भर्खरै :

कोरियाको सन्गुन राजनीति’ एक अध्ययन

कोरियाली प्रायःद्वीप आजसम्म पनि युद्धकै स्थितिमा छ । संरा अमेरिकी साम्राज्यवादको आक्रमणको धम्की या प्रयास अभैm रोकिएको छैन । प्रजग कोरिया भने संरा अमेरिकी साम्राज्यवादसामु नझुक्ने अठोटमा अडिग छ । पितृभूमिको रक्षा र स्वाधीनतालाई प्रजग कोरियाका हरेक नागरिक आफ्नो पहिलो कर्तव्य ठान्छन् । नेता किम इल सङको जुच्छे विचारधारा र नेता किम जङ इलको सन्गुन नीति प्रजग कोरियाली क्रान्तिको उपज हो । जुच्छे विचारधारा र सन्गुन नीति प्रजग कोरियाली समाजवाद रक्षा र विकासका निम्ति प्रतिपादन गरिएको हो भन्नु समीचीन हुनेछ ।
प्रजग कोरियाविरुद्ध मात्र होइन सम्पूर्ण विश्वका स–साना तथा विकासोन्मुख देश र समाजवादी मुलुकहरूविरुद्ध संरा अमेरिका षड्यन्त्रको जालो बुन्दै छ । समाजवादी आन्दोलनहरूमाथि दमन गर्ने र ल्याटिन अमेरिकी, अफ्रिकी, युरोपेलीदेखि एसियाली मुलुकहरूमा उठ्दो जनताका आन्दोलनहरूलाई निस्तेज बनाउने दुस्साहस संरा अमेरिका गर्दै छ । विश्वमा अशान्तिको जड साम्राज्यवाद नै हो । जबसम्म संरा अमेरिकी साम्राज्यवादको पतन हुँदैन तबसम्म संसारमा अशान्ति कायम रहन्छ र ऊबाट युद्धको धम्की आइरहन्छ । अन्य देशहरूलाई युद्धमा फसाउने, हातहतियारको निर्यात गर्ने र आपूm युगयुगसम्म ‘अमेरिका पहिलो’ बन्ने युद्धपिपासु नीतिविरुद्ध भौगोलिकरूपमा सानो देश प्रजग कोरियाको सङ्घर्ष विश्वका सानाठूला मुलुकहरूकै निम्ति प्रेरणा र ऊर्जाको स्रोत बन्दै छ ।
अध्यक्ष माओ त्सेतुङ्गले आफ्नो तेस्रो विश्वको सिद्धान्तमा भन्नुभएको छ – “तेस्रो विश्व अर्थात् स–साना, गरिब अर्थात् विकासोन्मुख देशहरूको नेतृत्व या एकताले साम्राज्यवादको पतनको इतिहास लेख्छ ।” चीन, प्रजग कोरिया, क्युवा लगायतका समाजवादी देशहरूको सङ्घर्ष तेस्रो विश्वका देशहरूका निमित्त प्रेरणादायी बन्दै छ । प्रजग कोरियाली क्रान्तिको सफलतापछि २० औँ शताब्दीमा प्रजग कोरियाले घोषणा गरेको थियो – ‘२० औँ शताब्दी समाजवादको शताब्दी’ । नभन्दै नेता किम इल सङले साम्राज्यवादविरुद्धको सङ्घर्षलाई तीव्र बनाउनुभयो र अमेरिकी साम्राज्यवादलाई कोरियाली माटोमा परास्त गर्नुभयो । कोरियाली जनताले संरा अमेरिकी साम्राज्यवादका हरेक दमनको नीति, छलकपट, धोकेबाजी र आक्रमणहरूको डटेर सामना गरे । कोरियालाई टुक्राएपनि प्रजग कोरियाली क्रान्तिलाई जीवन्त राखे । क्रान्तिपछि समाजवाद रक्षाको अर्को क्रान्तिमा नेता किम जङ इलको प्रयास र योगदान बेजोडको छ ।
प्रजग कोरियाको समाजवादमाथि निरन्तर भौतिक र मनोवैज्ञानिक आक्रमण तथा हमला भइरहेको त्यो समयमा नेता किम जङ इलले सन्गुन नीति अगाडि सार्नुभयो । सन्गुन नीतिलाई माक्र्सवादी आँखाले विश्लेषण गरी विश्वलाई जानकारी दिनुभयो । नेपाली राजनीतिक वृत्तलाई का. किम जङ इल चिनाउने र उहाँको सन्गुन नीतिबारे जानकारी दिने उद्देश्यले आजभन्दा १६ वर्ष अघि कोरिया अध्ययन मण्डलले एउटा पुस्तक प्रकाशन ग¥यो – ‘कोरियाको सन्गुन राजनीति’ । आज पनि प्रजग कोरियाको सन्गुन नीति चर्चाको विषय जरूर हो । सन्गुन नीति संरा अमेरिकी साम्राज्यवादविरुद्ध सशक्त हतियार हो । यो नीति देशको सार्वभौमिकता, समाजवादी व्यवस्था जोगाउने उपाय हो भन्दा फरक पर्दैन ।
एउटा शक्तिशाली देशले तुलनात्मकरूपमा सानो भू–भाग र सानो जनसङ्ख्या भएको एक देशलाई क्रूरतापूर्वक कुल्चन खोजेको, मानवअधिकार हनन गरेको, समाजवादी बाटो अवलम्बन गर्न नदिएको अवस्थामा आफ्नो स्वाधीनता र सार्वभौमिकताको रक्षार्थ जनसेनालाई प्राथमिकता दिने मौलिक नीति नै सन्गुन नीति भएको पुस्तकले प्रस्ट्याउँछ । समाजवाद जोगाउन र समाजवादी निर्माणलाई तीव्र पार्न सन्गुन नीति अगाडि सारियो । संरा अमेरिकाको जालसाजी र चेतावनीविरुद्ध प्रतिरोधको बलियो हतियार हो सन्गुन नीति ।
पुस्तकमा लेखिएको छ – “सन्गुन राजनीति आणविक हातहतियारभन्दा पनि शक्तिशाली हतियार हो । त्यो नै कोरियाको गौरव हो ।” साम्राज्यवादीहरूले कोरियालाई एक्लो बनाई समाप्त पार्ने जालसाजी गरिरहेको तत्कालीन समयमा प्रजग कोरियाको राजनीतिक स्थिति सा¥है कठिन र प्रतिकूल थियो । त्यो अवस्थामा कोरियाली क्रान्तिको उपलब्धिलाई नयाँ उचाइ दिन सन्गुन नीतिको जन्म भयो । साम्राज्यवादी शक्तिमात्र होइन सम्पूर्ण देशी–विदेशी प्रतिक्रियावादी शक्तिविरुद्ध सैन्य मुठभेडका निम्ति तयारी आवश्यक महसुस गरियो । पार्टी र सेना, राजनीति र सैन्यनीतिबीचको समन्वयलाई जोड दिइयो ।
नेता किम जङ इलले सैन्य कार्यलाई केन्द्रबिन्दु बनाएर क्रान्ति र निर्माणमा आइपर्ने विभिन्न समस्यालाई सुल्झाउने र जनसेनालाई क्रान्तिको मेरूदण्डको रूपमा लिई त्यसैको आधारमा समाजवादी बाटोबाटै अघि बढ्ने राजनीतिक तरिका नै सन्गुन राजनीति हो भन्नुभएको छ । क्रान्ति र निर्माणमा देखापर्ने सबैखाले जटिलता सुल्झाउन हरेक परिस्थितिमा सैन्य कार्यलाई प्राथमिकता दिने सिद्धान्तको आधारमा त्योसँग मेल खाने तरिका अपनाई आवश्यक कदम चाल्ने राजनीतिक तरिका नै सन्गुन नीति हो । क्रान्तिकारी सेना कस्तो हुनुपर्छ ? यसको जवाफ नेता किम जङ इल स्वयम्ले दिनुभएको छ । क्रान्तिकारी सेना पार्टी र नेता, पितृभूमि र जनताप्रति बफादार, क्रान्तिकारी भावनाबाट ओतप्रोत हुन्छन् । सङ्गठित, राजनीतिक विचार अर्थात् माक्र्सवाद–लेनिनवाद र जुच्छेविचारधाराबाट दीक्षित, चरित्रवान, लडाकु भावनाले युक्त र देशप्रेमले भरिएका हुन्छन्, क्रान्तिकारी सेना । ती क्रान्तिका मेरूदण्ड हुन्, क्रान्तिका उपलब्धि जोगाउने समाजवादी बन्दोवस्त निर्माणका खम्बा हुन् ।

कोरियाली समाजवाद निर्माणको चरणमा देखापरेका प्रतिक्रान्तिकारी र पार्टीविरोधी गतिविधिको प्रतिकार पनि क्रान्तिकारी सेनाले ग¥यो । क्रान्तिकारी सेनालाई देशको राजनैतिक, आर्थिक तथा सांस्कृतिक समृद्धिमा समर्पित बनाइयो । साम्राज्यवादी आक्रमणको थिलथिलोमा परेको अर्थतन्त्रलाई समृद्धितर्पm लाने कार्यमा क्रान्तिकारी सेनालाई दत्तचित्त र अग्रसर बनाइयो । पुस्तकमा लेखिएको छ – “सन्गुन नीति साम्राज्यवादविरूद्ध सङ्घर्ष गरी समाजवादको रक्षा गर्ने विशेष नीति हो । जनताको हितका निम्ति समाजवादलाई जीवन्त राख्ने यो एक राजनैतिक उपाय हो ।” पुँजीवादी बन्दोबस्तको झिलिमिलीविरुद्ध समाजवादी बन्दोबस्तको बलियो आधार निर्माणमा सन्गुन नीति केन्द्रित छ ।

सन्गुन नीति साम्राज्यवादीहरूको ‘सैन्यवादी नीति’ भन्दा बिल्कुल फरक हुन्छ । ‘सैन्यवादी नीति’ मुठ्ठीभर शासकहरूका निम्ति हुने गर्छ । जनतामा निर्मम दमन र अन्य देशहरूमाथि आक्रमण एवम् लुटपाट गर्ने ज्यावलका रूपमा साम्राज्यवादीहरू ‘सैन्यवादी नीति’ अवलम्बन गर्छन् भने सन्गुन नीति साम्राज्यवादी आक्रमणबाट देश र जनतालाई रक्षा गर्नका निम्ति हो । मजदुर–किसान अर्थात् कामदार वर्गका निम्ति सङ्घर्षको मैदानमा उत्रने क्रान्तिकारी सेनालाई प्रधान स्थान दिने नीति सन्गुन नीति हो । क्रान्तिकारी सेना त्यसकारण वर्गीय दृष्टिकोण, सैद्धान्तिक, राजनीतिक तथा विचारधारात्मक रूपले अत्यन्त परिपक्व र इमानदार हुन्छन् । जस्तै कठिन परिस्थितिसँग डटेर सामना गर्छन्, कष्टसाध्य परिवेशहरूमा विचलित हुँदैनन् क्रान्तिकारी सेना ।
सन्गुन नीति क्रान्तिकारी विचारको उपज त हो नै साथै देशको सार्वभौमसत्ताको नीतिमा पनि आधारित छ । हिंसात्मक द्वन्द्व र युद्धविरुद्ध शान्तिका निम्ति, भ्रातृत्वका निम्ति सन्गुन नीति अघि सारिएको हो ।
बहुमत जनता सत्ताको मालिक हुनुपर्छ, त्यसका निम्ति जनता नै सेना बन्नुपर्छ । जनताले नै सशस्त्र लडाइँमा भाग लिनुपर्दछ । जनता अर्थात् मजदुर–किसान नै क्रान्तिकारी सेना बन्नुपर्छ । समाजवादी क्रान्तिमात्र होइन समाजवादी निर्माण सफल बनाउन क्रान्तिकारी पार्टी र जनताको राज्य बलियो हुनुपर्छ । पार्टी र देशलाई सेनाले संरक्षण गरेमात्रै पार्टी अजय बन्छ, देश सार्वभौम बन्छ । क्रान्तिकारी सेना कमजोर भए वर्गशत्रुको लडाईँमा पार्टीको पराजय हुनसक्दछ । सेना र पार्टी, सेना र राज्यबीचको सम्बन्धमा खासै फरक हुन्न भन्नुहुन्छ नेता किम जङ इल । उहाँ लेख्नुहुन्छ – “दृढ सेनाविना जनताको सुखमय जीवन सम्भव हुँदैन । सेना बलियो नभए साम्राज्यवादीको दास बन्नु पर्नेछ ।”
कोरियाली समाजवाद निर्माणको चरणमा देखापरेका प्रतिक्रान्तिकारी र पार्टीविरोधी गतिविधिको प्रतिकार पनि क्रान्तिकारी सेनाले ग¥यो । क्रान्तिकारी सेनालाई देशको राजनैतिक, आर्थिक तथा सांस्कृतिक समृद्धिमा समर्पित बनाइयो । साम्राज्यवादी आक्रमणको थिलथिलोमा परेको अर्थतन्त्रलाई समृद्धितर्पm लाने कार्यमा क्रान्तिकारी सेनालाई दत्तचित्त र अग्रसर बनाइयो । पुस्तकमा लेखिएको छ – “सन्गुन नीति साम्राज्यवादविरूद्ध सङ्घर्ष गरी समाजवादको रक्षा गर्ने विशेष नीति हो । जनताको हितका निम्ति समाजवादलाई जीवन्त राख्ने यो एक राजनैतिक उपाय हो ।” पुँजीवादी बन्दोबस्तको झिलिमिलीविरुद्ध समाजवादी बन्दोबस्तको बलियो आधार निर्माणमा सन्गुन नीति केन्द्रित छ ।
देशको कृषि, उद्योगधन्दा, उत्पादन, भौतिक संरचना निर्माणमा क्रान्तिकारी सेना दिन–रात नभनी खट्छन् । पुस्तकमा सोभियत सङ्घ निर्माणको चरणलाई पनि जोडिएको छ । आक्रमण र युद्धको निर्यातकर्ता साम्राज्यवादी देश संरा अमेरिकासँग सम्झौताहीन सङ्घर्ष देशको आर्थिक समृद्धिविना सम्भव थिएन । युवा पुस्तामा क्रान्तिकारी भावनाको बिजारोपणविना पनि यो सम्भव थिएन । त्यसकारण, नेता किमले देशमा प्राविधिक क्रान्ति र विचारधारात्मक क्रान्तिलाई अझ व्यवस्थित बनाउनुभयो ।
साम्राज्यवादी संरा अमेरिकाको ‘नाकाबन्दी रणनीति’ विरुद्ध आत्मनिर्भरताको सिद्धान्तलाई विजयी बनाउने शिक्षा प्रजग कोरियाबाट विश्वले सिक्दै छ । संरा अमेरिकी ‘विस्तारवादी नीति’ विरुद्ध प्रजग कोरिया सार्वभौमिकताको उँचो आत्मसम्मान नयाँ पुस्तालाई सिकाउँदै छ ।
प्रजग कोरियालाई अमेरिका र दक्षिण कोरियाली कठपुतली सरकारले घोषणाविनै आक्रमण गर्ने ‘पहिले प्रहार’ को नीति लिएको छ । थुप्रै जासुसी विमानहरू प्रजग कोरियाको आकाशमा उडिरहन्छन् । यद्यपि, प्रजग कोरिया आणविक हातहतियारमा मात्र अब्बल छैन कूटनीतिक लडाइँमा पनि श्रेष्ठ छ भन्ने थुप्रै दृष्टान्त पुस्तकभित्र छन् ।
सेनालाई देशको विकास निर्माणमा कसरी एकाकार ग¥यो । कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरणका लागि सेनाले कस्तो कार्य ग¥यो भन्ने सविस्तार पुस्तकमा छ । स–साना घरेलु, साना तथा मझौला उद्योगदेखि ठूल्ठूला कारखाना, स–साना लघुवित्तदेखि राष्ट्रिय स्तरको जलविद्युत् आयोजनामा सेनाको सहभागिता र योगदानको चर्चा पुस्तकमा छ । सडक, पुल, ठूल्ठूला भवन निर्माणमा सेना खटाइन्छन् । सेनाभित्र अनुशासन, नेतृत्वप्रतिको समर्पणभाव नै सबैखाले चुनौतीसँग जुझ्ने ऊर्जाको स्रोतको रूपमा व्याख्या गरिएको छ ।
यसरी क्रान्तिकारी सेना साम्राज्यवादी युद्धपिपासु नीतिविरुद्ध शान्तिका निम्ति बन्दूक बोक्छन् । विश्वमा उत्पात मच्चाइरहेको, अशान्ति पैmलाइरहेको साम्राज्यवादलाई परास्त पार्न रणमैदानमा उत्रन्छन् । आर्थिक समृद्धि र राजनीतिक सुव्यवस्थालाई क्रान्तिकारी सेनाले सम्भव बनाउँछ भन्ने विश्वास प्रजग कोरियाको माटोमा हुर्किरहेको छ । साम्राज्यवादको पतन छिट्टै चाहने देशहरूले प्रजग कोरियाको अनुभवबाट सिक्न सके श्रेयस्कर हुन्छ ।
पुस्तकमा नेता किम जङ इलको सङ्क्षिप्त जीवनी सङ्कलित छ । उहाँको जीवन र व्यक्तित्वबारे चर्चा गरिएको छ । कोरियाली माटोमा क्रान्तिको रातो झन्डा उँचो फहराइराख्न उहाँले निर्वाह गर्नुभएको बेजोडको भूमिकाबारे चर्चा गरिएको छ । जुच्छे विचारप्रति उहाँको सम्मान, कोरियाली जनताप्रति उहाँको प्रेम र देशभक्ति पुस्तकमा यत्रतत्र महसुस हुन्छ । राजनीतिशास्त्र, अर्थशास्त्र, विज्ञान, दर्शनलगायतका विषयमा अब्बल नेता किम जङ इलले साहित्य र कला क्षेत्रमा गर्नुभएको योगदान उल्लेखनीय छ । चलचित्र जगतलाई प्रगतिशील विचार तथा माक्र्सवादी दर्शनबाट ओतप्रोत बनाउन उहाँले ज्यादै मेहनत गर्नुभएको अनुभव हुन्छ । ‘फूल बेच्ने केटी’ जस्तो मार्मिक ओपेराहरूलाई युग–युगसम्म जीवन्त राख्ने कार्य उहाँकै अगुवाइमा भयो ।
देशका बुद्धिजीवी र साहित्यकारहरूलाई माक्र्सवादी र जुच्छेवादी विचारले दीक्षित बनाउने र युवादस्तालाई पनि सो विचारले सुशोभित बनाउने विचारधारात्मक क्रान्तिमा नेता किम सफल हुनुभयो । सम्पूर्ण जीवन देश र जनताका निम्ति व्यतित गर्नुभयो । साम्राज्यवादविरुद्ध सशक्त हतियार प्रदान गर्नुहुने नेता किमले आफ्नो जीवनलाई समाजवाद निर्माणमा लगाउनुभयो । प्रजग कोरियाको विकास निर्माण, कृषि, उद्योग, कारखाना, शिक्षा, स्वास्थ्य, शिशुशाला, आदर निकेतनलगायतका समाजवादका सुन्दर पक्षहरूको विकासमा लगाउनुभयो । देशलाई संरा अमेरिकी साम्राज्यवादसँग कहिल्यै झुक्न नपर्ने गरी प्राविधिक तथा वैज्ञानिक पक्षमा पनि बलियो बनाउनुभयो ।
समग्रमा उहाँको जीवन र उहाँको सन्गुन नीति साम्राज्यवादविरोधी सङ्घर्षको महत्वपूर्ण हतियार बन्यो । प्रजग कोरियामा प्रतिकूलताबीच समाजवाद जोगाउन र समाजवाद निर्माण गर्न उहाँको जीवन व्यतित भयो । तसर्थ, साम्राज्यवादविरोधी सङ्घर्ष र समाजवादी आन्दोलन अझ उठाउन उहाँको जीवन र सन्गुन नीतिको अध्ययन आवश्यक अनुभव हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *