भर्खरै :

चीनविरूद्धको युद्ध – ३

सन् १९७७ मा चीनले अन्ततः तेङ स्याओफिङको नेतृत्वमा ‘चार आधुनिकीकरण’ लागु ग¥यो, जुन विकासको सिद्धान्त चाउ एनलाईले १९६० को दशकमा पहिलोपटक परिचय गराउनुभएको थियो । यस सिद्धान्तले उद्योग, कृषि, रक्षा र विज्ञान तथा प्रविधिमा प्राथमिक राष्ट्रिय महत्व दिनमा जोड गर्छ । सुधारको युगको सुरुआतमा कृषि क्षेत्रमा उल्लेख्य परिवर्तन देखाप¥यो, कम्युनमा आधारित कृषि प्रणालीलाई ‘घरेलु जिम्मेवारी’ वा एक किसिमको ‘करार’ प्रणालीमा रूपान्तरण ग¥यो । यो परिवर्तन कृषि उत्पादनको कमीको समस्या समाधान गर्न र पहिलोपटक आन्हुई प्रान्तका कम्युनका सदस्यहरूले गरेको आग्रहका आधारमा लागु गरिएको थियो । निश्चय नै त्यतिबेला निक्कै केन्द्रीकृत कृषि प्रणाली त्यतिबेला उत्पादकत्व कमी र अदक्षताजस्ता समस्यासित जुझिरहेको थियो । उक्त कदमले कृषि क्षेत्रमा विकेन्द्रीकरण र स्थानीयकरणमा जोड दियो, एकाइमा आधारित कृषि उत्पादन प्रणाली लागु भयो र पहिलो वर्ष नै कृषि उत्पादनमा ठूलो वृद्धि देखियो । यसले चीनले त्यतिबेला सामना गरिरहेको खाद्य सङ्कट समाधानमा टेवा पुग्यो ।
सुधारको सफलताले चिनियाँ अर्थतन्त्रलाई बजारमा आधारित सुधारतर्फ अघि बढ्न घच्घच्यायो । तर, चिकपा नेतृत्वले एकैबाजी होइन, प्रगतिशील सोचका साथ र कैयौँ परीक्षणको चरणपछि सुधारलाई सावधानीपूर्वक अगाडि बढायो । त्यसैको परिणामस्वरूप मैले अगाडि नै उल्लेख गरेझैँ जनगणतन्त्र चीन र विदेशी पुँजीबीच ‘मोलमोलाइ’ सुरु भयो । सन् १९८०, १९९० र २००० को दशकहरूमा ‘विशेष आर्थिक क्षेत्रहरू’ खोलेर जनगणतन्त्र चीनले विदेशी पुँजीका लागि ढोका खुला ग¥यो र चीनको अर्थतन्त्रमा विदेशी पुँजीको लगानीलाई अनुमति प्रदान ग¥यो । चीनको कदमले निश्चय नै विदेशी पुँजीलाई निकै नै आकर्षित गरेको थियो किनभने उनीहरूले त्यहाँ तुलनात्मकरूपमा सस्तो श्रमशक्तिको प्रयोग गरी आफ्ना प्रतिस्पर्धीहरूले भन्दा कम लागतमा निर्यातजन्य वस्तु उत्पादन गरेर अकुत नाफा आर्जन गर्न सक्थे । त्यसलाई सम्भव बनाउन चीनले ढुवानीको क्षेत्रमा कन्टेनरमा सामान प्याक गर्ने प्रविधि र आधुनिक उत्पादनका प्रविधिहरू भित्र्यायो तथा उत्पादित वस्तुहरू विश्वका सबै क्षेत्रमा निर्धारित समयमै पु¥याउनसक्ने पानीजहाजहरूको प्रणाली विकास ग¥यो ।
तर, यो व्यवस्था विदेशी पुँजीका लागि ठूलो छुटमात्र पक्कै थिएन । यहाँ चीनमा लगानी गर्न आएका विदेशी पुँजीहरूका लागि जनगणतन्त्र चीनले राखेका मुख्य मागहरू र निषेधहरू पनि स्मरण गर्नु नितान्त जरुरी छ । तीमध्ये मुख्य बुँदाहरू निम्नानुसार थिए :
-विदेशी लगानीकर्ताहरूले चिनियाँ उद्योगहरूसँग मिलेर संयुक्त उद्योग खोल्नुपथ्र्यो । यसको अर्थ विदेशी उद्योग र चीनका राज्य नियन्त्रित वा निजी उद्योगहरूसित साझेदारी गर्नुपथ्र्यो । (यसले गर्दा केही वर्षभित्रै विदेशी प्रविधि र उत्पादनका तरिकाहरू चिनियाँ उद्योगहरूमा हस्तान्तरण भयो ।)
-अर्थतन्त्रका विशेष संवेदनशील क्षेत्रहरू – रक्षा, पूर्वाधार, वित्तीय व्यवस्था, निर्माण र टेलिकम्युनिकेसन आदिमा विदेशी पुँजीले प्रत्यक्ष लगानी गर्न नपाउने निषेध लागु गरियो । यस्ता क्षेत्रहरू चीनमा विशेषगरी राजकीय स्वामित्वको प्रतिष्ठानका रूपमा रहेका छन् ।
-सबै कम्पनीहरूले जनगणतन्त्र चीनका कानुन र नियमहरू पालना गर्नुपथ्र्यो र गर्नुपर्छ । हुन त केही विदेशी फर्महरूले विशेष व्यवहार पाउने गरेका छन् तर तिनीहरू पनि राज्यको निगरानीबाट मुक्त भई सञ्चालन हुन पाउँदैनन् ।
यो व्यवस्थाले धेरै विदेशी लगानीकर्ताहरूले चीनमा उद्योग र व्यापारिक फर्महरू स्थापना गरेर मनग्य फाइदा लिए तर तिनीहरूले चीनको समाजवादी बजार अर्थतन्त्रको निर्माण र सबलीकरणमा पनि योगदान पु¥याए । पहिलो त, त्यस व्यवस्थाले सबैभन्दा पछिल्लो र आधुनिक उत्पादनका विधि एवम् प्रविधिहरूमाथि चीनको पहुँच पुग्यो । दोस्रो, त्यसले तत्कालै चीनमा गैरराज्य सिर्जित रोजगारहरूको बन्दोवस्त भयो र त्यसले चीनको एक सरकारी निकाय – सासाकमाथिको ठूलो दबाबलाई सहज बनायो । सासाक चीनको एक केन्द्रीय निकाय हो जसले राजकीय उद्योगहरूमा जनशक्ति उपलब्ध गराउने र बेरोजगार युवालाई रोजगार खोजिदिने कार्य गर्दछ । तर, त्यसअघि बेरोजगारहरूको सङ्ख्या अत्यधिक र रोजगार सीमित हुँदा त्यस निकायमाथि चौतर्फी दबाब थियो । तेस्रो, सुधार र खुलापनले गर्दा पुँजीवादी प्रतिस्पर्धीहरूसित प्रत्यक्ष आर्थिक र कूटनीतिक सम्पर्क सम्भव भयो एवम् प्रत्यक्ष द्वन्द्वको सम्भावनामा निकै कमी ल्यायो । चौथो, त्यसले गर्दा चीनको अर्थतन्त्रमा विदेशी मुद्राको सञ्चितिमा निकै नै बढोत्तरी भयो र अन्तर्राष्ट्रिय वित्तीय क्षेत्रमा चीनको स्थान सुदृढ ग¥यो । अन्तिम तर महत्वपूर्ण कुरा त प्रत्यक्ष विदेशी लगानी निषेध गरिएका क्षेत्रमा राज्यको एकाधिकार नियन्त्रणले सम्पूर्ण चीनमाथि चिनियाँ कम्युनिस्ट पार्टीको नियन्त्रण, चीनका पुँजीपति वर्गमाथि निगरानी र शासन गर्न तथा राजनीतिक प्रणाली प्रतिस्थापन गर्न एवम् अस्थिरता फैलाउन खोज्नेहरूमाथि पूर्ण नियन्त्रण सम्भव भयो ।
निर्माण, भूमि, वित्तीय व्यवस्था, पूर्वाधार निर्माण, शिक्षा र अर्थतन्त्रका अन्य धेरै क्षेत्रका राज्यको प्रभावकारी नियन्त्रणले चीनमा पुँजीको विकासमा राज्यले प्रत्यक्ष र प्रभावकारी नियन्त्रण राख्न सम्भव भइरहेको छ । यो स्थिति पुँजीवादी देशहरूको स्थितिभन्दा निकै भिन्न छ, पुँजीवादी देशहरूमा पुँजीले राज्य र जनतालाई निर्देशित गर्ने हुन्छ । चीनमा जनताले मात्र राज्य र अर्थतन्त्रलाई निर्देशित गर्न सक्छन्, अरू कसैले प्रभावित पार्न सक्दैन । यसलाई चीनको बलियो आन्तरिक प्रजातान्त्रिक प्रणाली र व्यापक सुमदायस्तरका आधारभूत सङ्गठनहरूबाट सहयोग भइरहेको छ । यस्तो स्थितिमा त्यस मोलमोलाइको परिणाम राज्य नियन्त्रित ‘आर्थिक चमत्कार’ का रूपमा अगाडि आएको छ । तपाईँहरू स्वयम् जानकार हुनुहुन्छ पछिल्लो दशकका वर्षहरूमा चीनले निकै ठूलो मात्रामा उत्पादन र बजारीकरणको माध्यमले उच्च आर्थिक वृद्धिदर कायम गरिरहेको छ र व्यापक जनतालाई गरिवीबाट मुक्त गरी जीवनस्तरमा निकै सुधार गरेको छ । यसो भनिरहँदा यसबाट कुनै समस्या उत्पन्न भएको छैन र कुनैखाले नकारात्मक पाटो छैन भन्ने होइन । परिणामका रूपमा देखापरेका आर्थिक असमानता, असमान विकास, भ्रष्टाचारमा वृद्धि र प्रदूषणजस्ता समस्या समाधानमा चीनको वर्तमान नेतृत्वले ध्यान केन्द्रित गरिरहेको छ ।
चीनको समाजवादी बजार अर्थतन्त्रले हासिल गरेका उपलब्धिहरूका सङ्क्षिप्त झलक यहाँ प्रस्तुत गर्दछु –
-औसत आयुदर १९६० मा ४३.७ थियो भने १०१८ मा ७६.७ मा उक्लेको छ ।
-अति गरिबी निवारण गर्ने कार्य १९९० बाट थालनी भयो र प्रतिदिन १.९ अमेरिकी डलर आम्दानी नहुनेको सङ्ख्या १९९० मा कुल जनसङ्ख्याको ६६.२ प्रतिशत थियो भने २०१६ मा ०.५ प्रतिशतमा झ¥यो । त्यस्तै प्रतिदिन ३.२० अमेरिकी डलर आम्दानी नहुने गरिबको सङ्ख्या ४७ प्रतिशतबाट १ प्रतिशतमा झरेको छ । गरिबी मापनका अन्य मापदण्डहरूले पनि चीनको अवस्था निकै राम्रो परिवर्तन भएको देखाएको छ ।
-प्रौढ साक्षरता १९८२ मा ६५ प्रतिशत थियो भने २०१८ मा ९६ प्रतिशतमा उक्लेको छ ।
-औसत वार्षिक ज्याला विगत २५ वर्षमा नाटकीयरूपमा वृद्धि भइरहेको छ । सहरी क्षेत्र, सामुदायिक क्षेत्र र र अरू गैरनिजी प्रतिष्ठानमा काम गर्ने मजदुरहरूको औसत वार्षिक ज्याला १९९५ मा ५ हजार ३४८ युआनमात्र थियो भने २०१७ मा ७४ हजार ३१८ युआन पुगेको छ । निजी सहरी क्षेत्रका रोजगारीमा पनि ज्याला–तलबमा २००९ देखि २०१७ सम्ममा शतप्रतिशत बढेको तथ्याङ्कले देखाएको छ । निजी क्षेत्रको भन्दा गैरनिजी क्षेत्रको औसत ज्याला झन्डै ४७ प्रतिशत बढी रहेको छ । यसले राज्य सञ्चालित उद्योग–व्यापार प्रतिष्ठानहरूले ज्याला वृद्धि र जनताको जीवनस्तर सुधारमा उल्लेख्य भूमिका खेल्ने स्पष्ट सङ्केत गर्दछ ।
-चीन अहिले विश्वकै सबैभन्दा बढी नवीकरणीय ऊर्जा प्रयोग गर्ने मुलुक बनेको छ । २०१९ सम्ममा चीनको जलविद्युत्को कुल जडित क्षमता ७ लाख ८८ हजार मेगावाट पुगेको छ । निकट प्रतिद्वन्द्वी संरा अमेरिकाको क्षमता चीनको क्षमताको एक तिहाइमात्र रहेको छ । चीनले जलविद्युत्मात्र नभई वायु ऊर्जा र सौर्य ऊर्जामा पनि व्यापक विकास गरेको छ । ती स्रोतबाट उत्पादन हुने ऊर्जा सन् २००० मा ३.१ अर्ब किलोवाट थियो भने २०१५ सम्ममा २८३.८ अर्ब किलोवाटमा वृद्धि भएको छ । चीनको ऊर्जा क्षेत्रमा राज्य सञ्चालित प्रतिष्ठानहरूकै बाहुल्य रहेको छ ।
-विज्ञान र प्रविधिको क्षेत्रमा पनि चीन विश्वको नेतृत्व बनेको छ । चीनका बासिन्दाले प्याटेन्ट अधिकारका लागि गरेको आवेदन सङ्ख्या १९८५ मा ४ हजारमात्र थियो भने २०१८ मा १३ लाख पुगेको छ जबकि जापानबाट त्यस्तो सङ्ख्या २०१८ मा २ लाख ५३ हजार ६३० मात्र थियो । चीनको सनवे ताइनुलाइट सुपर कम्प्युटर २०१६–२०१८ सम्म विश्वकै सबैभन्दा तीव्र गतिको कम्प्युटर थियो ।
-चीनले विज्ञान र प्रविधि क्षेत्रमा प्राप्त गरेका उपलब्धिहरू मुख्य सैनिक र रक्षा उपकरणहरूमा रूपान्तरण भएको छ । २०१४ मा चीन सफलतापूर्वक हाइड्रोसोनिक सवारी ‘डीएफ’ जेडएफ परीक्षण गर्ने पहिलो देशमध्ये एक बनेको छ । यो अत्यन्त महत्वपूर्ण आविष्कार हो, जुन अत्याधुनिक मिसाइल प्रविधिको संयोजनबाट विकास गरिएको हो र त्यसले चीनको भूभागभित्र संरा अमेरिकी पनडुब्बीहरूको चलखेललाई सीमित गरिदिएको छ ।
-चीन अहिले यातायातका पूर्वाधार निर्माणमा विश्वकै सबैभन्दा अग्रणी बनेको छ । २०१८ को तथ्याङ्कअनुसार चीनमा मात्र १७ हजार माइल अति उच्च गतिको रेलको लिक रहेको छ जुन विश्वकै कुल लिकको लम्बाइको ६० प्रतिशत हो ।
-चीनका राज्य सञ्चालित प्रतिष्ठानहरू आफ्ना उद्योग क्षेत्रमा विश्वमै अग्रणी रहेका छन् । तिनमा विश्वकै सबैभन्दा ठूला टेलिकम कम्पनी, नवीकरणीय ऊर्जा कम्पनी, बैङ्क, पूर्वाधार निर्माण कम्पनी, रेलवे, धातु उद्योग, पानीजहाज कम्पनी, मोबाइल टेलिकम र अटोमोबाइल कम्पनी पर्छन् । विश्वका दस सबैभन्दा ठूला बैङ्कहरूमध्ये चारवटा चीनका राज्य सञ्चालित बैङ्कहरू पर्छन् ।
चीनका राज्य सञ्चालित क्षेत्रले देशको कुल उत्पादनको ५० प्रतिशत उत्पादन गर्छन् साथै उपराष्ट्रिय एसओई (राज्य नियन्त्रित उद्योग प्रतिष्ठान), विदेशी प्रत्यक्ष लगानी रहेका साझेदारीमा रहेका उद्योग र अन्य उपउद्योगहरूमाथि राज्यले नियन्त्रण गर्छ । एक अनुमानअनुसार चीनको राज्य सञ्चालित प्रतिष्ठानहरूको अर्थतन्त्रमात्र पनि पूरै रसियाको कुल अर्थतन्त्रको दोब्बर हुन आउँछ । त्यसबाहेक पनि राष्ट्रपति सी चिनफिङले हालैका वर्षहरूमा देशकै इतिहासमा निजी अर्थतन्त्रमाथि पनि राज्य र चिनियाँ कम्युनिस्ट पार्टीको नियन्त्रण कायम गर्न चाल्नुभएको कदमलाई अनदेखा गर्न मिल्दैन । याद होस् अध्यक्ष माओ त्सेतुङले केही निश्चित विशेष महत्वका उद्योगहरू विदेशीहरूको स्वामित्वमा भएको भए पनि त्यसलाई राज्यले सञ्चालन गर्ने र प्रशासित गर्ने नीति घोषणा गर्नुभएको थियो । अहिले चिनियाँ कम्युनिस्ट पार्टीले अत्याधुनिक र बहुतहको रणनीति लागु गरी पुँजीलाई वर्गीय भावना विकास गर्न नदिन वा राजनीतिक नियन्त्रणका लागि कुनै कदम चाल्न नसक्ने गरी नियन्त्रणको व्यवस्था गरेको छ । चीनले निजी कम्पनीहरूभित्र पनि चिनियाँ कम्युनिस्ट पार्टीका समितिहरू गठन र परिचालन गर्ने रणनीति निर्वाधरूपमा लागु गरेको छ । यो प्रयासलाई कैयौँ चरणको छलफलपछि सी चिनफिङको नेतृत्व आएपछि तीव्रता दिइएको हो ।
सन् २०१२ मा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिले निजी कम्पनीहरूभित्र पनि चिकपाका समितिहरू निर्माण गर्नुपर्ने विचार सार्वजनिक गरेको थियो र चिकपाको पार्टी निर्माण अभियानमा त्यो एक ठूलो भाग साबित भयो । सन् २०१७ सम्ममा चीनका ७० प्रतिशत निजी कम्पनीहरूभित्र चिकपाका समितिहरू बनिसकेका थिए र त्यसपछिदेखि अहिलेसम्म झन्डै सबैजसो कम्पनीहरूमा पार्टी समितिहरू बनेर सञ्चालन भइरहेको अनुमान छ । व्यापक विस्तार भएका यी पार्टी समितिहरूले कम्पनीहरूको रणनीतिक निर्णय निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने मात्र होइन, कम्पनीहरू देशको अहितमा जानसक्ने सम्भावनामाथि निगरानी पनि गर्दछन् । यसलाई लिएर पश्चिमा सञ्चारमाध्यमहरूले आगो ओकलिरहेका छन् र तिनीहरूले संरा अमेरिकाको चीनप्रतिको वर्तमान आक्रामक रणनीति निर्माणमा ठूलो योगदान पु¥याएका छन् ।
मैले यसअघि पनि चीनको समाजवादी प्रणालीबारे पटकपटक लेखिसकेको छु । अरूहरू जस्तो कि चर्चित माक्र्सवादी अर्थशास्त्री माइकल रोवर्टसले पनि चिनियाँ मोडेलबारे लामो लेखिसक्नुभएको छ । रोवर्टसले बृहत् आर्थिक मन्दीको बारेमा चर्चा गर्ने क्रममा चीनको मोडेल परम्परागत पुँजीवादी मोडेलसित मिल्दैनन् भनी बलियो आधारसहितको अध्ययन प्रस्तुत गरिसक्नुभएको छ । म ती सामग्रीहरू पनि अध्ययनका लागि विशेष जोड गर्दछु तर पनि चीनको प्रजातान्त्रिक प्रणालीबारे रोवर्टसको धारणाप्रति कडा असहमति राख्दछु । मलाई लाग्छ चीनको आन्तरिक प्रजातान्त्रिक प्रणाली उहाँले भन्नुभएको भन्दा निकै बलियो र व्यापक छ । यथार्थमा गैरचिनियाँ वामपन्थीहरूले पार्टी–राज्य राजनीतिक प्रणालीबारे जति गहनरूपमा अध्ययन गर्नुपर्ने हो त्यति गर्नसकेका छैनन् । यहाँ के कुरा बुझ्न आवश्यक छ भने समाजवादी प्रणालीमै सीमित हुनुभन्दा पुँजीवादसितको मोलमोलाइले चीनलाई बलियो बनाएको छ । चिनियाँ राज्य सञ्चालित प्रतिष्ठानहरू विश्वकै सबैभन्दा शक्तिशाली औद्योगिक–व्यापारिक प्रतिष्ठान बनेका छन् । आफ्ना वित्तीय प्रणाली, राज्य सञ्चालित प्रतिष्ठानहरू र अझ प्रत्यक्ष माध्यमका रूपमा निजी उद्योगहरूमा समेत कम्युनिस्ट पार्टीका समितिहरूको उपस्थितिले चिनियाँ राज्यले आफ्नो समग्र अर्थतन्त्रमाथि नियन्त्रण कायम राखेको छ ।
खुलापन भनेर धेरै ठाउँमा यसलाई गलत ढङ्गले बुझ्ने र पश्चिमाहरूले ‘उदारीकरण’ का रूपमा अपव्याख्या गर्ने गरे पनि चिनियाँ बजार अर्थतन्त्र र चिनियाँ विशेषताको समाजवादले आफ्नो मौलिक लक्ष्य र विशेषता बिर्सेको छैन । राष्ट्रपति सी चिनफिङको नेतृत्व आएपछि अर्थतन्त्रमाथिको पकडलाई अझ बलियो बनाइएको छ । यसको परिणामस्वरूप निकोलास लार्डीको – द स्टेट स्ट्राइक ब्याक : द इन्ड अफ इकनोमिक रिफम इन चाइना ?  पुस्तक प्रकाशित भएको छ । उक्त पुस्तकमा चीनमा बजार अर्थतन्त्र र खुलापनको युगको अन्त्य भएको अनुमान गरिएको छ । पुँजीवादी शक्तिहरूका लागि र विशेष गरी संरा अमेरिकाका लागि बजार सुधारको असफलताको अर्थ चिकपा र समाजवादी निर्माणको असफलता हो । यो कुरा सन् २००१ मा नै छापिएको गोर्डन चाङको कुख्यात पुस्तक – कमिङ कोल्याप्स अफ चाइनामा आइसकेको छ । बजार सुधार र अर्ध खुला अर्थतन्त्रले संरा अमेरिकी पुँजीवादलाई ठूलो फाइदा मात्र दिएको छैन बरु चिकपाको विचारधारात्मक आधार र शक्तिलाई ध्वस्त पनि पारेको पश्चिमाहरूको गलत बुझाइ रहेको छ । तर, यथार्थमा त्यसको ठीकविपरीत भइरहेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टी विश्वकै सबैभन्दा लोकप्रिय शासक पार्टीहरूमध्ये एक हो र यसले व्यापक जनसमर्थन हासिल गरिरहेको छ । सी चिनफिङ लगायत चिनियाँ नेतृत्वले अहिले पनि माओत्सेतुङ विचारधारा, तेङ स्याओफिङ सिद्धान्तको महत्वमा जोड दिइरहेको छ भने चीनभरि माक्र्सवादी शिक्षाको प्रचार पनि गरिरहेको छ । यसैबीच चीनले आफूलाई विश्वव्यापी पुँजीवादी मन्दीबाट अप्रभावित भएको प्रमाणित गरिसकेको छ । उसको अद्वितीय आर्थिक ढाँचा र चिकपाद्वारा निरन्तररूपमा कमान्डिङ स्थानमा तथा वित्तीय प्रणालीमा नियन्त्रण कायम राखेको कारण त्यो सम्भव भएको हो । यो अवस्था संरा अमेरिकाको अवस्थाभन्दा ठीकविपरीत हो । फेरि पनि विशाल आकारका कारण संरा अमेरिकी अर्थतन्त्र विश्वको सबैभन्दा प्रभावशाली अर्थतन्त्र रहेको छ । सन् २००८ देखि सुरु भएको आर्थिक मन्दीले अमेरिकी अर्थतन्त्रलाई धेरै नै खुम्च्याए पनि नाफामुखी र उच्च वित्तीयकरण भएको पुँजीवादले नै संरा अमेरिकालाई चलाइराखेको छ ।
हालैका वर्षहरूमा स्पष्ट भएको छ कि संरा अमेरिकी साम्राज्यवादका योजनाकारहरूले अनुमान गरेअनुसार चीनको विघटन यति चाँडै आउने देखिँदैन बरु चीनसित तिनीहरूको मोलमोलाइ गर्ने शक्ति दिनप्रतिदिन कमजोर हुँदै गएको छ । यथार्थमा चीनले आफ्नो निर्यातमात्र विस्तार गरिरहेको छैन बरु अरू देशहरूमा विकासको मोडेलको शिक्षा पनि निर्यात गरिरहेको छ । तसर्थ, यो युग सी चिनफिङको नेतृत्वमा ‘बेल्ट एन्ड रोड इनिसियटिभ’को युग हो ।
-The war on China
-Izak Novak Blog (january 2, 2020)
अनुवाद : प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *