भर्खरै :

टोखामा महिला भेला

काठमाडौँ, २४ माघ । नेपाल मजदुर किसान पार्टीको ४७ औँ स्थापना दिवसको अवसरमा नेक्रामसङ्घ टोखा नगर समिति र मिर्मिरे साकोसको महिला तथा बालबालिका उपसमितिको आयोजनामा शनिबार टोखामा महिला भेला भयो ।
भेलामा नेक्रामसङ्घ केन्द्रीय उपाध्यक्ष कमलमैयाँ सुवालले नेमकिपा स्थापनाका आधारहरूबारे चर्चा गर्दै माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ्ग विचारधारा पार्टीको मार्गनिर्देशक सिद्धान्त भएको बताउनुभयो ।
समाजवादी व्यवस्थामा महिला मुक्ति सम्भव हुने धारणा राख्दै उहाँले नेमकिपा समाजवादी व्यवस्था स्थापनाको लागि सङ्घर्षरत रहेको बताउनुभयो ।
कार्यकर्ताहरूले अध्ययनलाई जोड दिई सांस्कृतिक स्तर उठाउन ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँदै केन्द्रीय उपाध्यक्ष सुवालले पुँजीवादी व्यवस्थाले महिला मुक्तिको नाममा तडकभडकलाई जोड दिइरहेको बताउनुभयो ।
नेक्रामहिला सङ्घ टोखा नगर समिकिा अध्यक्ष गणेशमाया डंगोलको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेक्रामहिला सङ्घका केन्द्रीय सचिव प्रतिभा श्रेष्ठ, केन्द्रीय सदस्य सुनकेसा शाही, नेमकिपा टोखा नगर समितिका अध्यक्ष रवीन्द्र डंगोल, मीना डंगोल र सृजना डंगोलले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *