भर्खरै :

चीन–भारत सम्बन्धको बाटो

गत वर्ष चीन–भारत सीमा क्षेत्रमा दुई देशका सीमा रक्षकहरूबीचको भएको घम्साघम्सीमा परी दुवै पक्षमा केही जवानहरू हताहत भएका थिए । यसैबीच गएको फेब्रुअरी १० मा पाङगोङ तालको दक्षिणी र उत्तरी क्षेत्रमा दुवै देशका सीमा रक्षकहरूबीच तालमेल गर्नुका साथै सैनिकरूपमा असंलग्न हुने समाचार आउनु सकारात्मक कुरा हो ।
यसबाट तनाव बढेको समयमा पनि तर्कपूर्ण आवाज नै ठूलो सुनिन्छ र सुनिनुपर्छ भन्ने कुरा देखाइएको छ । तर, पश्चिम र भारतका जनतालाई एकपक्षीय प्रचार गरेर लगातार बदलाको भावना उछाल्ने पश्चिमा र भारतीय व्यापारिक सञ्चारमाध्यमलाई तह लगाउनु भने सजिलो कुरा होइन । उनीहरूको प्रचारबाजीले चीनलाई आक्रामक र भारतलाई पीडितको रूपमा चित्रण गर्ने गरेको छ ।
यस्तो प्रचारबाजीमा वास्तविकता देख्ने चाहना राख्नेहरूले भारत र चीनबीचको सीमा रेखा (द लाइन अफ एक्चुएल कन्ट्रोल–एलओसी) चिनियाँ पक्षबाट उल्लङ्घन गरेको दाबी गरिरहेका हुन्छन् । चीनको विदेश मन्त्रालयले यस्ता दाबीलाई लगातार खण्डन पनि गर्दै आएको छ ।
यो नियोजित बुझाइमा सिलसिला भञ्जन भारतीय सेनाका पूर्वप्रमुख जनरल भीके सिँहका पछिल्ला टिप्पणीबाट भएको छ । सिँह हाल प्रान्तीय यातायात र राजमार्गको राज्यमन्त्री छन् ।
फेब्रुअरी ७ मा सञ्चारमाध्यमलाई दिएको स्पष्ट प्रतिक्रियामा उनले चीनविरुद्ध भारतीय सञ्चारमाध्यमहरूको प्रचार युद्धतर्फ सङ्केत गर्दै त्यस्तो व्यवहार चिनियाँ सञ्चारमाध्यमबाट नभएको बताएका थिए । केही तथ्यहरू प्रस्तुत गर्दै चीनले सीमा उल्लङ्घन गरेको विषयमा भारतीय सञ्चारमाध्यमहरू अलि बढी नै पछि लागेको तर भारतीय भारत आफैबाट हुने सीमा उल्लङ्घनबारे बेखबर रहेको सिँहले बताए ।
उनले चिनियाँ सञ्चारमाध्यमहरूले भारतीय पक्षबाट भएको सीमा उल्लङ्घनलाई छोप्न नखोज्ने तर त्यसलाई भारतप्रति चिनियाँ जनताको शत्रुताभावको अर्थमा प्रस्तुत गर्ने नगरेको पनि भने । भारतका पूर्वसैनिक जनरलको नाताले उनलाई भारतले कति पटक सीमा उल्लङ्घन गरेको थियो, राम्ररी नै थाहा हुुनुपर्छ । उनले भने, “म तपार्इँहरूलाई प्रस्ट पार्न चाहन्छु–यदि चीनले दस पटक सीमा नाघेको भए भारतबाट पचास पटक सीमा नाघिएको छ ।”
चीन–भारत मामिलाबारे हुने गरेका पूर्वाग्रहपूर्ण प्रचारबाजीले यस्ता सत्यलाई छायामा पार्ने गर्छ । सिँह कुनै बेला सेनाका बहादुर सिपाही थिए । त्यही भएर उनी पटक – पटक समस्यामा परेका हुन् । काङ्ग्रेस नेता राहुल गान्धीले सिँहलाई उनको सो टिप्पणीको लागि पदच्युत गर्न माग गरेका छन् । उनको भनाइले ‘भारतविरुद्ध मुद्दा बनाउन चीनलाई मद्दत गरेको’ गान्धीको भनाइ थियो ।
तर, सत्य बोलेबापत भारतले सिँहलाई देशद्रोही मान्नु हुँदैन । चीनलाई आक्रामक र भारतलाई पीडितको रूपमा चित्रण गर्ने प्रचारबाजीको विरोधमा उभिनुका उनका आफ्नै कारणहरू छन् ।
भारत र चीन दुई विशाल छिमेकीहरू हुन् । यी दुवै देशले कुनै दिन संसारकै सबभन्दा ठूला अर्थतन्त्रको स्थान लिनु नै छ । उनीहरूको सम्बन्ध भारतीय व्यापारिक सञ्चारमाध्यम र अझै शीतयुद्धकालीन सोच बोकेका भारतका राजनीतिज्ञहरूले प्रचार गरेका झूट, अतिरञ्जना र मत बङ्ग्याइमा आधारित हुनुहुन्न । खासमा यी व्यापारिक सञ्चारमाध्यम र नाफाखोर राजनीतिक नेताहरू देश निर्माणलाई भन्दा बढी आफ्ना नाफालाई जोड दिने गर्छन् ।
चीन–भारत सीमा विवाद र एलएसीको विषय सत्य निकै जटिल खालको छ । भारत र चीनबीच अधिकांश सीमा क्षेत्रमा सीमाङ्कन भइसकेको छ । तथापि, सीमाबारे दुवै देशका आ–आफ्ना बुझाइ छन् । त्यस अवस्थामा चीनले आफ्नो दाबी गरेको क्षेत्रमा भारतीय सेना नपसेको भनी विश्वास गर्नु बेतुकको छ ।
यो कुरालाई अर्को कोणबाट पनि लिन सकिन्छ । त्यही कारण दुई देशबीच लड्नुभन्दा एकअर्कासँग बसेर संवाद गर्नुपर्ने धेरै कारण छन् । त्यही कारण चिनियाँ र भारतीय सैनिक अधिकारीहरूबीच जनवरी महिनामा कमान्डर तहमा मात्र नौ चरणमा वार्ता भएको थियो । ती वार्ताको क्रममा दुई पक्षबीच दुवै पक्ष पछि हट्ने सहमति भएको थियो । त्यो सहमति अहिलेसम्म पालना भइरहेको हामीले देखेका छौँ ।
जनरल सिंहले भनेजस्तै भारतीय सेनालाई पनि व्यापारिक मिडियाले भारतीय जनता र संसारसामु प्रस्तुत गरेको चित्रले वास्तविक अवस्था प्रतिबिम्बित नगर्ने कुरा बुझेका छन् । त्यही भएर दुवै पक्ष पछि हट्ने निधो भएको हो । यो विवाद उछाल्ने अरू कोही नभएर व्यापारिक सञ्चारमाध्यम र उनीहरूका मालिकहरू हुन् । यसको उद्देश्य दुई सबभन्दा बढी जनसङ्ख्या भएका छिमेकी देशहरूको सम्बन्ध बिथोल्नु हो ।
चीन र भारतको सीमा मुख्यतः पहिलाको उपनिवेशवादी शक्ति बेलायतले कोरेको थियो । बेलायतले भारत र चीन दुवैलाई उपनिवेश बनाएको थियो । इतिहासले छोडेका यी नसुल्झिएका घाउको दुखाइ अझै कम भएको छैन । समयान्तरमा सुल्झाउँदै जानुपर्ने यो समस्या भारत र चीनबीचको भविष्यको विस्तृत सम्बन्धबाट निर्धारित हुनुहुन्न ।
चीन र भारतबीचको मित्रतामा आउने भाँजोले बिक्स सङ्गठनको सदस्यको नाताले दुवै देशको हित सम्भव छैन । दुवै देश संसारकै सबभन्दा बढी जनसङ्ख्या भएका देशमात्र होइनन्, बरु प्राकृतिक साझेदारको नाताले विकासका साझा सपना पनि बोकेका देशहरू हुन् । वास्तवमा भारतका जनताबीच बढ्दो जनअसन्तोष र भारतका प्रान्त–प्रान्तबीचको समस्याले एसियाली महादेशभन्दा बाहिरका शक्तिहरूको मात्र हित गर्छ । ती बाहिरी शक्तिहरूले आफ्नो हिन्द–प्रशान्त रणनीतिमा भारतलाई समाहित गर्न चाहन्छन् । ती शक्तिहरू विकासशील देशहरूको उदय देखिसहँदैनन् । उनीहरू संसारमा अप्रजातान्त्रिक एकल प्रभुत्व कायम राख्न चाहन्छन् । अस्ट्रेलिया, भारत, जापान र संरा अमेरिका समाहित चौपक्षीय सुरक्षा सम्झौता (द क्वाड्रिलाट्रल सेक्युरिटी डाइलग) ती शक्तिहरू मिलेर बनाएको सङ्गठन हो ।
एउटा कुरामा कति पनि गल्ती नगरौँ । यदि चीनलाई स्वतन्त्र ढङ्गले विकास गर्न दिइँदैन भने भारत, अरब देशहरू, अफ्रिका वा दक्षिण अमेरिकाले पनि त्यो अवसर प्राप्त गर्ने छैनन् । त्यसकारण, विभिन्न सभ्यताहरूको उदयमा अभिव्यक्त प्रजातान्त्रिक बहुध्रुवीय विश्व व्यवस्था अपरिहार्य छ । पश्चिमा एकध्रुवीय व्यवस्थाले आजसम्म प्रजातान्त्रिक बहुध्रुवीय व्यवस्थामाथि दमन गर्दै आएको छ ।
राष्ट्रवादी भावनाले ओतप्रोत भारतीय सेनालाई यो सत्य राम्ररी थाहा छ । त्यसै कारण जनरल सिँहले उल्लेखित अभिव्यक्ति दिएका थिए । एक जना देशभक्तको रूपमा उनी भारतीय व्यापारी सञ्चारमाध्यमका साथै पश्चिमा राज्यहरूबाट चिन्ता गर्छन् । पश्चिमा देशका सञ्चारमाध्यमहरूले अझै पनि भारत र संसारकै बुझाइ बनाउन सघन भूमिका खेल्दै छन् । उनीहरू चीनसँग भारतलाई अनावश्यक द्वन्द्वमा धकेल्न चाहन्छन् । तर, चीनसँगको द्वन्द्व भारतको हितको निम्ति पनि यो खतरनाक हुनेछ ।
स्रोत : सीजीटीएन
नेपाली अनुवाद : सुमन

तपाईलाई यो खबर कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *