भर्खरै :

बुटवलमा पुस्तक प्रदर्शनी

बुटवल, २४ माघ । नेपाल मजदुर किसान पार्टीको ४७ औँ स्थापना दिवसको अवसरमा शनिबार बुटवल राजमार्ग चोकमा पुस्तक प्रदर्शनी सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टीका विभिन्न प्रकाशनहरू उक्त प्रदर्शनीमा राखिएका थिए । विभिन्न क्षेत्रका बुद्धिजीवी तथा अध्येताहरूले पुस्तक प्रदर्शनी अभिरूचिपूर्वक अवलोकन गरी पार्टी प्रकाशनहरू खरिद गरेको बताइएको छ ।
जनताको प्रजातन्त्र हुँदै समाजवाद र साम्यवादको लागि कामदार जनतालाई सङ्गठित बनाउन नेपाल मजदुर किसान पार्टीले विभिन्न जिल्लामा पुस्तक प्रदर्शनी गर्दै आएको छ । बुटवलको प्रदर्शनीमा चिल्लीमा फासीवादको प्रतिरोध, जनताको प्रजातन्त्र र चिनियाँ सपनालगायतका पुस्तकहरू बढी बिक्री भएको जनाइएको छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *