भर्खरै :

स्वयम्भूमा चिनियाँ साहित्यकार

काठमाडौँ, २८ जेठ । नेपाल प्रज्ञा–प्रतिष्ठानको निमन्त्रणामा आएको चिनियाँ साहित्यकार एवम् कलाकर्मीको टोलीले आज विश्वसम्पदा सूचमिा सूचीकृत स्वयम्भूनाथ, बौद्धनाथ चैत्यका साथै काठमाडौँ उपत्यकाका तीनवटै दरबार क्षेत्रको भ्रमण गरेको छ ।
चाइना फेडरेसन अफ लिट्रेरी एण्ड आर्ट सर्कलका प्रमुख पान लुसेङ्गको नेतृत्वमा छ सदस्यीय प्रतिनिधिमण्डललाई तीनदिने भ्रमणमा शुक्रबार नेपाल आएको थियो । उनीहरुलाई नमोबुद्ध, चन्द्रागिरि डाँडा तथा पोखराका विभिन्न पर्यटकीय गन्तव्यमा समेत लगिएको थियो
नेपालका विभिन्न सम्पदा तथा पर्यटकीय गन्तव्यका बारेमा पाहुनाले भ्रमण गरी आफ्नो देशमा ती सम्पदा स्थलको प्रचार गर्ने विश्वास दिलाएको प्रतिष्ठानका प्राज्ञ शशि लुमम्बुुले जानकारी दिनुभयो ।
सो प्रतिनिधिमण्डलले प्रतिष्ठानसँग सो ‘साहित्यिक, सांस्कृतिक आदानप्रदान’सम्बन्धी समझदारी आगामी पाँच वर्षका लागि नवीकरणसमेत सम्पन्न गरेको छ । टोली आजै स्वदेश फिर्ता भएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *