भर्खरै :

पनौतीमा पार्टी प्रकाशनहरूको प्रदर्शनी

नेमकिपाको ४७ औँ स्थापना दिवसको अवसरमा शनिबार पनौती बसपार्कमा पार्टी प्रकाशनहरूको पुस्तक प्रदर्शनी भयो । पुस्तक प्रदर्शनीपछि आयोजित कोणसभामा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवालले किसान आन्दोलनको जगबाट उठेको नेमकिपाले कामदार वर्गको पक्षमा कानुनी र गैरकानुनी सङ्घर्ष गरिरहेको छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “नेमकिपाले जनतालाई राजनीतिकरूपले सचेत गर्नुको साथै सांस्कृतिकस्तर उठाउन जोड दिइरहेको छ । यसै क्रममा नेमकिपाले पार्टी प्रकाशन प्रचारार्थ पुस्तक प्रदर्शनी गरेको हो ।”
नेक्रायुसङ्घका एचएस सुवालले शिक्षा, स्वास्थ्य निःशुल्क हुनुपर्ने, स्वदेशमै रोजगारीको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याउँदै महँगी र भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने सरकारले जनताको जीउ–धनको सुरक्षा गर्नसक्दैन भन्नुभयो ।
कार्यक्रममा ज्ञानेन्द्र डंगोल, ओम धौबन्जार, राजु तामाङलगायतले नेमकिपाले गर्दै आएका गतिविधिबारे प्रकाश पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *