स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु. ८०० ले बढेको छ । छापावाला सुन तोलामा आज रु. ८०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा रु.८८ हजार २०० मा कारोवार भएको छापावाला सुन आज रु. ८९ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तेजाबी सुन शुक्रबार तोलामा रु. ८७ हजार ७५० मा कारोवार भएकामा आज रु. ८८ हजार ५५० मा कारोवार हुुने गरी मूल्य निर्धारण भएको छ । चाँदी तोलामा रु. एक हजार ३३० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तोलामा रु. एक हजार ३०५ मा शुक्रबार कारोवार भएको चाँदी आज तोलामा रु. २५ ले वृद्धि भएको हो ।
Leave a Reply