भर्खरै :

विश्वकै नमुना अस्पतालसहितको जहाजको उत्तरी चीनमा परीक्षण यात्रा सम्पन्न

तियानजिन, ९ फागुन (सिन्ह्वा) । एक अमेरिकी पानीजहाज मालिकको लागि चिनियाँ कम्पनीले निर्माण गरेको अत्याधुनिक सुविधासम्पन्न अस्पताल जहाजले उत्तर चीनको तियानजिन नगरपालिकामा समुद्री परीक्षण पूरा गरेको छ ।
लम्बाइ १७४ मिटर र चौडाइ २८.६ मिटर रहेको उक्त जहाज अत्यधिक गतिमा चल्ने क्षमता भएको सुविधासम्पन्न पानीजहाज हो । जहाजभित्र २७७ वार्ड तथा ६४१ शय्या रहेको तियानजिङ सिङ्गाङ जहाज निर्माण कम्पनीले जनाएको छ ।
जहाज निर्माण कम्पनीका अनुसार जहाजभित्र पाँचतारे होटेल र सुविधासम्पन्न अस्पतालले उपलब्ध गराउने सबै खालका सेवाहरू जडान गरिएका छन् ।
जहाजको गति, आवाज र अन्य पक्षहरूलाई समुद्री परीक्षणको क्रममा परिणामहरूको यात्रामा जहाज धनीले प्रशंसा गरेको कम्पनीले बताएको छ ।
चीनमा बनेका १६ कोभिड १९ खोपलाई परीक्षणको अनुमति
चीन सरकारले चीनभित्र नै बनेका कम्तीमा १६ ओटा खोपलाई परीक्षणको अनुमति दिएको बताइएको छ । चीनको नेसनल मेडिकल प्रोडक्स एड्मिनिस्ट्रेसनले सो कुराको जानकारी दिएको हो । शनिबार सो निकायले दिएको जानकारीअनुसार चीन सरकारले यहाँका १६ ओटा कम्पनीका खोपहरूलाई परीक्षणको अनुमति दिएको छ भने तीमध्येका छ ओटाको त परीक्षणको तीन चरण नै भइसकेको जनाइएको छ ।
यीमध्येका दुई ओटा कम्पनीले निर्माण गरेका खोपले भने चीनभित्र र बाहिर पनि बजार लिएको बताइएको छ । चाइना नेसनल बायोटेक ग्रुपको तर्फबाट बनेको सिनोफार्मको खोपले अहिले बजार लिएको छ । त्यस्तै गरी सिनोभ्याक बायोटेकले बनाएको कोरोना भ्याक भ्याक्सिनले पनि बजारमा प्रवेश पाएको छ । यसको धेरैतिर प्रयोग भएको बताइएको छ ।
ती दुई खोपले चीनको सरकारी आधिकारिक निकायबाट गएको डिसेम्बर ३० मा र यसै वर्षको फेब्रुअरी ५ मा अनुमति पाएको बताइएको थियो । त्यसैगरी चीनको औषधि व्यवस्थापनसम्बन्धी सरकारी निकायले यही फेब्रुअरीको ९ तारिखमा चार करोडभन्दा बढी खोप यहाँका औषधिको प्रचलन गर्ने संस्थाहरूलाई हस्तान्तरण गरेर लगाइएको बताइएको छ ।
त्यसमार्फत ती खोपहरू चीनमा काम गर्ने र भाइरसको जोखिम रहेका समुदायका नागरिकलाई लगाइएको बताइएको छ । ती खोपहरू अरू कतिपय देशमा निर्यात गरिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *