भर्खरै :

चाँगुमा पार्टी स्थापना दिवस

भक्तपुर, २७ माघ । नेपाल मजदुर किसान पार्टी चाँगु वडा एकाइ समितिको आयोजनामा पार्टीको स्थापना दिवस मनाइयो ।
उक्त कार्यक्रममा नेमकिपा भजिसका अध्यक्ष न्हुछेभक्त फोजूले जालीफटाहा, जमिनदारहरुको विरोधमा बारा, पर्सा, रौतहट, सिराहा, चितवन र भक्तपुरलगायतका जिल्लामा किसान आन्दोलन भएको बताउनुभयो ।
पञ्चायत कालमा प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घ संस्थाभित्र पसेर नेमकिपाले देश र जनतको सेवा गरिरहेको उल्लेख गर्दै मौलिक र राजनीतिक अधिकार प्राप्त गर्न सङ्घर्षमा भाग लिएको बताउनुभयो ।
नेपालका शासकहरु भारतको उठबसमा चलेको हुँदा देशले विकास गर्न नसकेको पनि उहाँले बताउनुभयो । नेपालका शासकहरु भारतको उठबसमा चलेको हुँदा देशले विकास गर्न नसकेको पनि उहाँले बताउनुभयो ।
गणेशराम सुवालको सभापतित्वमा भएको सो कार्यक्रममा महेन्द्र बखुन्छे, गोविन्दराम सुवाल, विष्णुभक्त गोजा, अमरबहादुर खड्काले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *