नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना
- कार्तिक १९, २०८३
देशमा कोभिड–१९ को खोप अभियान अपेक्षाकृत सफल हुन सकिरहेको छैन । खोप अभियानको पहिलो चरणअन्तर्गत खोप लगाउन तोकिएका समुदायमध्ये कमै सङ्ख्याले मात्र खोप लगाएको देखियो । पहिलो चरणअन्तर्गत महामारीविरूद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ मजदुर, एम्बुलेन्स चालक र भन्सारका कर्मचारीहरूलाई खोप लगाउने सरकारको योजना थियो । तर, तीमध्ये कमैले मात्र कोभिड–१९ प्रतिरोधी खोप लगाएको सरकारी तथ्याङ्कले देखाएको छ । अग्रपङ्क्तिमा परिचालित हुने स्वास्थ्य क्षेत्रसँग प्रत्यक्ष जोडिएको समुदायकै कमै सङ्ख्याले मात्र खोप लगाएपछि अन्य चरणअन्तर्गत खोप लगाउन तय भएका समुदायहरूमा खोपबारे कमैमात्र उत्साह देखिँदै छ ।
पहिलो चरणमा तोकिएका समुदायमध्ये कम सङ्ख्याले मात्र खोप लगाएपछि भारतले अनुदानमा दिएको दस लाख खोपमध्ये केही खोप बाँकी रह्यो । बाँकी बचेको खोप आम सर्वसाधारणलाई लगाउन पनि नपुग्ने र त्यत्तिकै राख्दा सञ्चयको समस्या हुने भएपछि सरकारले बाँकी भएको खोप पत्रकारहरूलाई लगाउने निर्णय ग¥यो । तर, पत्रकारहरूभन्दा कोभिड– १९ को जोखिममा रहेका अन्य समुदायलाई सरकारले प्राथमिकतामा नराखेको भन्दै आलोचना भइरहेको छ । विशेषतः ज्येष्ठ नागरिकहरूलाई यो रोगको सङ्क्रमणको जोखिम बढी हुने भएकोले पत्रकारहरूलाई भन्दा उनीहरूलाई पहिले खोप लगाउनुपर्ने आलोचकहरूको भनाइ हो । सरकारसँग विस्तृत योजनाको अभावमा खोप अभियान ‘जता–जता कुलो, उता–उतै पानी’ जस्तै भइरहेको छ ।
धेरै देशमा राष्ट्र प्रमुख र सरकार प्रमुखले नै यो खोप लगाएर देशमा अभियानको थालनी गरेको भए पनि नेपालमा भने राजनीतिक नेतृत्व खोप लगाउन अग्रसर देखिएको छैन । देशमा दैनिक सडक आन्दोलनहरू भइरहेका छन् । शासक दलका नेताहरू दिनहुँ हजारौँ जनता सहभागी हुने सभा समारोहहरूमा भाग लिइरहेका छन् । तर, राजनीतिक नेतृत्वले किन खोपप्रति चासो देखाएनन् ? के शासकहरूलाई नै खोपको प्रभावकारिताप्रति विश्वास नभएको हो ?
खोप अभियानलाई प्रभावकारी बनाउन र थप खोप देशमा ल्याउन सरकारले ढिलाइ नगरोस् । सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी खोप लगाउने प्राथमिकतामा जोड दिइनुपर्छ ।
चीनबाट पाँच लाख र कोभ्याक्सबाट आउने थप खोपले आगामी दिनमा कुन समुदायलाई खोप लगाउने विषयमा सरकारसँग विवेकसङ्गत कार्ययोजना हुन जरूरी छ । खोप नलगाएका स्वास्थ्यकर्मी र अन्य अग्रपङ्क्तिमा काम गर्ने व्यक्तिहरूलाई खोप लगाउन प्रोत्साहित गर्न जरूरी छ । स्वास्थ्यकर्मीहरू नै खोप लगाउन अनकनाउँदा आम सर्वसाधारण अझ पछि हटेको देखिएको छ । समाजमा जनचेतना फैलाउने जिम्मेवारी बोकेका स्वास्थ्यकर्मीहरूमा नै खोपप्रति विश्वास नहुँदा खोप अभियान नै अलमलमा परेको देखियो । त्यसकारण सरकारले खोपप्रति सत्य–तथ्य जानकारी सर्वसाधारण जनतासम्म पु¥याउने अभियानको थालनी गर्न जरूरी छ । खोपबारे अनेकन भ्रम र झूटा प्रचारबाजी चिर्न स्वास्थ्य निकायहरू र स्वास्थ्य स्वयम्सेवकहरू परिचालन गरिन आवश्यक छ ।
सरकारले अबको चरणमा शिक्षकहरूलाई खोप लगाउने तयारी गरेको छ । स्वास्थ्यकर्मीमा जस्तै कतिपय शिक्षकहरूमा पनि खोपप्रति संशय भए त्यसले समाजमा खोप अभियानप्रति अझ खराब प्रभाव पार्ने छ । त्यसकारण खोप अभियान गर्दै गर्दा सरकारले यस्ता विषयमा पनि ध्यान दिनु बुद्धिमानी हुनेछ ।
Leave a Reply