देश आगजनीमा पु¥याउनेहरूलाई मौका दिने शासक दलहरू
- आश्विन ५, २०८३
भारतका गृहमन्त्री अमित शाहले भारतीय जनता पार्टी (भाजपा) सरकार नेपाल र श्रीलङ्कामा भाजपा समर्थित सरकार बनाउने तयारी गरिरहेको बताएका छन् । द वायरमा प्रकाशित समाचारअनुसार त्रिपुरा राज्यका भाजपा समर्थित मुख्यमन्त्री विप्लव देवले यस्तो खुलासा गरेका हुन् ।
त्रिपुराको रवीन्द्र सत्वार्षिकी भवनमा आयोजित भाजपाको बैठकमा गृहमन्त्री शाहले यस्तो अभिव्यक्ति दिएको मुख्यमन्त्री देवले भनेका हुन् । शाह शनिबार त्रिपुरामा थिए । उनले भारतका सबै राज्यमा भाजपाको सरकार बनाएपछि छिमेकी देशहरूमा पनि भाजपाको शाखा र भाजपा समर्थित सरकार बनाउन चाहेको बताएका थिए ।
“हामी सरकारी अतिथि गृहमा कुराकानीको सिलसिलामा भाजपाको उत्तरपूर्वी क्षेत्रीय सचिव अजय जमवालले भाजपाले भारतका विभिन्न प्रान्तमा आफ्नो सरकार गठन गरेको प्रसङ्ग उठाएका थिए । उनको सो भनाइको जवाफमा अमित शाहले ‘अब श्रीलङ्का र नेपाल बाँकी रहेको’ भनेका थिए । हामीले पार्टीलाई श्रीलङ्का र नेपालमा पनि बिस्तार गर्नुपर्छ र त्यहाँ हामीले चाहेजस्तो सरकार बनाउनुपर्छ”, इस्ट मोजो अखबारले देवको भनाइ उद्धृत गर्दै लेखेको छ ।
मुख्यमन्त्री देवले भाजपामा अमित शाहको नेतृत्वको प्रशंसा गर्दै उनको पालामा भाजपा कम्युनिस्टहरूको रेकर्ड तोड्दै संसारकै सबभन्दा ठूलो पार्टी बनेको बताए ।
त्रिपुराका मुख्यमन्त्रीले केरलामा ‘हवाई चप्पल सरकार’ समाप्त गरेर भाजपा नेतृत्वको सरकार बनाउन खोजिरहेको पनि दाबी गरे । त्यस्तै उनले पश्चिम बङ्गालका जनतालाई त्रिणमुल काङ्ग्रेसकी नेतृ ममता बेनर्जीलाई आगामी निर्वाचनमा बिदाइको तयारी गर्न आग्रह गर्दै तामिल नाडुसहित भारतभर ‘कमलको फूल’ फुल्ने बताए । कमलको फूल भाजपाको चुनाव चिह्न हो ।
देवको भनाइको सत्यतथ्यबारे त्रिपुराका विपक्षीहरूले भाजपाको केन्द्रीय नेतृत्वलाई प्रतिक्रिया दिन आग्रह गरेका छन् । मुख्यमन्त्रीले एउटा सार्वजनिक कार्यक्रममा यस्ता अभिव्यक्तिहरू दिएका थिए ।
भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) का नेता तथा पूर्वसांसद जितेन्द्र चौधरीले मुख्यमन्त्री देवसँग भारतीय संविधान र प्रजातन्त्रबारे थोरै पनि बुझाइ नदेखिएको बताए । मुख्यमन्त्री देवले भनेजस्तै अमित शाहले बोकेको भए त्यो अरू देशको आन्तरिक मामिलामाथि हस्तक्षेप हुने उनको भनाइ थियो ।
भाकपा (माक्र्सवादी) का नेता चौधरीले भारतका गृहमन्त्री ‘नेपालविरूद्ध षड्यन्त्र’ मा लागेको बताए । यसको प्रमाण अरू कसैले नभई त्रिपुरा राज्यमा संवैधानिक पद समालेका बसेका एक जना व्यक्तिबाट आएको उनले बताए । उनले देवको भनाइलाई सामान्य अर्थमा लिन नसकिने भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीसहित भाजपाको शीर्ष नेतृत्वले यसबारे प्रस्ट पार्न आवश्यक भएको बताए ।
भारतीय काङ्ग्रेसको त्रिपुरा एकाइका उपाध्यक्ष तपस देले अमित शाहको भनाइ साम्राज्यवादी भएको भन्दै भारतले वर्षौं वर्ष साम्राज्यवादको विरोधमा लडेको बताए । उनले नेपाल र श्रीलङ्काको सार्वभौम मामिलामा भारतले हस्तक्षेप गर्न नहुने बताए । (द वायर)
Leave a Reply