भर्खरै :

सङ्घर्षशील राजनीतिमा नयाँ पुस्ताको आवश्यकता

नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ केन्द्रीय समितिको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
प्रशिक्षणमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले पुँजीवादी व्यवस्थाविरुद्ध आन्दोलन र सङ्घर्ष जारी राख्नुपर्ने आवश्यकता औैँल्याउँदै जिल्ला–जिल्लामा सङ्गठन निर्माणमा व्यापकता दिनुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष बिजुक्छेँले नयाँ पुस्तामा सङ्घर्षशील भावना विकास गरी राजनीतिमा लाग्न उत्साहित गर्नुपर्ने बताउनुभयो । उहाँले कार्यकर्ताहरूले आफ्नो साङ्गठनिक गतिविधिहरूको नियमित समीक्षा गर्नुपर्ने चर्चा गर्दै साहित्यले क्रान्तिको बीउ छर्ने काम गर्ने बताउनुभयो ।
सङ्गठनमा काम गर्दा मनदेखि नै गर्नुपर्छ । युवा–विद्यार्थी कालमा सिकेको कुरा जीवनभर उपयोगी हुन्छ । क्रान्तिकारी भावनाको विकास गर्ने र सङ्घर्षको लागि मानसिकरूपमा तयार गर्नुपर्दछ, अध्यक्ष बिजुक्छेँले बताउनुभयो ।
उहाँले सन् १९१७ को अक्टोबर क्रान्तिमा पेरिस कम्युनमा भएका कमजोरीहरू नदोहोरिएको उल्लेख गर्दै अध्ययनलाई फराकिलो र आलोचनात्मक बनाउन आवश्यक भएको औँल्याउनुभयो । सरकारमा गएका कथित ‘कम्युनिस्ट’ राजनैतिक दलले उत्पादनका साधन सामाजिकीकरण गर्ने, शिक्षा र स्वास्थ्य निःशुल्क गर्ने, योग्यताअनुसारको काम र आवश्यकताअनुसारको ज्याला दिने कार्य नगरेको चर्चा गर्दै जनतालाई सचेत बनाउन कार्यकर्ताहरू खटिनुपर्ने बताउनुभयो ।
नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूले विद्यार्थीमाझ राजनैतिक प्रशिक्षण, अन्तक्र्रिया र अध्ययन गोष्ठीलाई निरन्तता दिइरहेको बताउनुभयो । कार्यक्रममा नेक्राविसङ्घका सचिव रमेश प्रजापतिलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *