भर्खरै :

चीन–नेपाल सहयोग संयन्त्रबाट विश्व सम्पदाको संरक्षणमा योगदान

पुरातात्विक अवशेष र ऐतिहासिक सामग्रीहरू नै इतिहासका साक्षी हुन् । त्यस्ता साक्षीको राम्रोसँग संरक्षण गर्नुपर्छ । ऐतिहासिक सांस्कृतिक सम्पदाको राम्रो संरक्षण तथा बिँडो थाम्ने कामले इतिहास र वर्तमानलाई जोडेको हुन्छ । उक्त कुरा डिसेम्बर १ चीनका राष्ट्राध्यक्ष सी चिनफिङले प्रकाशित गर्नुभएको लेखमा उल्लेख छ । वास्तवमा सीले पहिलेको अध्ययन र संरक्षण गर्ने यस्ता कार्यलाई महत्व दिँदै आएनुभएको छ । यस पटक उहाँको भनाइ उहाँले चिनियाँ पुरातत्व क्षेत्रप्रति प्रस्तुत गर्नुभएको मागमात्र होइन नेपाललगायत विश्वको सांस्कृतिक सम्पदा संरक्षण क्षेत्रमा चीनले दिएको गम्भीर वचन पनि हो ।
केही वर्षहरूदेखि बेल्ट एन्ड रोडको प्रारूपमा चीन तथा नेपालको सांस्कृतिक सम्पदा क्षेत्रमा भएको सहयोग संयन्त्र सुधार भइरहेको छ । जसबाट विश्व सम्पदा संरक्षण क्षेत्रमा एसियाली व्यवहार र अनुभव पनि प्रदान गरिरहेको छ ।
मन्दिर र गुम्बाको सहर काठमाडौँलगायत नेपालमा पाइने सम्पदा र भवनहरू ‘जिउँदा सम्पदा’ हुन् र यी नै ती सम्पदाहरूको अद्वितीय मूल्यहरूमध्येको एक पनि हो । सन् २०१५ मा गएको विनाशकारी भूकम्पबाट हिन्दू धर्मका लगभग ६० भन्दा बढी मन्दिरहरू ध्वस्त भए भने २ सय वटा मन्दिर तथा गुम्बाहरूमा आंशिक क्षति पुग्यो । यो नै नेपालका लागि भयङ्कर प्रकोप भएको कुरामा दुई मत छैन । सन् १९७९ मा विश्व सम्पदा सूचीमा सूचिकृत काठमाडौँ उपत्यकाको मुख्य भागमा पर्ने हनुमान ढोका दरबार सो भूकम्पबाट ध्वस्त भयो । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले यसबारे चर्चा गर्दै भन्नुभयो, “भूकम्पपछिको पुनर्निर्माण कार्य निकै महत्वपूर्ण कार्य हो र नेपाललाई सबभन्दा चाँडै नै सहयोग प्रदान गरेका मुलुकहरूमध्ये चीन परेको हो ।”
सन् २०१७ को अगष्ट महिनामा चीन सरकारको सहयोग परियोजनाअन्तर्गत ‘हनुमान ढोका दरबारको जिर्णोद्धार परियोजना’ सुरू भयो । कम्बोडियाको एङ्कोर भग्नावशेषको जिर्णोद्धार कार्यमा सहभागी भएको चीन सांस्कृतिक सम्पदा अनुसन्धानालयबाट गठित विशेषज्ञ टोलीले ८० जना स्थानीय नेपाली कलाकारहरूसँग मिलेर इतिहासलाई जिउँदो पार्न थाले । नेपालको पुरातात्विक विभागका पदाधिकारी एवं पुरातत्व विशेषज्ञ सुरेश श्रेष्ठले यस्तो कामको यसरी मूल्याङ्कन गर्नुभयो कि पुर्खाले दिएको सांस्कृतिक सम्पदाको रेकर्ड राख्ने कार्य कठिन र चुनौतीमूलक भएकोले स–सानो रेकर्ड गरे पनि भव्य उपलब्धि हुनसक्छ ।
सम्बद्ध रेकर्ड भेट्न गा¥हो र भूकम्पले गरेको क्षति ठूलो भएकाले हनुमान ढोका दरबारका भवनहरू आंशिक वा पूर्णरूपमा ध्वस्त भए । चिनियाँ विशेषज्ञ टोलीले थ्रिडी लेजर स्क्यानिंग प्रविधिबाट क्षतिरहित प्रविधिमार्फत हनुमान ढोका दरबार तथा वरिपरिका भवनहरूको उच्च सटिक र सत्य त्रि–आयामिक डेटा पाएर ती सूचनाहरूको दीर्घकालीन फाइल राखेको छ । यसले गर्दा प्रकोपपछि हनुमान ढोकाको पूर्ण अवस्थाबारे प्रत्यक्ष सामग्री पाइएको साथै पुनर्निर्माण कार्यको लागि चाहिने आधारभूत डेटा र प्राविधिक समर्थन पनि प्रदान गरियो । यस कार्यले विश्व सांस्कृतिक सम्पदाको संरक्षणको लागि ठूलो योगदान दिएको छ ।
हनुमान ढोका दरबारको जिर्णोद्धार परियोजना निर्धारित योजनाअनुसार सन् २०२२ मा पूरा हुनेछ । चीन सांस्कृतिक सम्पदा अनुसन्धानालयका विशेषज्ञ चौ च्यानकोले जानकारी दिनु भएअनुसार, यसै क्रममा धेरै नेपाली कलाकारहरूले भाग लिएकाले नेपालको परम्परागत काष्ठकलाको निरन्तरता पनि दिइएको छ । नेपालको पुरातात्विक विभागका महानिर्देशक श्रेष्ठले पनि चिनियाँ टोलीको उच्च मूल्याङ्कन गर्नुभएको छ ।
ऐतिहासिक र सांस्कृतिक सम्पदाले बितेको समयको वर्णन गर्दछ र यसले वर्तमान र भविष्यमा पनि गहिरो प्रभाव पार्छ । यो हाम्रो मात्र होइन, हाम्रा पुस्ताहरूको पनि हो । घनिभूत जनसङ्ख्या भएको एसियाली सहरहरूमा आर्थिक विकासबाट विश्व सम्पदाको संरक्षणसामु ल्याइएका नयाँ नयाँ चुनौतीहरू देखापरिरहेका छन् । हाम्रो संयुक्त प्रयासमार्फत सङ्ग्रहालयमा राखिने पुरातात्विक वस्तु होस् वा खुला ठाउँमा रहेका सम्पदाहरू, पुराना किताबमा लेखेका अक्षरहरू सबै जिउँदो पार्दै सम्पूर्ण समाजको इतिहास तथा संस्कृतिलाई समृद्ध पार्दै जाने आशा छ । भविष्यमा पुरातात्विक तथा वास्तु क्षेत्रमा चीन र नेपालबीच अझ धेरै सहयोग संयन्त्र खडा गर्न सकून् । विश्व सम्पदा संरक्षणको लागि हाम्रो एसियाली व्यवहार र अनुभव प्रदान गर्दै जान सकून् । –सीआरआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *