताएको छ । चीनको अर्को एक औषधि कम्पनी सिनोफार्मले यस्तै सर्तमा खोप प्रयोगका लागि डिसेम्बरमा अनुमति पाएको थियो ।
“ब्राजिललगायतका मुलुकमा भएको क्लिनिकल परीक्षणले सङ्क्रमण रोक्नको लागि खोपको करीब ५० प्रतिशत प्रभावकारीता पुष्टि भएको छ भने र सङ्क्रमणपछि चिकित्सकीय उपचारमा ८० प्रतिशत प्रभावकारीता देखिएको छ ।”
परीक्षण नतिजाले खोपको सुरक्षा र सबै उमेर समूहका व्यक्तिमा सङ्क्रमण निर्मूलीकरणमा खोप प्रभावकारी भेटिएको दाबी सिनोभ्याकका अधिकारीहरूले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *