भर्खरै :

राजनीतिक संस्कारको खाँचो

कामगरी खाने जनताको पक्षमा वकालत गर्ने, देशभक्त बौद्धिक वर्गको सम्मान गर्ने, निमुखाउपर गरिने सबै प्रकारको थिचोमिचोविरुद्ध सङ्घर्ष गर्ने र मुलुकको सार्वभौमको सुरक्षाको लागि विदेशी शक्तिको विरुद्ध सशक्त आवाज बुलन्द गर्ने पार्टी भनेर मेरो एकजना मित्रले २०५१ सालमा गर्वका साथ पार्टीको झन्डा बोकेर इमानदार कार्यकर्ता पुण्यप्रसाद आचार्यलाई जिताउन धरानमा नेपाल मजदुर किसान पार्टीको चुनाव प्रचार अभियानमा सक्रिय भएका थिए । भित्तेलेखन र व्यानर लेखनमा राम्रो सीप भएका कारण उनी त्यसै कार्यमा व्यस्त रहँदै गर्दा आफूलाई सुकुमवासी भनी परिचय दिने एक व्यक्तिले उनीहरूको समुदायका सबैजनालाई अब हुने नेमकिपाको जुलुस र आमसभामा सहभागिताको लागि आग्रह गरे । विभिन्न शोषणबाट पीडित गरिबले नेमकिपाको सिद्धान्त र विचारलाई आत्मसात गरी उक्त पार्टीको राजनीतिक क्रियाकलापमा संलग्न हुने उनको प्रबल चाहनालाई मेरो मित्रले हार्दिक स्वागत गरे । तन, मन र ठूलो विश्वासका साथ लागिपरेको आफ्नो पार्टीप्रति एक अन्जान सुकुमवासीको त्यो आस्था देखेर मित्र दङ्ग परे । उनीसँगको छोटो भलाकुसारीको क्रममा मेरो मित्र तीन छक्क परे । निज सुकुमवासीप्रति जागेको उनको स्नेह कर्कलाको पानीको थोपा जस्तै भुइँमा झ¥यो । नेका, एमाले, राप्रपा र अन्य राजनीतिक पार्टीहरूले आयोजना गरेका आमसभा र जुलुसहरूमा तीनसय रूपैयाँ नगद लिएर उनीहरू नै सहभागी हुने गरेको सत्यतथ्य सुकुमवासीकोे निष्पाप मनले बताउँदै मेरो मित्रलाई पनि प्रतिव्यक्ति रु. दुई सय र तराईमा प्रायः साइकल चढी जुलुस गर्ने परम्परा भएको हुँदा साइकलको एक सय गरी जम्मा तीन सय रूपैयाँको माग गरे ।
दिनभरि मजदुरी गर्दा पनि तीनसय नै हात पर्ने जानकारी उनले दिए । ठूला पार्टी भन्नेले राजनीतिमा गरेको नराम्रो संस्कारको यो बिजारोपणको परिणाम भविष्यमा अवश्य पनि राम्रो नहुने भन्दै आफ्नो भाग्यलाई मात्र दोष दिन जान्ने निर्दाेष ती सुकुमवासीलाई नेमकिपा पुँजीपति, सामन्त र शोषकहरूको नभएको कारणले यो पार्टीले जनताको मन सदाका लागि पैसाले जित्नसक्ने कुरामा विश्वासै गर्दैन भनी उत्तर दिएपछि शारीरिक परिश्रम नगरी विभिन्न ठूला भनिएका राजनीतिक पार्टीहरूको जुलुसमा गएर दाम कमाउन पल्केका विचरा सुकुमवासीले गरिबको साथी गरिब नै हुन्छ भन्ने यथार्थलाई बिर्सेर आफ्नो बाटो लागे । यस्तो मुलुकमा अधिराज्त्र्र निष्पक्ष निर्वाचनको परिकल्पना गर्न पनि मुश्किल छ ।
निर्वाचनकै सिलसिलामा एमालेका शीर्ष नेता मदनकुमार भण्डारीले भक्तपुरको टौमढीमा आयोजित जनसभामा बोल्दा नेमकिपालाई ‘थानकोट नकट्ने पार्टी’, ‘एउटा खोला छेउमा मादल घन्काएर बस्ने पार्टी’ र ‘नेमकिपालाई भक्तपुरमात्र जित्ने धोको एमालेलाई देसै जितेर सरकार चलाउने चाहना, ‘सानो पार्टीको सानै बुद्धि’ आदि तुच्छ वाक्यांशहरू प्रयोग गरी कद नसुहाउँदो घटिया अभिव्यक्ति दिएको त्यो दिन मलाई जस्तै आज पनि धेरैलाई स्मरण नहुनसक्छ । उनैबाट दीक्षित नेता र कार्यकर्ताहरू २०७७ माघ ११ गते प्रधानमन्त्री केपी ओलीको ‘अहङ्कार र तानाशाही प्रवृत्ति’ का कारण चोइटिएको प्रचण्ड–माधवले नेतृत्व गरेको जुलुस आमसभामा परिणत भएपछि आफ्नै सङ्गठनका नेता र कार्यकर्ताविरुद्ध जथानाम गाली गलौजमा उत्रे । कसैलाई खानासहित तीन हजार र कसैलाई पाँच हजार रूपैयाँ दिएर विभिन्न स्थानबाट काठमाडाँैमा मानिस ओसारेको खुलासा भइसकेको छ ।

जुलुसको समयमा केपी ओली र प्रचण्ड–माधवका कार्यकर्ताबीच नुवाकोटमा घटेको अप्रिय घटनाले नक्कली कम्युनिस्टहरूको चरित्र छर्लङ्ग भएको छ । दुवैपक्षले भिजिलान्ते र भाडामा ल्याइएका गुण्डाहरूको घुसपैठ भएको दाबी गरेका छन् । कालो झन्डा फह¥याएर विरोध गर्नु सामान्य हो तर एक आसपसमा साङ्घातिक हमला गर्नु र मुठभेड हुनु राजनीतिक संस्कारभित्र पर्दैन, यो निन्दनीय छ । अच्चम लाग्छ, हँुदा हुँदा काङ्ग्रेसले निकालेको जुलुसमा चारतारे झन्डा बोकेका केही युवाहरूले प्रचण्ड–माधव जिन्दावादसम्म भन्न भ्याए । उनीहरूलाई आफू कुन पार्टीले नेतृत्व गरेको जुलुस आएछ भन्नेबारे कुनै हेक्कै भएन किनभने नगदबित्तिकै झन्डा बोकी हालेछन् । सबैलाई थाहै छ फेरि प्रधानमन्त्री ओलीले शुक्रबार २३ गते साँच्चिकैको जुलुस र आमसभा कस्तो हुन्छ राम्ररी हेर्न प्रचण्ड – माधवको नेकपालाई चुनौती दिएका छन् ।

जुलुसमा सहभागी कोही त पहिलोपल्ट फोकटमा नगदसहित राजधानी छिर्न पाएकोमा दङ्ग थिए । प्रचण्डको माओवादी र केपी ओली नेतृत्वको एमाले घुलिएर नेकपा बनेको तीन वर्ष नबित्दै लाजैमर्ने गरी विभाजन भइसकेको छ । साइकल चढ्न नआउने नेताहरूलाई हवाईजहाजको चालक बनाइएपछि परिणाम कस्तो होला ? निन्दनीय संस्कारको बिजारोपण कहिल्यै उचित नहुने वास्तविकता वर्तमानमा छताछुल्ल भएर पोखिरहेको छ । यसैको परिणामस्वरूप प्रचण्ड–माधवको जनप्रदर्शन भनिने उक्त जनसभामा प्रधानमन्त्री भएर देशको बागडोर समालिसकेका नेताहरूबाट निम्नस्तरको भाषा र वाक्यांशहरूको प्रयोग गरिएको सम्बोधनका कारण राजनीतिशास्त्रका विद्यार्थीहरू लज्जित भएका छन् । सच्चा कम्युनिस्टले त रचनात्मक आलोचना गर्छन् । यसै कारण सात जन्मको शत्रुका विरुद्धसमेत प्रयोग गर्न नहुने ‘ए ¤ विद्या तेरो सिन्दुर खोइ ? केपी ओली तेरै पोइ रे ¤ जस्ता आधारहीन, अमर्यादित, आपत्तिजनक र घृणित नाराहरू उक्त जुलुसमा लगाएकोबारे सबैलाई ज्ञात छ । मुलुकमा सम्पूर्ण एकल महिलाप्रति यो ठूलो अपमान हो । छाडापनको पनि हद हुन्छ ।
यस्तालाई कानुनको दायरामा राख्नैपर्छ । तर, विडम्बना यो मुलुकमा र सुर्खेतको मालपोत कार्यालयमा भएको भ्रष्टाचार र बेथितिका कारण सर्वसाधारणलाई दुःख दिइरहेका कर्मचारीहरूविरुद्ध आवाज उठाउँदा त्यहाँका प्रहरी प्रशासनले नेमकिपाका कार्यकर्ताहरूलाई पक्राउ गरी यातना दिने गरेको समाचार छ । शान्ति सुरक्षाको नाउँमा प्रमुख जिल्ला अधिकारीको ठाडो आदेशमा बिनासुझबुझ प्रहरी प्रशासनको सर्वसाधारणको सेवाउपर निःस्वार्थ भावले लागेका नेमकिपाका कार्यकर्ताहरूमाथिको यो ज्यादती पनि राम्रो संस्कारभित्र पर्दैन ।
जुलुसको समयमा केपी ओली र प्रचण्ड–माधवका कार्यकर्ताबीच नुवाकोटमा घटेको अप्रिय घटनाले नक्कली कम्युनिस्टहरूको चरित्र छर्लङ्ग भएको छ । दुवैपक्षले भिजिलान्ते र भाडामा ल्याइएका गुण्डाहरूको घुसपैठ भएको दाबी गरेका छन् । कालो झन्डा फह¥याएर विरोध गर्नु सामान्य हो तर एक आसपसमा साङ्घातिक हमला गर्नु र मुठभेड हुनु राजनीतिक संस्कारभित्र पर्दैन, यो निन्दनीय छ । अच्चम लाग्छ, हँुदा हुँदा काङ्ग्रेसले निकालेको जुलुसमा चारतारे झन्डा बोकेका केही युवाहरूले प्रचण्ड–माधव जिन्दावादसम्म भन्न भ्याए । उनीहरूलाई आफू कुन पार्टीले नेतृत्व गरेको जुलुस आएछ भन्नेबारे कुनै हेक्कै भएन किनभने नगदबित्तिकै झन्डा बोकी हालेछन् । सबैलाई थाहै छ फेरि प्रधानमन्त्री ओलीले शुक्रबार २३ गते साँच्चिकैको जुलुस र आमसभा कस्तो हुन्छ राम्ररी हेर्न प्रचण्ड – माधवको नेकपालाई चुनौती दिएका छन् । आखिर उनले पनि त जनताबाट बेहिसाबले असुलेको करबाट जम्मा भएको देशकै राजश्व छेलोखेलो गर्ने नै हो क्यारे । त्यसैले सही राजनीतिक संस्कारको विकास नभएसम्म यही दुःखदायी नियति जनताले भोग्नैपर्ने हुन्छ । हालसालैमात्रै कैलालीमा प्रधानमन्त्री ओली रातो कार्पेट भएर मञ्चतिर जाँदै गर्दा खुट्टामा सामान्य जुत्तामा समेत लाउन हैसियत नभएका गरिब दुःखिया तराईका जनताले उनको स्वागत गरेको अप्राकृतिक दृश्य टीभीमा सबैले देखेकै हो । आफू मखमली कार्पेटमा हिँड्ने अनि पेट मारी सरकारलाई कर बुझाउने निमुखा जनता जाडो याममासमेत नाङ्गो खुट्टा हिँडेको हेर्नसक्ने संस्कारमा यथाशीघ्र परिवर्तनको खाँचो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *